ब्ल्याकपिङ्क (कोरियाली: 블랙핑크) वाइजी इन्टरटेनमेन्टद्वारा गठित एक दक्षिण कोरियाली युवती साङ्गीतिक समूह हो। यसमा समूह अन्तर्गतका सदस्यहरूमा जिसो, जेनी, रोज र लिसा पर्दछन्। यस समूहले सन् २०१६ को अगस्टमा "स्क्वायर वान" नामक एक साङ्गीतिक सङ्गालोका साथ साङ्गीतिक क्षेत्रमा पर्दापण गरेको थियो भने यस साङ्गीतिक सङ्गालो अन्तर्गत समावेश गीत "विसल" र "बुमबोया"ले दक्षिण कोरियाली गायन डिजिटल साङ्गीतिक तालिका र बिलबोर्ड विश्व डिजिटल गीत बिक्री सङ्गीत तालिकामा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो।

ब्ल्याकपिङ्क
सन् २०२१ को मार्चमा ब्ल्याकपिङ्क पब्जी मोबाइलको प्रचार कार्यक्रममा
सन् २०२१ को मार्चमा ब्ल्याकपिङ्क
बायाँ देखि दायाँ तर्फ: जिसो, जेनी, रोज र लिसा
व्यक्तिगत विवरण
उत्पत्तिसाउल, दक्षिण कोरिया
विधा
  • कोरियाली पप
  • विद्युतीय नृत्य सङ्गीत
  • हिप हप सङ्गीत
सक्रिय वर्ष२०१६ (2016)–हाल
लेबल
  • वाइजी इन्टरटेन्मेन्ट
  • वाइजीइएक्स
  • इन्टरस्कोप रेकर्ड्स
वेबसाइटblackpinkofficial.com
सदस्यहरू

ब्ल्याकपिङ्क बिलबोर्ड हट १०० मा सबैभन्दा धेरै पटक साङ्गीतिक तालिकामा समावेश महिला कोरियाली कलाकार हुन्। यस समूहद्वारा सन् २०२० मा सार्वजनिक गरिएको आइसक्रिम नाम गीत पहिलोपटक बिलबोर्ड हट १०० को शीर्ष १३ मा पर्न सफल भएको थियो भने बिलबोर्ड २०० मा समावेश यस समूहको द एल्बम (सन् १०२०) नामक साङ्गीतिक सङ्गालो तालिकाको दोस्रो स्थानमा पर्न सफल भएको थियो।[१][२][३] ब्ल्याकपिङ्कको द एल्बम नामक साङ्गीतिक सङ्गालो कोरियाली युवती समूहद्वारा एक लाख भन्दा बढी प्रतिलिपि बिक्री गर्ने पहिलो साङ्गीतिक सङ्गालो बन्न सफल भएको थियो। यस समूह बिलबोर्डको उदाउँदो कलाकार तालिकामा प्रवेश गर्दै शीर्ष स्थानमा आउने तथा बिलबोर्ड विश्व डिजिटल गीत बिक्री तालिकामा तीनपटकसम्म शीर्ष स्थानमा पर्ने पहिलो कोरियाली युवती समूह बनेको थियो।[४]ब्ल्याकपिङ्कद्वारा सन् २०१८ मा सार्वजनिक गरिएको एकल गीत "दु दु दु"का साथ यो समूहले अमेरिकी रेकर्डिङ उद्योग सङ्घबाट प्रमाण पत्र प्राप्त गर्ने पहिलो महिला कोरियाली समूह बनेको थियो भने कोरियाली साङ्गीतिक समूहद्वारा सार्वजनिक गरिएका भिडियोमध्ये यस गीतको आधिकारिक साङ्गीतिक भिडियोले सर्वाधिक अवलोकन प्राप्त गरेको छ।[५][६] सन् २०१८ मा यस साङ्गीतिक समूहले बेलायती गायिका डुआ लिपासँग सहकार्य गरी "किस एन्ड मेक अप" नामक गीत सार्वजनिक गरेको थियो जसका कारण यस समूहले बेलायती साङ्गीतिक उद्योगबाट सङ्गीत प्रमाणपत्र प्राप्त गर्ने पहिलो कोरियाली समूहले बनेको थियो भने यस समूहले अस्ट्रेलियाली रेकर्डिङ उद्योग सङ्घबाट प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो।[७]

