मारियन एनी पेरीन " मरिन " ले पेन ( फ्रान्सेली: [maʁin lə pɛn] ; जन्म ५ अगस्ट १९६८), (कहिलेकाहीँ उनको नामको पहिलो अक्षर MLP द्वारा उल्लेख गरिन्छ) एक फ्रान्सेली वकिल तथा राजनीतिज्ञ हुन् । उनी हाल २०२२को फ्रान्सेली राष्ट्रपति चुनावको दोस्रो चरणमा दुई उम्मेद्वार मध्ये एक हुन्। उनले २०११ देखी २०२१ सम्म नेसनल र्याली पार्टी (जसलाइ पहिले नेसनल फ्रन्ट भनिन्थ्यो )को अध्यक्षको रूपमा सेवा गरे। उनी २०१७ देखि पास-डे-कैलासको ११ औं निर्वाचन क्षेत्रको राष्ट्रिय सभा सदस्य बनेकी छिन्। उनलाई राजनीतिक स्पेक्ट्रममा उग्र दक्षिण पन्थी स्थानमा राखिएको छ। । [१] [२] [३] [४]

Marine Le Pen 2022 (cropped).jpg
मरिन ले पेन (२०२२ मा)

ले पेनले आफ्नो छविलाई नरम बनाउन अभियानको नेतृत्व गरेको छिन्, [५] जसमा नस्लवाद, सेमिटिज्म वा पेटेनवादको आरोप लागेका सदस्यहरूको निष्कासन सिमित गर्ने समावेश छन् । उनले आफ्ना बुबाले नयाँ विवादास्पद बयान दिएपछि अगस्ट २०१५ मा आफ्ना बुबालाई पार्टीबाट निष्कासन गरिन्। [६] [७] समलिङ्गी विवाहको विरोध, बिना शर्त गर्भपतनको विरोध र मृत्युदण्डको समर्थन जस्ता नीतिलाई खारेज गरेर पार्टीको छबी सुर्धार्दै गर्दा, ले पेनले अझै पनि कडा आप्रवासी विरोधी, राष्ट्रवादीसंरक्षणवादी उपायहरू जस्ता आफ्नो पार्टीका धेरै ऐतिहासिक नीतिहरूलाई विशेष ध्यान दिएर वकालत गर्छिन्। [८] [९] [१०]

उनी आर्थिक राष्ट्रवादको पक्षमा छिन्, सरकारको हस्तक्षेपकारी भूमिकाको पक्षमा छिन् र विश्वव्यापीकरण र बहुसांस्कृतिकताको विरोधी छिन्।

ले पेनले अध्यागमनलाई सीमित गर्न, धार्मिक वधमा प्रतिबन्ध लगाउने र खतनाको वैधानिकतालाई प्रतिबन्ध लगाउन समर्थन गर्दछ। [११] अमेरिकी र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) नीतिको आलोचक मानिने पेनले फ्रान्सलाई उनीहरूको प्रभाव क्षेत्रबाट हटाउने वाचा गरेकी छिन्। [१२] ले पेनले विगतमा भ्लादिमिर पुटिन र रुसको सहयोगी टिप्पणीहरू गरेका छन्, सन् २०२२ युक्रेनमा रूसी आक्रमणको अघि नजिकको सहयोगको वकालत गर्दै; उनले युक्रेन युद्धको कडा निन्दा गरे, तर यदि यो समाप्त भयो भने रसिया " फेरि फ्रान्सको सहयोगी बन्न" सक्ने कुरा बताइन् । [१३]

ले पेनलाई टाइम्स म्यागजिनले सन् २०११ र २०१५ मा विश्वका १०० प्रभावशाली व्यक्तिहरूमध्ये एकको रूपमा चित्रण गरेको थियो। [१४] २०१६ मा, उनलाई पोलिटिकोले युरोपेली संसदको अध्यक्ष मार्टिन शुल्ज पछि, युरोपेली संसदमा दोस्रो-सबैभन्दा प्रभावशाली युरोपेली संसद सदस्यको श्रेणीमा राखेको थियो ।   [१५]

