मिरिन्डा सन् १९५९ मा स्पेनमा बनाइएको नरम पेय को एक ब्राण्ड हो र हाल यो विश्वव्यापी वितरण पेप्सिकोको स्वामित्वमा रहेको छ। यसको नाम एस्पेरान्तोबाट आएको हुन सक्छ जसको अर्थ "प्रशंसनीय" हुन आउँछ।[१]

मिरिन्डा
प्रकारसुन्तला
उत्पादकपेप्सिको
उत्पत्ति देशस्पेन
प्रश्तुत१९५८
सम्बन्धित उत्पादनफेन्टा
पेप्सि
कोका-कोला

यो सुन्तला, शङ्खेत्रो, अङ्गुर, स्याउ, ऐसेलु, रास्पबेरी, अनार, केरा, लहरे आँप, कागती, जवा कुसुम, मुन्तला, आरू र खरबुजा[२] साथै तित्रीको स्वादमा समेत उपलब्ध छ। यो पेय क्षेत्रको भाग हो जुन प्रायः स्वाद खण्डको रूपमा उल्लेख गरिएको छ जसले कार्बोनेटेड र बिना कार्बोनेटेड फल स्वादयुक्त पेयहरूको समावेश गर्दछ। मिरिन्डाको सुन्तला स्वादले हाल मिरिन्डाको बहुमतको प्रतिनिधित्व गर्दछ।

मिरिन्डा सन् १९७० देखि पेप्सिकोको स्वामित्वमा रहेको छ[३] र प्राथमिक रूपमा यसले संयुक्त राज्य बाहिर व्यापार सुरु गरेको थियो । यो अलग अलग देशहरूमा स्थानीय स्वाद ब्राण्डहरूको रूपमा कोका-कोलाको फेन्टा, ब्रिटभिचको ट्याङ्गोडिआर पेपरको ओरेञ्ज क्रस वा सनकिष्टका ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्दछ। मिरिन्डा नरम पेय पदार्थको रूपमा, बजारहरूमा स्वाद, कार्बोन युक्ति र गुलियोपनको आधारमा उपलब्ध रहेको छ।

इतिहास सम्पादन गर्नुहोस्

मिरिन्डा मूलतः स्पेनमा उत्पादन गरिएको थियो। यो सन् २००३ मा द्विभाषी प्याकेजिङमा संयुक्त राज्य अमेरिकामा उपलब्ध गराइएको थियो। कोका कोलाको, फेन्टा नामक ब्राण्ड विरुद्ध प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाका साथ यसले सुरुमा कम मूल्यमा आफ्ना उत्पादनहरू बजारमा बेचेको थियोे। सन् २००५ देखि, मिरिन्डा ग्वाम बाहेक संयुक्त राज्य अमेरिकामा ट्रोपिकाना प्रोडक्ट्स ब्राण्डको नामले ठूलो मात्रामा बेचेको थियोे। पेपीसीले सन्,२००७ मा मिरिन्डा ब्राण्डको (चामोरो पञ्च खोरेञ्जलाई प्रतिस्थापन गर्दै) नाममा उत्पादनहरू बिक्री गर्न थालेको थियो। पेप्सीको सन् १९९६ को दशकमा ब्राजिलमा मिरिन्डाको बिक्री गरेको थियो, तर कमजोर बिक्रिका कारण सन् १९९८ मा पेप्सिकोले ब्राजिलमा उत्पादनहरू बेच्न बन्द गरेको थियो। ब्राजिलले स्थानीय ब्राण्ड सुकताको उत्पादन कायम राखेको थियो। इटालीमा, यसले आफ्नो उत्पादन स्ल्यामको नामले बेचेको थियोे।

उत्पादन सम्पादन गर्नुहोस्

मिरिन्डा प्राथमिक बनावटमा आधारित एक कृत्रिम स्वादयुक्त पेय पदार्थ हो। तथापि, गैर-कृत्रिम रस सामग्रीहरूसँग सम्बन्धित स्थानीय कर लाभका कारण, विगतमा यसले यो पेय फलफूलको रसको केही प्रतिशतको साथ उत्पादन गरिरहेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. एलिमबर्ग, इन्रिक (२३ जनवरी २००५), "८९ अौँ अौँ विश्व सम्बाद, बेइजिङ, चिन"  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. एमएसएल (३ सेप्टेम्बर २०१४), "चिनियाँ मिनिन्डा -- 冰镇西瓜味", ओम्निलोजि forum, अन्तिम पहुँच २४ जुलाई २०१८ 
  3. "Produktseite „Mirinda“" (जर्मनमा), पेप्सिको Deutschland, सन् २०१२, मूलबाट ३१ मार्च २०१२-मा सङ्ग्रहित, "Mirinda kommt ursprünglich aus Spanien und wurde 1970 in das PepsiCo-Markenportfolio integriert. Für alle die es orangig-erfrischend lieben ist Mirinda der perfekte Durstlöscher.)"  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-३१ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:पेप्सिको