मानुएल नोयर

जर्मनेली फुटबल खेलाडी

मानुएल नोयर (जन्म २७ मार्च १९८६) जर्मन फुटबलर हुन् । उनी बायर्न म्युनिखका गोलरक्षक हुन् । स्वीपर रक्षक को छवी बनाएका नोयर आफ्नो उत्कृष्ट गोलरक्षण र बलमाथी द्रुत प्रतिक्रिया जनाउन खप्पिस मानिन्छन् ।[१][२][३]

मानुएल नोयर
20180602 FIFA Friendly Match Austria vs. Germany Manuel Neuer 850 0723.jpg
नोयर २०१८ मा
व्यक्तिगत जानकारी
पुरा नाम म्यानुअल पिटर नोयर
उचाइ १.९३ मी
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
बायर्न म्युनिख
सङ्ख्या
युवा करियर
१९९१-२००५ साल्के ०४
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००४-२००६ साल्के ०४ बी २९ (०)
२००६-२०११ साल्के ०४ १५६ (०)
२०११- बायर्न म्युनिख २१६ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

क्लब जीवनसम्पादन

जर्मनीको गेल्सेनकीर्चनमा जन्मिएका नोयरले साल्के ०४ को युवा टोलीबाट ५ वर्षको कलिलो उमेरदेखि नै खेल्न थालेका थिए । १९ अगष्ट २००६ मा उनले बुन्डेस लिगामा डेब्यु गरे । उनलाई फ्रयाङ्क रोष्टलाई उछिन्दै साल्के ०४ को नियमित गोलकिपर बन्न समय लागेन । १ जुन २०११ मा साल्केबाट नोयरलाई बायर्न म्युनिखमा स्थानान्तरण गरियो । नोयरले बायर्नसँग €१८ मिलियनमा गरेको नयाँ करार ५ वर्षको लागि थियो । उनी २०१६ सम्म बायर्नमा रहने छन् ।

अन्तराष्ट्रिय जीवनसम्पादन

नोयरले दुई विश्वकप(२०१० र २०१४) र युरो २०१२ गरी तीन प्रमुख प्रतियोगितामा राष्ट्रिय टोलीको झण्डा फहराएका छन् । २०१४ फिफा विश्वकपमा नोयरले विश्वस्तरिय गोल रक्षण गरेका थिए र पुरा प्रतियोगिताभरी विपक्षीलाई ४ गोल मात्र गर्न दिए । जर्मनीले विश्वकप ट्रफी उचाल्दा उनी प्रमुख सदस्य थिए।

व्यक्तिगत जीवनसम्पादन

उनी पुर्व जर्मन गोलकिपर जेन्स लेहमानलाई आफ्नो आइडल मान्छन् । नयर क्याथोलिक हुन् । क्याथरिन गिल्चसँगको उनको सम्बन्ध २०१४ मा तोडिएको थियो ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Manuel Neuer", ESPN FC, अन्तिम पहुँच ११ जुलाई २०१४ 
  2. Early, Ken (८ जुलाई २०१४), "Manuel Neuer cleans up by being more than a sweeper", Irish Times, अन्तिम पहुँच ११ जुलाई २०१४ 
  3. Dawson, Alan (९ जुलाई २०१४), "Michael Owen: Manuel Neuer is best in his position", HITC Sport, अन्तिम पहुँच ११ जुलाई २०१४ 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन