महालक्ष्मी नगरपालिका

बाग्मती प्रदेशको एउटा नगरपालिका

महालक्ष्मी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा लामाटार, लुभु, सिद्धिपुर, टिकाथलीइमाडोल यी ५ गाउँ विकास समितिहरूलाई समेटेर महालक्ष्मी नगरपालिका घोषणा गरिएको हो।[३][४] महालक्ष्मी नगरपालिकाको केन्द्रभने गोदावरी खोलादेखी इमाडोल गाविसको कार्यालय बीच रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

महालक्ष्मी नगरपालिका
महालक्ष्मी मन्दिर;लुभु
महालक्ष्मी मन्दिर;लुभु
देश नेपाल
प्रदेशबागमती
जिल्लाललितपुर जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयररामेश्वर श्रेष्ठ
 • उप मेयरनिर्मला थापा
क्षेत्रफल
 • जम्मा२२.२ किमी (८.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६२,१७२
 • घनत्व२८००/किमी (७३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटmahalaxmimun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

महालक्ष्मी नगरपालिका साविकका लामाटार, लुभु, सिद्धिपुर, टिकाथलीइमाडोल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा महालक्ष्मी नगरपालिकाको कूल जनसङ्ख्या ६२,१७२ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्