मान्नाद्वारा प्राप्त पुरस्कार र नामाङ्कनहरूको सूची

सैयद मोहाम्मद आसलाम तालुकदार (मान्ना नामले परिचित, जन्म: १४ अप्रिल १९६४ - मृत्यु:१७ फेब्रुअरी २००६) एक प्रख्यात बङ्गलादेश चलचित्र अभिनेता तथा निर्माता थिए। बङ्गलादेश चलचित्रमा मुख्य रूपमा नायकको भूमिका निर्वाह गरेका मान्नाले थुप्रै सफल चलचित्रहरूमा काम गरेका थिए भने २६ वर्षको चलचित्र कार्यकालमा उनले व्यापक सफलता प्राप्त गरेका थिए। उनले थुप्रै सफल चलचित्रहरूमा काग गरेका कारण ढालिउडमा (बङ्गलादेशी चलचित्र उद्योग) उनी महानायकको रूपमा पनि परिचित थिए। ढालिउड चलचित्रमा लामो समयदेखि मान्ना लोकप्रियताको हिसाबले राजा राज्जाक पछि शीर्ष स्थानमा रहन सफल भएका थिए। मान्नाद्वारा अभिनित आम्माजान नाम चलचित्र बङ्गलादेशी चलचित्रको इतिहासमै सबैभन्दा सफल र लोकप्रिय चलचित्र बन्न सफल भएको थियो। उनले वीर सैनिक नामक एक चलचित्रमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनले सर्वश्रेष्ठ अभिनेताको विधामा राष्ट्रिय चलचित्र पुरस्कार र आम्माजान चलचित्रका लागि उत्कृष्ट अभिनेता विधामा मेरिल प्रोथोम आलो पुरस्कार प्राप्त गरेका थिए।

उनी आठपटक मेरिल प्रोथोम आलो पुरस्कार अन्तर्गत विभिन्न विधामा मनोनीत भएका थिए भने उनले तीन पटक यस पुरस्कार जित्न सफल भएका थिए र यसबाहेक उनले बेश कयेकबार बाचसास पुरस्कार पनि जित्न सफल भएका थिए। उनीद्वारा अभिनय केही उत्कृष्ट चलचित्रहरू: त्रास, दाङ्गा, कासेम मालार प्रेम, लुटतराज तेजी, आम्माजान, शान्त केनो मास्तान, कष्टो, वर्तमान, आब्बनजान, स्वामी स्त्रीर जुद्ध, वीर सैनिक, सिटि टेरर, मिनिस्टर, दुई बधु एक स्वामी, पिता मातार आमानत, अबुझ शिशु, साजघोर, उत्तरेर खेप, मायेर मर्जादा ओ काबुलिवत आदि छन्।


पुरस्कार तथा सम्मानहरू सम्पादन गर्नुहोस्

राष्ट्रिय चलचित्र पुरस्कार

मान्ना धेरै राष्ट्रिय चलचित्र पुरस्कारका लागि मनोनयनमा परेका थिए भने उनले एकपटक यस पुरस्कार जित्न सफल भएका थिए।

वर्ष मनोनीत कार्य विधा नतिजा सन्दर्भ
सन् १९९२ त्रास श्रेष्ठ अभिनेता मनोनीत
सन् १९९९ आम्माजान श्रेष्ठ अभिनेता मनोनीत
सन् २००३ वीर सैनिक श्रेष्ठ अभिनेता विजयी [१]
सन् २००४ उत्तोरेर खेप श्रेष्ठ अभिनेता मनोनीत
सन् २००६ काबुलिवाला श्रेष्ठ अभिनेता मनोनीत
मेरिल-प्रथोम आलो पुरस्कार

मान्ना सर्वश्रेष्ठ अभिनेता विधामा ८ पटक मेरिल प्रथोम आलो पुरस्कारको मनोनीत भएका छन् भने उनले तीनपटक यस पुरस्कार जित्न सफल भएका थिए।

