मार्को रूएस

जर्मनेली फुटबल खेलाडी

मार्को रूएस जर्मन पेशेवर फुटबलर हुन् जो जर्मन बुन्डेसलिगा क्लब बोरूसिया डर्टमन्डजर्मनी राष्ट्रिय फुटबल टिमका लागि आक्रामक मिडफिल्डर, विङ्गर वा दोस्रो स्ट्राइकरको रूपमा खेल्ने गर्दछन । उनी आफ्नो वेग, प्राविधिक खेल र निपुर्णताका कारण चिनिन्छन् । रूएसले रट वेस एलेनमा जानु अघि आफ्नो युवा करियर बोरूसिया डर्टमन्डमा खर्च गरे । उनले सिनियर करियरमा ३ क्लबका लागि खेलेका छन् जसमध्ये बोरूसिया मोन्चेनग्लाडब्याचमा आफ्नो खेलमार्फत गहिरो प्रभाव पारेका थिए । रूएस मुख्यत: बायाँपट्टीबाट विपक्षीमाथी हमला गर्नका लागि चिनिन्छन् तथापि दुवै खुट्टाले सुक्ष्म रूपमा बल नियन्त्रण गर्न सक्ने बहुमुखी प्रतिभाका कारण उनी बायाँपट्टी र बीचबाट पनि खेल्न समर्थ छन् । बर्ष २०१२ उनका लागि सफलतम बर्षका रूपमा चिनिन्छ किनकी उनले सो बर्षमा १८ गोल र ८ एसिस्ट (गोलको अवसर) गरेका थिए । रूएस उक्त सिजन समाप्तीपछी डर्टमन्डमा जोडिएका हुन् । उनी ११ नम्बर जर्सीमा डर्टमन्डका लागि मैदान प्रवेश गर्दछन् । डर्टमन्डका साथमा रूएसले २०१३ डिएफएल-सुपरकप जितेका छन् । उनी २०१२ जर्मन बर्ष फुटबलर घोषित भएका थिए । फ्रान्ज बेकेनबर्गले रूएस र गोट्जेको जोडीको बारेमा भनेका छन -" ... फुटबलका प्रतिष्ठित जोडीमध्ये रूएस र गोट्जेको जोडी जत्तिको बहुफलप्रद जोडी अरू कुनै छैन ।" २०१३ मा ब्लुमबर्गले रूएसलाई यूरोपको चौथो उत्कृष्ट फुटबलरको रूपमा सुचिकृत गरेको थियो ।

मार्को रूएस
20180602 FIFA Friendly Match Austria vs. Germany Marco Reus 850 0626.jpg
व्यक्तिगत विवरण
पुरा नाम मार्को रूएस[१]
जन्म मिति ३१ मे १९८९ (उमेर २६)
उचाई १.८० मि. (५ फि. ११ इन्च)
खेल्ने स्थान आक्रामक मिडफिल्डर/विङ्गर
क्लबको विवरण
हालको क्लब बोरूसिया डर्टमन्ड
सङ्ख्या ११
युवा क्लब
१९९४-१९९६ पोष्ट एसभी डर्टमन्ड
१९९६-२००६ बोरूसिया डर्टमन्ड
२००६-२००८ रट वेस एलेन
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६-२००७ रट वेस एलेन II (३)
२००७-२००९ रट वेस एलेन ४३ (५)
२००९-२०१२ बोरूसिया मोन्चेनग्लाडब्याच ९७ (३६)
२०१२- बोरूसिया डर्टमन्ड १४७ (७१)
राष्ट्रिय टोली
२०१०- जर्मनी ३७ (१०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

अन्तराष्ट्रिय गोलसम्पादन

जर्मनीको गोल पहिले प्रदर्शित, प्रदर्शन र नतिजाको आधारमा:[२]

गोल मिति स्थान विपक्षी स्कोर नतिजा प्रतियोगिता
२७ मे २०१२ सेन्ट ज्याकब पार्क, बसेल, स्विजरल्याण्ड   स्विजरल्याण्ड –५ ३-५ मैत्रीपूर्ण खेल
२२ जुन २०१२ पीजीई एरिना डान्स्क, डान्सक, पोल्याण्ड   ग्रीस –१ ४-२ युइएफए युरो २०१२
११ सेप्टेम्बर २०१२ अर्नेष्ट हेपल-स्टेडीयन, भियाना, अस्ट्रिया   अष्ट्रिया –० २-१ २०१४ फिफा विश्वकप छनौट
१२ अक्टोबर २०१२ एभिभा स्टेडीयम , डब्लिन, आयरल्याण्ड   आयरल्याण्ड –० ६-१ २०१४ फिफा विश्वकप छनौट
–०
२६ मार्च २०१३ स्टेडियन नुनबर्ग, नुरेमबर्ग, जर्मनी   कजाख्स्तान –० ४-१ २०१४ फिफा विश्वकप छनौट
–१
२५ मार्च २०१५ फ्रिज वाल्टर स्टेडियन, केसर्सलौटर्न, जर्मनी   अस्ट्रेलिया –० २-२ मैत्रीपूर्ण
२९ मार्च २०१५ बोरिस डिनामो अरेना, बिलिसी, जर्जिया   जर्जिया –० २-० युइएफए युरो २०१६ छनौट

व्यक्तिगत जीवनसम्पादन

डिसेम्बर २०१४ मा रूएसलाई सवारी चालक अनुमति पत्र विना नै गाडी चलाएकाले £५,००,००० भन्दा बढी जरिवाना गराइएको थियो । दोषसिद्ध भेटिएपछी रूएसले भने "मैले यो गर्नुका कारण केही थिए जसलाई म आफैँले बुझ्न सकिन ।" यो घटनाभन्दा पहिले उनी कार र पेट्रोलका व्यापारिक विज्ञापनमा पनि देखिने गर्थे ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "M. Reus", Soccerway, अन्तिम पहुँच ७ डिसेम्बर २०१३ 
  2. अन्तर्राष्ट्रिय गोल

बाह्य लिङ्कहरूसम्पादन