महालेखा नियन्त्रक कार्यालय

नेपाल सरकारको आर्थिक प्रशासनका विविध पक्षहरू जस्तै बजेट कार्यान्वयन तथा नियन्त्रण, कोष व्यवस्थापन, नेपाल सरकारले लिएका ऋण र लगानीको व्यवस्थापन, लेखा प्रणालीमा परिमार्जन तथा सुधार, आन्तरिक लेखापरीक्षण र लेखा समूहका कर्मचारीहरूको प्रशासन सम्बन्धी कार्यहरू गर्ने आधिकारीक निकाय महालेखा नियन्त्रक कार्यालय हो।

आर्थिक प्रशासन सम्बन्धी कामकाज गर्न २००८ सालमा महालेखापालको कार्यालय स्थापना भई पहिलो पटक वजेट तयारी र कार्यान्वयन सम्वन्धी कामको थालनी भएको थियो। पछि २०३२ सालदेखि यस कार्यालयलाई विधिवत रूपमा महालेखा नियन्त्रक कार्यालयमा परिणत गरियो।

उद्देश्यहरू सम्पादन गर्नुहोस्

  • सञ्चित कोष वा सरकारी ढुकुटीको सञ्चालन गर्ने,
  • सञ्चित कोषको लेखा अद्यावधिक राख्ने,
  • राष्ट्रको केन्द्रीय वाषिर्क आय-व्ययको लेखा तयार गर्ने,
  • आर्थिक प्रशासन सम्बन्धी नीति नियमको तर्जुमा गर्ने र आर्थिक नियन्त्रण गर्ने।

कार्यक्षेत्र र जिम्मेवारी सम्पादन गर्नुहोस्

आर्थिक कार्यविधि ऐन, २०५५ र आर्थिक प्रशासन सम्बन्धी नियमाली, २०६४ बमोजिम यस कार्यालयले सम्पादन गर्ने कार्यहरू निम्नलिखित छन्।

  • नेपाल सरकारको सञ्चित कोषको लेखा राख्ने र राख्न लगाउने,
  • सरकारी कार्यालयहरूको लागि स्वीकृत बजेट बमोजिमको रकम निकासा दिने र दिन लगाउने,
  • सरकारी कार्यालयहरूको लागि बैङ्क खाता सञ्चालन गर्न स्वीकृति दिने,
  • नेपाल सरकारको आय-व्ययको केन्द्रीय हिसाव तयार गर्ने,
  • नेपाल सरकारको ऋण तथा लगानीको हिसाव राख्ने,
  • वैदेशिक ऋण र अनुदान सम्वन्धी सोधभर्नाको हिसाव राख्ने,
  • नेपाल सरकारको लेखा प्रणाली तर्जुमा गरी कार्यान्वयन गराउने,
  • आर्थिक प्रशासन सम्बन्धमा सरकारी कार्यालयको निरीक्षण गरी आवश्यक निर्देशन दिने,
  • आर्थिक प्रशासन सम्बन्धी विवादहरूमा राय दिने,
  • आथिर्क सूचना सङ्ग्रह एवं प्रवाह हर्ने ,े
  • नेपाल सरकारले तोकिदिएको अन्य काम गर्ने।

सम्बन्धित निकायहरू सम्पादन गर्नुहोस्

  • क्षेत्रीय कोष निर्देशनालय ५ वटा।
  • कोष तथा लेखा नियन्त्रक कार्यालयहरू ७० वटा।
  • कौशी तोषाखाना कार्यालय।
  • कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

आधिकारीक वेबसाइट