वर्ष मनोनीत कार्य विधा नतिजा सन्दर्भ
सन् १९९९ आम्माजान श्रेष्ठ अभिनेता विजयी
सन् २००० कष्ट श्रेष्ठ अभिनेता विजयी
सन् २००१ आब्बाजान श्रेष्ठ अभिनेता मनोनीत
सन् २००२ स्वामी स्त्री जुद्ध श्रेष्ठ अभिनेता मनोनीत
২০০৩ दुई बधू एक स्वामी श्रेष्ठ अभिनेता मनोनीत
सन् २००५ आमि जेल थेके बोल्छि श्रेष्ठ अभिनेता मनोनीत
सन् २००६ मायेर मर्जादा श्रेष्ठ अभिनेता मनोनीत [२]
सन् २००७ म्याशिनम्यान श्रेष्ठ अभिनेता विजयी [३]
बचसास पुरस्कार

उनी कयौँपटक बाचसास पुरस्कारका लागि मनोनीत भएका थिए भने उनले चारपटक श्रेष्ठ अभिनेता विधामा यस पुरस्कार प्राप्त गरेका थिए र बङ्गलादेशी चलचित्रको ठूलो योगदान पुर्‍याएका कारण चलचित्रको विषेश योगदान पुरस्कार मृत्यु पश्चात् प्राप्त गरेका थिए।

वर्ष मनोनीत कार्य विधा नतिजा सन्देश
सन् १९९९ आम्माजान श्रेष्ठ अभिनेता विजयी [४]
सन् २००१ आब्बाजान श्रेष्ठ अभिनेता विजयी [५]
सन् २००४ उत्तोरेर खेप श्रेष्ठ अभिनेता विजयी
सन् २००७ मोनेर साथे जुद्ध श्रेष्ठ अभिनेता विजयी [६]
सन् २००७ चलचित्रमा विषेश योगदान विषेश पुरस्कार विजयी(मृत्यु पश्चात्)

अन्य पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

एसियान जार्नालिस्ट हिउम्यान राइट्स एन्ड कालचाराल फाउन्डेशन[७]
  • विजयी: एजाहिकाफ प्रस्तुति पुरस्कार २०१६ (मृत्यु पश्चात्)

थप सम्पादन गर्नुहोस्

मान्नाको बङ्गलादेश चलचित्रमा अतुलनीय योगदानलाई लिएर बङ्गलादेश चलचित्र विकास सङ्घको डिजिटल प्रविधि श्रव्य दृश्य सम्पादन, कलर ग्रेडिङ र विभिन्न भाषामा छायाङ्कन गर्ने स्टुडियोलाई मन्ना डिजिटल कम्प्लेक्स नाम राखिएको छ।[८][९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "জাতীয় চলচ্চিত্র পুরস্কার"www.prothom-alo.com 
  2. "মেরিল-প্রথম আলো পুরস্কার-২০০৬"প্রথম আলো (बाङ्ला भाषा)। 
  3. "মেরিল-প্রথম আলো পুরস্কার-২০০৭"প্রথম আলো (बाङ्ला भाषा)। 
  4. আবদুল্লাহ, জোয়াদ (२०१०)। "বাংলাদেশের চলচ্চিত্র: পাঁচ দশকের ইতিহাস"। ঢাকা: জ্যোতিপ্রকাশ। पृष्ठ ৪৮০। 
  5. আবদুল্লাহ, জোয়াদ (२०१०)। "বাংলাদেশের চলচ্চিত্র: পাঁচ দশকের ইতিহাস"। ঢাকা: জ্যোতিপ্রকাশ। पृष्ठ ৪৮১। 
  6. আবদুল্লাহ, জোয়াদ (२०१०)। "বাংলাদেশের চলচ্চিত্র: পাঁচ দশকের ইতিহাস"। ঢাকা: জ্যোতিপ্রকাশ। पृष्ठ ৪৮২। 
  7. "সম্মানিত হচ্ছেন সালমান-মান্না | banglatribune.com"Bangla Tribune (बाङ्ला भाषा)। सङ्ग्रह मिति ९ मे २०२० 
  8. "ফিরে এলো নায়ক মান্না"NTV Online (अङ्ग्रेजी भाषा)। १५ अप्रिल २०१५। सङ्ग्रह मिति १० मे २०२० 
  9. "এফডিসিতে ফিরলো মান্না | বিনোদন | ঢাকা টাইমস"old.dhakatimes24.com। सङ्ग्रह मिति १० मे २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्