ब्ल्याकपिङ्कले आफ्नो साङ्गीतिक कार्यकालमा थुप्रै अनलाइन कीर्तिमानहरू तोडेको छ। यस समूहद्वारा सार्वजनिक गरिएको "किल दिस लभ" नामक गीत र सन् २०२० मा सार्वजनिक गरिएको "हाउ यु लाइक दयाट" गीतको आधिकारिक साङ्गीतिक भिडियोले सार्वजनिक भएको पहिलो २४ घण्टा भित्रै सबैभन्दा बढी हेरिएको भिडियो बन्न सफल भएको थियो भने यसका साथ यी भिडियोहरूले गिनिज विश्व कीर्तिमान पनि बनाउन सफल भएको थियो।[८] यस समूहद्वारा सार्वजनिक गरिएको चारवटा साङ्गीतक भिडियोले भिडियो साझेदार मञ्चमा एक अर्ब हेराई प्राप्त गरेको थियो। यस समूहले युट्युबमा बढी सदस्य प्राप्त गर्ने कोरियाली साङ्गीतिक समूह र स्पोटिफाईमा सबैभन्दा बढी पछ्याइएको कोरियाली समूह बनेको थियो।[९][१०][११] सन् २०२१ को मार्चसम्ममा यस समूहले स्पोटिफाईमा २० लाखभन्दा बढी अनुयायीहरू प्राप्त गरेको छ।[१२][१३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Trust, Gary (सेप्टेम्बर ८, २०२०), "Blackpink Hits New Hot 100 High With Debut of Selena Gomez Collab 'Ice Cream'", बिलबोर्ड (अङ्ग्रेजीमा), मूलबाट सेप्टेम्बर १०, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ८, २०२० 
  2. "21 Savage & Metro Boomin's 'Savage Mode II' Debuts at No. 1 on Billboard 200 Chart", Billboard (अङ्ग्रेजीमा), मूलबाट अक्टोबर १७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१०-११ 
  3. "NCT, BLACKPINK, Seventeen achieve 'million seller' status with their new albums", Manila Bulletin (अङ्ग्रेजीमा), २०२०-११-१३, मूलबाट अप्रिल १८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-१६ 
  4. Zellner, Xander (जुन २७, २०१८), "Blackpink Is First All-Female K-Pop Group to Top Emerging Artists Chart", बिलबोर्ड (अङ्ग्रेजीमा), मूलबाट अगस्ट १८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ८, २०२० 
  5. Herman, Tamar (अगस्ट ३, २०१९), "Blackpink Receive First RIAA Certification for 'Ddu-Du Ddu-Du'", बिलबोर्ड (अङ्ग्रेजीमा), मूलबाट नोभेम्बर ४, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ९, २०२० 
  6. Rolli, Bryan (जनवरी २२, २०१९), "BlackPink's 'Ddu-Du Ddu-Du' Is The Most-Watched Music Video by a Korean Group On YouTube", फोर्ब्स (अङ्ग्रेजीमा), मूलबाट नोभेम्बर ७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ९, २०२० 
  7. "Blackpink Raih Platinum di Australia untuk Single Kiss and Make Up", tirto.id (idमा), मूलबाट अप्रिल १८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०२० 
  8. "Blackpink's return sets new YouTube records with How You Like That", Guinness World Records (अङ्ग्रेजीमा), जुन ३०, २०२०, मूलबाट जुलाई १, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ५, २०२० 
  9. Ana Monroy Yglesias (जुलाई २, २०२०), ""How You Like That:" Blackpink Breaks Multiple Records With Latest Music Video", ग्रामी पुरस्कार, मूलबाट नोभेम्बर ९, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ६, २०२० 
  10. "Blackpink are music group with highest number of YouTube subscribers", The Straits Times, सेप्टेम्बर १०, २०१९, मूलबाट अक्टोबर २७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ६, २०२० 
  11. "BLACKPINK becomes first girl group to hit 20 mln followers on Spotify", Yonhap News Agency, मार्च १६, २०२१, मूलबाट मार्च १६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ४, २०२१ 
  12. Seung-il, Oh (अप्रिल २३, २०१९), "포브스코리아 선정 2019 파워 셀러브리티 40", JoongAng Ilbo, मूलबाट मे २, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ६, २०२० 
  13. Oh, Seung-il (अप्रिल २७, २०२१), "ko:[2021 포브스코리아 선정 파워 셀럽 40] BTS·블랙핑크 ‘선두권’ 수성, 임영웅·영탁 ‘트로트 대세’ 등극", JoongAng Ilbo (कोरियालीमा), मूलबाट अप्रिल २८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २७, २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्