माधव भँडारी नेपाली भाषाका साहित्यकार हुन्।

मेची अञ्चलको इलाम, सुम्बेकमा जन्मिएका माधव भँडारी वाराणसेय संस्कृत विश्वविद्यालयबाट साहित्याचार्यको उपाधि प्राप्त गरी त्रिवि अन्तर्गत मेची बहुमुखी क्यामपस, झापा; महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम र केन्द्रीय क्याम्पस कीर्तिपुरमा धेरै वर्ष प्राध्यापन गरी निवृत्त भएका हुन् । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट अलङ्कार सिद्धान्त र नेपाली कविता विषयमा विद्वद्वृत्ति प्राप्त गर्ने भण्डारीका निम्नलिखित कृतिहरू प्रकाशित देखिन्छन्-

१.हाम्रो साहित्य र साहित्यकारहरू (सहलेखन २०१२),
२.छन्द र अलङ्कार (सहलेखन २०१२),
३.गाउँघर (कथासङ्ग्रह २०२०),
४.पूर्णिमा (उपन्यास २०२८),
५.घरजम (नाटक २०२९),
६.आमाको आकाङ्क्षा (नाटक.....) र
७.माधव भँडारीका कथा (२०४१) ।

संस्कृत, नेपाली, हिन्दी, अङ्ग्रेजी भाषामा दखल भएका भण्डारीको साहित्यसेवा उल्लेखनीय छ ।[१]



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. भट्टराई, घटराज (प्र.सं.२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य कडीहरू सम्पादन गर्नुहोस्