राजनैतिक स्थान सम्पादन गर्नुहोस्

आर्थिक नीति सम्पादन गर्नुहोस्

उर्जाको क्षेत्रमा, ले पेनले परमाणुजलविद्युत उर्जालाई समर्थन गर्दै फ्रान्स उर्जामा आत्मनिर्भर हुनुपर्ने कुरामा जोड दिन्छन् । ले पेन वायु उर्जाको सख्त विरोधी हुन्; उनले सन् २०२२बाट नया वायु उर्जाको विकासमा प्रतिबन्ध लगाउने प्रस्ताव र अन्तत सम्पूर्ण वायु टर्बाइन हटाउने प्रस्ताव गरेकी छिन् ।[१६] ले पेन स्वतन्त्र व्यापारको विरोधी र संरक्षणवादको पक्षधर हुन् । [१७] उनी आर्थिक राष्ट्रवाद[१८], लगानी र रिटेल बैंकिंग को पृथकीकरण[१९] र उर्जा विविधता[२०] को हिमायती र सार्वजनिक सेवा र सामाजिक सुरक्षा को निजीकरण[२१], अन्तर्राष्ट्रिय कमोदिती बजारमा हुने सट्टाबाजी[२१], र साझा कृषी नीति[२२]को को विरोधी हुन्।

ले पेन भूमण्डलीकरण (विश्वव्यापीकरण)को विपक्षमा छिन्, उनी विभिन्न नकारात्मक आर्थिक प्रवृत्तिका लागि भूमण्डलीकरणलाई दोष दिन्छिन्, र युरोपियन युनियन अतिराष्ट्रवाद र संघीयताको विरोध गर्छिन्, बरु एक खुकुलो कन्फेडेरेट 'युरोप अफ द नेसन्स' को पक्षमा छिन्।[२३] उनी फ्रान्सले युरोजोन छोड्नु पर्नेमा[२४] र र फ्रान्समा युरोपेली सङ्घ त्याग्नको लागि जनमत संग्रहको लागि आह्वान गरेकी थिइन्।[२५] यद्यपि, २०१९ मा, उनले फ्रान्सलाई युरोपेली संघ वा युरो मुद्रा छोड्नको लागि वकालत गर्न छोडिन्[२६]। उनी लिस्बन सन्धीको विपक्षी[२७] हुन् र टर्कीयुक्रेनको योरोपेली संघको सदस्यताको विरोध गर्छिन्।[२८] [२९] ले पेनले फ्रान्सलाई उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकी प्रभाव क्षेत्रबाट बाहिर निकाल्ने वाचा गरेका छन्।[३०] उनले विश्व व्यापार संगठनको प्रतिस्थापन[३१][३२]अन्तर्राष्ट्रिय मुद्रा कोषको उन्मूलन प्रस्ताव गरेकी छिन्।[३३]

विदेश नीति सम्पादन गर्नुहोस्

ले पेनले टर्कीका राष्ट्रपति एर्दोगानको आलोचना गरेका छन्।[३४] उनले कतारसाउदी अरेबिया जस्ता देशहरूसँग फ्रान्सले राखेको विशेष सम्बन्धको पनि आलोचना गरिन्, जसलाई उनले "कतारसाउदी अरेबियाले इस्लामवादी कट्टरपन्थीहरूलाई आर्थिक सहयोग गर्न र सशस्त्र बनाउन मद्दत गरिरहेको[३५]" कुरा बताएकी थिइन्, जबकि उनले संयुक्त अरब इमिरेट्सइजिप्टसँग घनिष्ठ सम्बन्धलाई जोड दिएकी छिन् ।[३६] उनले रुससँग विशेषाधिकार प्राप्त साझेदारीको स्थापनालाई समर्थन गरिन्,[३७] र युक्रेनलाई संयुक्त राज्यले "वशमा" लिएको विश्वास गर्छिन्।[३८]

उनी यस क्षेत्रमा नाटोको पूर्वी युरोपमा रुस विरोधी भावना र आर्थिक प्रतिबन्धको धम्की[३९] दिने नीतिको कडा आलोचना थिइन्।[३८] युक्रेनमा सन् २०२२ रूसी आक्रमणको प्रतिक्रियामा, ले पेनले उनको अघिल्लो रुस समर्थक अडानको बाबजुद रूसको यस कार्यको आलोचना गरिन् ।[४०] उनले युद्धबाट भागेका युक्रेनी शरणार्थीहरूलाई स्वागत गर्ने वकालत गरे।[४१] उनले निर्वाचित भएमा फ्रान्सलाई नेटोको एकीकृत सैन्य कमाण्डबाट हटाउने बताएकी छिन् ।[४२]

