मनामा
मनामा (अरबी: المنامة Al Manāma IPA: [ˈmanaːma]) बहराइनको राजधानी र सबैभन्दा ठूलो शहर हो, जसको जनसङ्ख्या १,५७,००० छ । लामो पर्सियन खाडीको महत्त्वपूर्ण व्यापारिक केन्द्र, मनामा, धेरै विविध जनसङ्ख्याको घर हो । सउदी अरब र ओमानको सत्तारूढ राजवंशलाई पोर्चुगल र पर्सिया नियन्त्रण र आक्रमणको अवधि पछि, बहराइन ले १९ औं शताब्दीको ब्रिटिश आजादी संगसंगै आफुलाई एक स्वतंत्र राष्ट्रको रूपमा स्थापित गर्यो ।
मनामा المنامة |
|
---|---|
![]() |
|
निर्देशाङ्क: २६°१३′०″ उत्तर ५०°३५′०″ पूर्व / २६.२१६६७° उत्तर ५०.५८३३३° पूर्व | |
देश | बहराइन |
प्रशासनिक क्षेत्र | राजधानी |
सरकार | |
- शासक | हिशाम बिन अब्दुलरहमान बिन मोहम्मद अल खलीफा |
क्षेत्रफल | |
- नगर | ३० किमी२ (११.६ वर्ग मी) |
जनसङ्ख्या | |
- अनुमानित (२०१०) | १५७,४७४ |
- शहरी क्षेत्र (२०१५)[१] | ४११,००० |
- क्यापिटल गभर्नर (२०१०) | ३२९,५१० |
समय क्षेत्र | बहराइन (युटिसी+३) |
वेबसाइट | आधिकारिक वेबसाइट |
यद्यपि मनामा र मुहर्राक दुबै जोडी शहरहरू १८०० मा एकैचोटि स्थापना भएको देखिन्छ ।[२] मुहर्राक, यसको रक्षात्मक स्थानको कारणले ठूलो प्रभाव पारेको थियो त्यसैले १९२१ सम्म बहराइनको राजधानी थियो । मनामा व्यापारीक राजधानी र बहराइन द्वीपको (आइल्याण्ड) मुख्य प्रवेश द्वार बन्यो ।[३] २० औं शताब्दीमा, बहराइनका तेलको खपतले छिटो विकास भयो र १९९० को दशकमा एक समृद्ध विविधीकरणले अन्य उद्योगहरूमा विस्तार गर्न थाल्यो र मध्यपूर्वमा मनामालाई महत्त्वपूर्ण वित्तीय केन्द्रमा परिवर्तन गर्न मद्दत गर्यो । मनामालाई अरब संस्कृति द्वारा अरब संस्कृतिको वर्ष २०१२ को सम्मानले सम्मानित गरियो ।[४][५]
नामाकरणसम्पादन
मनामा नाम अरबी शब्द المنامة (अनुवादित:al-manãma) बाट व्युत्पन्न गरिएको हो जसको अर्थ "विश्राम स्थाल" वा "सपनाहरूको स्थान" हुन्छ ।[६]
इतिहाससम्पादन
बहराइनको उत्तरी समुद्री तटमा कास्य युगमा भेटिने मानव बस्तीको प्रमाण छ । दिलमुन सभ्यता ईसा पूर्व ३,००० को समयमा बसे, मेसोपोटामिया, मगन र सिन्धुघाँटीको सभ्यता बीच एक महत्वपूर्ण क्षेत्रीय व्यापारको रूपमा सेवा गर्दै आएको छ ।[७][८]
सरकारसम्पादन
ऐतिहासिक रूपमा, मनामालाई अहिले मनामा सूक र मनामा फोर्ट (अहिले गृहमन्त्रालय) को रूपमा चिनिन्छ, जुन दक्षिणपट्टि मात्र सीमित छ । यद्यपि यो शहर अहिलेको नयाँ उपनगरीय विकासका साथै पुराना छिमेकी गाँउहरूलाई शामिल गरि शहरी विकास भएको छ । आज मनामाका इलाकाहरू यस प्रकार तल समावेश छन्:
मनामा बहराइनको पाँच राज्यपालहरू मध्येको एक, राजधानी राज्यपालको भाग हो । २००२ सम्म यो अल-मनामाको नगरपालिकाको अंश थियो । परिषदहरू राज्यपालहरूमा अवस्थित छन् । २००६ मा आठ निर्वाचन क्षेत्रहरूमा क्यापिटल गवर्नेट भित्र मतदान गरिएको थियो ।[९]
अर्थव्यवस्थासम्पादन
मनामा बहराइन अर्थव्यवस्थाको केन्द्र बिन्दु हो । जबकि हालका वर्षहरूमा पेट्रोलियम कमजोर हुँदै गएको छ र अन्य उद्योगहरूको वृद्धि को कारण, यो अझै पनि अर्थव्यवस्था को मुख्य आधार हो ।[१०]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "विश्वव्यापीकरणको संभावना, संशोधन २०१४]", १९ नोभेम्बर २०१७, अन्तिम पहुँच १९ नोभेम्बर २०१७।
- ↑ Ben Hamouche 2008, p. 185.
- ↑ Ben Hamouche 2008, p. 186.
- ↑ Manama Capital of Arab Culture 2012
- ↑ Ministry of Culture: Manama as the Bahraini Capital of Arab Culture
- ↑ Room 1997, p. 223.
- ↑ Al-Nabi 2012, p. 17.
- ↑ Dumper & Stanley 2007, p. 243.
- ↑ "बहराइन न्यूज एजेन्सी –निर्वाचन, २००६", २८ अगस्ट २००६, अन्तिम पहुँच १९ नोभेम्बर २०१७।
- ↑ CIA World Factbook – Bahrain (retrieved 2 December 2006)