मिगेल डिआस-कनेल

मिगेल डिआस-कनेल (अमेरिकी स्पेनी: [miˈɣel ˈdi.as kaˈnel]; जन्म २० अप्रिल १९६०) हालका क्युवाका राष्ट्रपति हुन् । यस भन्दा अघी उनी २०१३ देखी २०१८ सम्म क्युवाका उपराष्ट्रपति थिए । उनी २००३ देखी क्युवा कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य थिए,२००९ देखी २०१२ सम्म उच्च शिक्षा मन्त्री थिए र २०१२ मा उप प्रधानमन्त्रीमा बढुवा भए । एक वर्श पछि २०१३ फेब्रुअरी २४ मा उनी उप-राष्ट्रपति बने ।[१]

Miguel Díaz-Canel (cropped).jpg
मिगेल डिआस-कनेल

उनी राउल क्यास्ट्रोको उत्तराधिकारीको रूपमा १८ अप्रिल २०१८ मा राज्य परिषद्का अध्यक्ष र प्रधानमन्त्रीको उमेदवार मा चयन भए । र अर्को दिनको राष्ट्रव्यापी मतदानपछी सपथ ग्रहण गरेका थिए ।

राजनीतिक क्यारियरसम्पादन

इलेक्ट्रिकल इञ्जिनियरिङ पढेका डिआस-कनेलले २० वर्षको उमेरमा यङ कम्युनिष्ट लिगको एक सदस्यका रूपमा राजनीति शुरू गरेका हुन्। सन् २०१३ मा क्युबाको काउन्सिल अफ स्टेटको उपराष्ट्रपतिमा नियुक्त हुँदा तुलनात्मक रूपमा डिआस-कनेल खासै चर्चित व्यक्तित्व थिएनन्। तर त्यसपछि उनी राष्ट्रपति क्यास्ट्रोका नजिकका सहयोगी भए।[२]

क्युबाको राष्ट्रपतिसम्पादन

 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा मार्च २३, २०१५ मा भेटवार्ता मिगेल डिआस-कनेल
 
भ्लादिमिर पुटिनसँग क्रेमलिनमा नोवेम्बर २, २०१८ मा भेटवार्ता गर्दै मिगेल डिआस-कनेल

क्युवाको मुख्य उपराष्ट्रपतिको रुपमा राष्ट्रपति राउल क्यास्ट्रोको कार्यकालमा कनेलले क्यास्ट्रोको सहायक भएर काम गरे। २०१८ मा, ८६- वर्षीय क्यास्ट्रोले अवकाश लिएपनि उनले क्रुवा कम्युनिष्ट पार्टीको महासचिव र क्युवा सेनाको कामान्डर इनचिफ पदमा बसिरहेका थिए।[३][४] २०१८ अप्रिल १८ मा, राष्ट्रपति क्यास्ट्रोको उत्तराधिकारीको लागि उनी नै एक मात्र उम्मेदवार छनोट भए। [५] उनलाई अप्रिल १९ म राष्ट्रिय सभाले मतदान द्वारा समर्थन गर्यो।[५] र सोही दिन नै उनको सपथ ग्रहण भयो। [६] राष्ट्रपति बन्नु अगाडि उनी सर्वसाधारण माझ कमै मात्र परिचित एक पार्टी टेक्नोक्रेट थिए। उनले देशको सामाजिक संरचनालाई संरक्षण गर्दै आफ्ना पूर्ववर्तीहरूको कम्युनिष्ट आर्थिक नीतिलाई सावधानीपूर्वक सुधार गर्ने अपेक्षा विश्लेषण गरिएको छ। [४] उनी १९५९ को क्युवाली क्रान्ति पछि जन्मेका र १९७६ यता गैर-क्यास्ट्रो परिवारबाट राष्ट्रपति हुने पहिलो व्यक्ति हुन्।[७]

व्यक्तिगत जीवनसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

बाह्य कडीहरूसम्पादन

राजनीतिक कार्यालयहरू
पुर्वाधिकारी
राउल क्यास्ट्रो
क्युबाको राष्ट्रपति
२०१८ -हाल सम्म
उत्तराधिकारी

-

क्युबाको प्रधानमन्त्री
२०१८ -हाल सम्म
पुर्वाधिकारी  
जोसे रामोन मचोद भेन्टुरा
क्युबाको उप राष्ट्रपति
२०१३-२०१८
उत्तराधिकारी
साल्वाडोर वाल्डेस मेसा

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Ratificado Raúl como presidente del Consejo de Estado y del Consejo de Ministros (+ Fotos)", Cubadebate 
  2. "को हुन् क्युबाका भावी नेता डिआस-कनेल?'", अन्तिम पहुँच १९ अप्रिल २०१८ 
  3. "Raul Castro to lead Cuba's Communist Party until 2021", FRANCE 24, १९ अप्रिल २०१८, "'I confirm to this assembly that Raul Castro, as first secretary of the Communist Party, will lead the decisions about the future of the country,' Diaz-Canel said." 
  4. ४.० ४.१ Andrés Oppenheimer (२० अप्रिल २०१८), "Cuba's new 'babysaur' to replace a dinosaur is no cause of celebration—it's shameful!", Miami Herald, अन्तिम पहुँच २३ अप्रिल २०१८ 
  5. ५.० ५.१ Press, Associated (१९ अप्रिल २०१८), "Miguel Díaz-Canel: Cuba selects first non-Castro president since Fidel", The Guardian (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ अप्रिल २०१८ 
  6. "Cuba's Raúl Castro hands over power to Miguel Díaz-Canel", BBC News, १९ अप्रिल २०१८, अन्तिम पहुँच १९ अप्रिल २०१८ 
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named guardian_obscurity