अन्य मुद्दा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Macron's far-right rival, Le Pen, reaches all-time high in presidential second-round vote poll", Reuters, ४ अप्रिल २०२२, मूलबाट ५ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अप्रिल २०२२ 
  2. "French far-right leader Marine Le Pen closing gap on Emmanuel Macron, new polls show", TheJournal.ie, मूलबाट ४ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अप्रिल २०२२ 
  3. "French election: Far-right Le Pen closes in on Macron ahead of vote", BBC News, ८ अप्रिल २०२२, मूलबाट ८ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२२ 
  4. Alsaafin, Linah, "What is behind the rise of the far right in France?", aljazeera.com, मूलबाट ९ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०२२ 
  5. "Marine Le Pen's 'Brutal' Upbringing Shaped Her Worldview", NPR.org (NPR), २१ अप्रिल २०१७, मूलबाट ८ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मे २०१८ 
  6. Francetv info (मे २०१५), "Défilé du FN : comment Marine Le Pen va marginaliser son père", Francetvinfo.fr, मूलबाट १६ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१६ 
  7. "L'after RMC: " Jean-Marie Le Pen est assez marginalisé et esseulé dans sa tentative de combattre le Front national ", Louis Aliot", Bfmtv.com, मूलबाट १६ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१६ 
  8. "The de-demonisation of the Front National", Policy Network, २६ मार्च २०१३, मूलबाट ३१ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जनवरी २०१६ 
  9. "Marine Le Pen "pour un Pacs amélioré" pour les homosexuels", BFM TV, ६ अक्टोबर २०१४, मूलबाट ११ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०१६ 
  10. "IVG : Marion Maréchal-Le Pen recadrée par sa tante", Le Figaro, ६ डिसेम्बर २०१६, मूलबाट २४ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०१६ 
  11. Mounk, Yascha (२०१७-०५-०१), "No, There Is No Case for Le Pen", Slate Magazine (अङ्ग्रेजीमा), मूलबाट ११ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०४-१०, "This becomes most apparent in Le Pen’s views on the headscarf and the yarmulke: While some of her rivals would outlaw these in public schools, Le Pen wants to ban them in all public places. In conjunction with her opposition to ritual slaughter and male circumcision..." 
  12. "France to ditch NATO, embrace Russia if National Front comes to power", RIA Novosti, १३ अप्रिल २०११, मूलबाट १२ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०११ 
  13. "Marine Le Pen: 'Putin could become ally to France again'", connexionfrance.com, मूलबाट ८ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०२२ 
  14. "Thomas Piketty et Marine Le Pen parmi les 100 personnalités influentes du " Time "", Le Monde.fr, १६ अप्रिल २०१५, मूलबाट ३ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१५ 
  15. "The 40 MEPs who actually matter: the ranking", Politico, १९ मे २०१६, मूलबाट ११ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ मे २०१६ 
  16. https://mlafrance.fr/pdfs/manifeste-m-la-france-programme-presidentiel.pdf वेब्याक मेसिन अभिलेखिकरण १० अप्रिल २०२२ मिति[bare URL PDF]
  17. "The 2012 great alternation is built in 2011", Nations Presse Info (फ्रान्सेलीमा), १५ नोभेम्बर २०१०, मूलबाट ६ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ नोभेम्बर २०१० 
  18. "In order to absorb our debt: repeal the 1973 Law!", Front National (फ्रान्सेलीमा), ३० नोभेम्बर २०१०, मूलबाट १ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २०१० 
  19. "Dexia fall: Marine Le Pen's proposals in order to get over the banking stagnation" (फ्रान्सेलीमा), Front National, ५ अक्टोबर २०११, अन्तिम पहुँच ९ अक्टोबर २०११  वेब्याक मेसिन अभिलेखिकरण १२ अप्रिल २०२३ मिति
  20. "Marcoule's nuclear accident: the urgency to secure the plants" (फ्रान्सेलीमा), Front National, १२ सेप्टेम्बर २०११, मूलबाट २७ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ सेप्टेम्बर २०११  = Archive-It अभिलेखिकरण २७ फेब्रुअरी २०१६ मिति
  21. २१.० २१.१ "New scandalous rise in gas prices : the state must regain the control of the situation" (फ्रान्सेलीमा), Front National, १ मार्च २०११, मूलबाट २५ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०११  वेब्याक मेसिन अभिलेखिकरण २५ अगस्ट २०११ मिति
