ब्रेन्ट फ्रेजर "बिल्ली" बोडेन (जन्म ११ अप्रिल १९६३) न्यूजिल्याण्डका अन्तराष्ट्रिय क्रिकेट अम्पायर हुन । रूमाटोइट आर्थ्राइटीस रोगबाट पिँडित हुनु अघि उनी क्रिकेट खेलाडी थिए र पछि उनले अम्पायरीङ गर्न थाले । उनी आफ्ना नाटकीय अम्पायरिङ सङ्केतका कारण चिनिन्छन् जसमध्ये खेलाडीलाई पभेलियनको बाटो देखाउन चोर औँलालाई कुप्राउनु पनि एक हो ।

बिल्ली बोडेन
व्यक्तिगत जानकारी
जन्म (1963-04-11) ११ अप्रिल १९६३ (उमेर ६१)
हेन्डरसन्, न्यूजिल्याण्ड
उपनामबिल्ली
स्रोत: Cricinfo, १३ फेब्रुएरी २०१४

करियर सम्पादन गर्नुहोस्

मार्च १९९५ मा उनले ह्यामिल्टनमा भएको न्यूजिल्याण्ड र श्रीलङ्काबिचको एकदिवशीय क्रिकेटमा पहिलो पटक अम्पायरिङ गरेका थिए । मार्च २००० मा उनलाई टेष्ट क्रिकेटमा पनि अम्पायरिङ गर्ने अवसर मिल्यो भने २००२ मा उनी अन्तराष्ट्रिय क्रिकेट अम्पायरको इमिरेट्स प्यानलमा समावेश गरिए । एक वर्षपछि दक्षिण अफ्रिकामा भएको विश्वकप क्रिकेटमा उनले पनि अम्पायरिङ गरे ।

सङ्केत सम्पादन गर्नुहोस्

रूमाटोइट आर्थ्राइटीसबाट पिँडित भएका कारण उनलाई अन्य अम्पायरको जस्तो औँलाको साधारण चालढालबाट ब्याट्सम्यानलाई आउट भएको सङ्केत गर्न पिँडा हुन्थ्यो जसकारण उनले औँला बङ्ग्याएर सङ्केत गर्न थाले ।उनको यही शैलीले उनलाई असाधारण बनायो । उनी ब्याट्सम्यानले चौका प्रहार गर्दा हातलाई कुचोले बढारेको शैलीमा सङ्केत गर्छन भने छक्का प्रहार गर्दा दुवै हातका चोर औलालाई कुप्रो पारेर छ कदम हातलाई माथितिर लैजान्छन् । टेष्ट क्रिकेटमा उनका सङ्केत केही छाँयामा पर्छन तर एकदिवशीयमा तिनै सङ्केतले स्टेडीयम टल्कन्छ भने टी-२० मा ती सङ्केत भड्कीलो पारित हुन्छन् । उनका यस्ता व्यवहारले उनले प्रशंसा र आलोचना दुवै पाएका छन् । १०० एकदिवशीयमा अम्पायरिङ गरेर उनले आइसीसी ब्रोन्ज बेल अवार्ड प्राप्त गरेका थिए ।