भिल्लारियल फुटबल क्लब

(भिलारियल सीएफबाट अनुप्रेषित)

बिलारेआल क्लुब दे फुतबल (स्पेनी: Villarreal Club de Fútbol), एक स्पेनी फुटबल क्लब हो। क्लब स्पेनको सहर बिलारेआलमा आधारित छ। क्लब स्पेनी फुटबलको प्रथम दर्जाक लिग ला लिगामा प्रदर्शन गर्दछ। क्लबलाई मार्च १९२३ मा "क्लुब दिपरोतिभो बिलारेआल" को नामबाट स्थापना गरिएको थियो र १७ जुन १९२३ देखि, यसले स्तादियो दे ला सेरआमिका रङ्गशालामा गृह खेलहरू खेल्दछ वा यसको गृह रङ्गशाला स्तादियो दे ला सेरआमिका हो। यसको दर्शक क्षमता २३,५०० रहेको छ। [३]

बिलारेआल[१]
पुरा नामबिलारेआल क्लुब दे फुतबल
उपनाम(हरू)El Submarino Amarillo[२]
स्थापना10 मार्च 1923; १०० वर्ष पहिले (1923-०३-10) as क्लुब दिपरोतिभो बिलारेआल
25 अगस्ट 1947; ७६ वर्ष पहिले (1947-०८-25) क्लब आत्लेतिकोको रूपमा
मैदानस्तादियो दे लआ सेरआमिका[३]
मैदान क्षमता२४,८९०
मालिकफेर्नान्दो रोइग
प्रमुखफेर्नान्दो रोइग
प्रमुख प्रशिक्षकहाभियर कायिखा[४]
लिगला लिगा
सन् २०१८–१९ला लिगा, १४औँ
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

सन् १९४० देखि, यसले गृह रङ्गशालामा पहेँलो पोशाक लगाउँदछ। टोलीको उपनाम एल सबमारिनो आमारिलो हो।[५] हालसम्म क्लबको लागि प्रमुख उपलब्धि भनेको राष्ट्रिय स्तरको लिग प्रतियोगिता ला लिगाको सन् २००७-०८ संस्करणमा उप विजेता हुनु थियो। सन् २००५-०६ संस्करणको युइएफए च्याम्पियन्स लिगमा पनि यो उप विजेता बनेको थियो जसले गर्दा यसलाई आफूलाई उक्त संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने प्रदापण टोलीको रूपमा उभ्याएको थियो। डिसेम्बर २००४ मा, अन्तर्राष्ट्रिय फुटबलको इतिहास तथा तथ्याङ्क सङ्घले यसलाई उक्त महिनाको सबैभन्दा सफल टोलीको रूपमा घोषण गरेको थियो।[६] क्लबले सन् २००३ र सन् २००४ को इन्तेरतोतो कप जितेको थियो भने क्लब सन् २००२ यो प्रतियोगितामा उप विजेता बनेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Villarrealcf.es: instalaciones Estadio El Madrigal
  2. "El Villarreal CF tiene perfilada salida inmediata millonaria a la MLS" 
  3. ३.० ३.१ "Estadio de la Cerámica (El nuevo Wembley)"। सङ्ग्रह मिति २७ फेब्रुअरी २०१७ 
  4. Marca, Marca। "El Villarreal prescinde de Luis García y recupera a Javi Calleja 50 días después"। सङ्ग्रह मिति १९ डिसेम्बर २००९ 
  5. "¿Por qué al Villarreal se le llama 'submarino amarillo'?"। सङ्ग्रह मिति ३ फेब्रुअरी २०२० 
  6. "El Club del Mes del Mundo"। IFFHS। सङ्ग्रह मिति २१ फेब्रुअरी २००८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्