  22. "Marine Le Pen visits the Paris International Agricultural Show", Le Journal du Dimanche (फ्रान्सेलीमा), २५ फेब्रुअरी २०११, मूलबाट २८ फेब्रुअरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०११  वेब्याक मेसिन अभिलेखिकरण २८ फेब्रुअरी २०११ मिति
  23. "Sarkozy dupes the French while with his cronies at Davos" (फ्रान्सेलीमा), Front National, २७ जनवरी २०१०, मूलबाट २७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ नोभेम्बर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २७ जुलाई २०११ मिति
  24. "Marine Le Pen: "The real problem is the Euro!"", Front National (फ्रान्सेलीमा), ४ मे २०१०, मूलबाट २१ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ नोभेम्बर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २१ मे २०१८ मिति
  25. "Brexit 'most important moment since Berlin Wall': Le Pen", BBC News, मूलबाट १४ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१६ 
  26. Chrisafis, Angelique (२६ मे २०१९), "Marine Le Pen ahead of Macron's centrist party, say French exit polls", The Guardian, मूलबाट १० मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०२० 
  27. "Reform of the French Post's statute: a serious undermining of the public utilities" (फ्रान्सेलीमा), Front National, ३ अक्टोबर २००९, मूलबाट २७ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ डिसेम्बर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २७ सेप्टेम्बर २०११ मिति
  28. "European Parliament resolution on Turkey's progress report 2008 (explanations of vote)", European Parliament, १२ मार्च २००९, मूलबाट २९ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०१० 
  29. "Marine Le Pen: Ukraine's association with EU – best option वेब्याक मेसिन अभिलेखिकरण ८ मार्च २०१४ मिति". Ukrinform. 26 June 2013
  30. "France to ditch NATO, embrace Russia if National Front comes to power", RIA Novosti, १३ अप्रिल २०११, मूलबाट १२ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०११ 
  31. "Protections at boundaries: how to revive industry and employment ?" (फ्रान्सेलीमा), Front National, १० जुन २०११, मूलबाट ७ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ नोभेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०१७ मिति
  32. "Marine Le Pen's press conference at the National Press Club in Washington", Nations Presse Info (फ्रान्सेलीमा), ३ नोभेम्बर २०११, मूलबाट १८ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ नोभेम्बर २०११ 
  33. "Marine Le Pen launches the debate about the future of IMF" (फ्रान्सेलीमा), Front National, २० मे २०११, मूलबाट २ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ मे २०११  वेब्याक मेसिन अभिलेखिकरण २ जुन २०११ मिति
  34. "Controverse avec Erdogan : Marine Le Pen appelle à durcir la réponse", France 24, २५ अक्टोबर २०२०, मूलबाट १० अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०२२ 
  35. "Marine Le Pen voit un mensonge d'Etat sur l'Arabie et le Qatar", Capital.fr, १३ जनवरी २०१५, मूलबाट १० अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०२२ 
  36. "French far-right 'courting UAE funding' for presidential election campaign", The New Arab, ३० अक्टोबर २०१६। 
  37. "France to ditch NATO, embrace Russia if National Front comes to power", RIA Novosti, १३ अप्रिल २०११, मूलबाट १२ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०११ 
  38. ३८.० ३८.१ "L'Ukraine de l'Ouest désormais " ouvertement " vassalisée par Washington", Front National, मूलबाट ६ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ६ जुलाई २०१५ मिति
  39. "Marine Le Pen: Ukraine's association with EU – best option वेब्याक मेसिन अभिलेखिकरण ८ मार्च २०१४ मिति". Ukrinform. 26 June 2013
  40. Bremner, Charles (२५ फेब्रुअरी २०२२), "French election 2022: Presidential hopefuls forced into U-turns on Russia after Ukraine invasion", The Times (अङ्ग्रेजीमा), मूलबाट २६ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०२२ 
  41. "Europe Begins Welcoming Ukrainian Refugees", VOA News, २७ फेब्रुअरी २०२२, मूलबाट २६ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०२२ 
  42. Cohen, Roger (२०२२-०४-१३), "Le Pen Backs NATO-Russia Reconciliation and Reduced French Role in Alliance", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२२-०४-१४