मार्क्सवाद- लेनिनवाद ,माओ विचारधारा

माक्र्सवाद लेनिनवाद माओ विचारधारा र क. पुष्पलालको नीति, कार्यक्रम र सिद्धान्त स्विकार्नु भनेको केवल क्रान्तिकारी देखिन प्रयोग गरिने शाब्दिक आत्मरति मात्र हैन । माक्र्सवाद लेनिनवाद माओ विचारधारा मान्नुको मतलब आफना सबै कार्यदिशाहरु माक्र्सवाद लेनिनवाद माओ विचारधाराको आलोकमा नेपाली समाजको चरित्रको ठोस विश्लेषणको आधारमा नेपाली विशेषता अनुरुप सिर्जनात्मक रूपमा लागु गर्नु हो । माक्र्सवाद लेनिनवाद माओ विचारधाराको सिर्जनात्मक प्रयोग गर्नु भनेको यसलाई तोडमोड गर्ने संशोधनवाद तथा सबै खाले अवसरवादको विरोध गर्नु र तिनलाई परास्त गरेर माक्र्सवाद लेनिनवाद माओ विचारधाराको रक्षा गर्नुृ हो ।