मानवशास्त्रीय मूल्य सिद्धान्त

अर्थशास्त्री, नैतिक शास्त्री आदीले परम्परागत रूपमा प्रयोग गर्ने मूल्य सिद्धान्तलाई यस मानवशास्त्रीय मुल्य सिद्धान्तले अझ विस्तार गर्न प्रयास गरेको छ। प्रायः एडम स्मिथ, डेभिड रिकार्डो, जोन स्टुअर्ट मिल, कार्ल मार्क्सद्वारा प्रतिपादन गरिएको सिद्धान्तहरूलाई अझ बिस्तार गर्ने प्रयास यसमा गरिन्छ। सामान्यतया सामाजिक, राजनीतिक, संस्थागत र ऐतिहासिक परिप्रेक्ष्यमा विभिन्न फरक सिद्धान्तहरूको एक समष्टिगत र विस्तृत रूपमा मानवको आर्थिक व्यवहारको अध्ययन हुन्छ।

आर्थिक गतिविधिलाई बुझ्नको लागि यसको सृजनाकर्ताद्वारा सिर्जित गरिएको आर्थिक कृयाकलापबाटै यसलाई पहिल्याउन सकिन्छ (जस्तै: पुरातन समाज)। मूल्य वा मान्यताको अवधारणा यसलाई प्रयोग गर्ने संस्कृति वा सामाजद्वारा निर्मित अवधारणा हो। यद्यपि हामी विनिमय, मूल्य, र सम्पत्तिको आधुनिक सूचकहरूलाई पुरातन समाजलाई परीक्षण गरेर केही अन्तरदृष्टि प्राप्त गर्न सक्छौं। आर्थिक प्रक्रियाहरूमा मानवशास्त्रीय दृष्टिकोणले हामीलाई आधुनिक अर्थशास्त्रको सिद्धान्तहरूमा अन्तर्निहित सांस्कृतिक पूर्वाग्रहको आलोचनात्मक परीक्षण गर्न अनुमति दिन्छ। धेरै मानवशास्त्रीय अर्थशास्त्रीहरू वा आर्थिक मानवशास्त्रीहरूले आधुनिक समाजलाई एउटा आर्थिक मेसिनको रूपमा हेर्ने गरेका छन् र जस्ले उत्पादन र खपत मात्र गर्दछन् भनेर प्रतिक्रिया दिने गरेका छन्।

उदाहरणको लागि मार्सेल माउस र ब्रोनिसवा मालिनोव्स्कीले समाजमा उपभोग नभै घुम्ने वस्तुहरूको बारेमा लेखेका छन्। जर्जस बटाइलले समाजमा उपभोग नै नभई नष्ट हुने वस्तुहरूको बारेमा लेखेका छन्। ब्रुस ओभेन्सले प्रसार पनि नहुने र उपभोग पनि नहुने बस्तुको मूल्यको बारेमा कुरा गरेका छन् जस्तै: सुनको भण्डार, भण्डार गरिएको चित्रकला, पारिवारिक विरासत आदी।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Graeber, David (२००१), Toward an Anthropological Theory of Value, Palgrave, आइएसबिएन 0-312-24044-9