मुख्य सूची खोल्नुहोस्

मंगोल वा मङ्गोल (एकवचन मंगोल: Монгол; Mongol) (बहुवचन मंगोल: Монголчууд; Mongolchuud) मङ्गोलियाका रैथाने पूर्वी एसियाई जाति हो । यस जातिको विश्व प्रसिद्धि मध्य युगका मंगोल शासक चंगेज खाँको विशाल मंगोल साम्राज्यबाट भएको थियो । मंगोल घोडसवार धनुर्धरहरू हिट एण्ड रन नीतिका पारङ्गत थिए जसका कारण विश्वविजयी विशाल मंगोल साम्राज्यले झण्डै सम्पूर्ण एसिया हडपेको थियो ।

मंगोल/मंगोलचुद
Монгол/Монголчууд
ᠮᠣᠩᠭᠣᠯᠴᠤᠳ
जम्मा जनसङ्ख्या
(१ करोड)
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
मङ्गोलिया, चीन, रूस
भाषाहरू
मंगोलिक भाषाहरू
धर्मावलम्बी
तिब्बती बौद्ध, धामीझाँक्री आस्था, बोन, प्रकृति, ईसाई, नास्तिकता, आदि
सम्बन्धित जातीय समूह
खितान जाति

यस जातिको नाममा नश्लीय वर्ग मंगोलोइड राखिएको थियो ।

तेङ्ग्री धर्मसम्पादन

मंगोलहरू तेङ्ग्री धर्मका विश्वासी थिए । उनीहरू थुप्रै आत्मा तथा भगवानहरूमा विश्वास गर्दथे । तेङ्ग्री नामक देवतालाई सर्वश्रेष्ठ देवता मान्दथे ।[१]

मंगोल साम्राज्यसम्पादन

 
१२०६–१२९४ को बीचमा मंगोल साम्राज्यको फैलावट; नेपालको उत्तर तिब्बतसम्म मंगोल शासन कायम थियो ।

वंशजसम्पादन

मंगोलका वंशजहरू जस्तै मध्य एसियाई सुनौलो होर्द, चगताई खानत, इल्खानत, चीनको प्रमुख युआन वंश, मध्य एसियाई तैमूरी वंश, भारतको प्रमुख मुगल वंश, आदि रहेका छन् ।

सन्दर्भ साम्रगीहरूसम्पादन

  1. Koontz, Terri; Mark Sidwell, S.M.Bunker. World Studies for Christian Schools. Greenville, South Carolina 29614: Bob Jones University Press. ISBN 1-59166-431-4.