भृकुटी उच्च माध्यमिक विद्यालय


भृकुटी उच्च माध्यमिक विद्यालय पहिले झापा जिल्लाको घैलाडुब्बा गा.वि.स.मा पर्दथ्यो भने अहिले कनकाई नगरपालिका ७ दुर्गापुरमा पर्दछ । यो सामुदायिक विद्यालय हो । यस विद्यालयको स्थापना २०२४ सालमा भएको देखिन्छ भने यसमा १ देखि १२ सम्मका कक्षाहरू सञ्चालित रहेका पाइन्छन् । [१] नगरपालिका भएपछि यो विद्यालय कनकाई नगरपालिका वडा नं. ७ मा पर्दछ । हालसम्ममा कक्षा पाँच सम्म अंग्रेजी माध्यम बाट पठन पाठन हुदैँ आईरहेको छ । हालसालै आएर कक्षा छ र आठमा अंग्रेजी र नेपाली दुईवटै माध्यम बाट पाठन पाठन गरिन थालिएको छ ।




यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा : जिल्ला शिक्षा कार्यालय ।