मावलीको यात्रा नेपाली भाषामा लेखिएको उपन्यास हो । साहित्यकार कविताराम श्रेष्ठ द्वारा लेखिएको यो उपन्यासलाई साझा प्रकाशन, काठमाण्डौंले बजारमा ल्याएको हो । यस पुस्तकमा दुई होनहार र साहसी दिदी भाइको दुर्गम क्षेत्रको मावली (खोटाङ)सम्मको साहसिक यात्राको वर्णन छ । एयरपोर्टमा मावालिहरू कोही पनि नआईपुगेको स्थितिमा अरू यात्रीसंगै दुइदिनको यात्रामा उनीहरू लाग्दछन. उनीहरूले बटामा अनेक लोकसंस्कृतिक र भौगोलिक परिदृश्यका अवलोकन र यथार्थ ज्ञान हासिल गर्दछन्. एक स्थानमा पुगेर उनीहरूले सहयात्रीको साथ छोड्न पर्ने स्थिति आउँदछ र उनीहरूका कठिन यात्राको सुरुवात हुनलाग्दछ. रात साँझ गर्दै झरीमा भीरपहरामा हिंडेका उनीहरू एक्ला कुनै एकान्तका गोठमा रात बिताउन पुग्दछन्. भोलिपल्ट बिहान गोठमालिक आएपछि उनैको सहायताबाट उनीहरूले मावलिसम्म पुग्ने सहयोग प्राप्त गर्दछन् र उनीहरूका साहसी एबम ज्ञानवर्द्धक यात्रा टुंगिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्