बाह्लिक वा (बाल्ख/ब्याक्ट्रिया) अथर्ववेद, महाभारत, रामायण, पुराण, वृहत सहिंता, अमरकोश, वर्तिक्का, आदिमा उल्लेखित भारतीय उपमहाद्वीपको उत्तरपश्चिम दिशामा अवस्थित क्षेत्र हो । आजको समयमा अफगानिस्तानको बाल्ख वा ऐतिहासिक ब्याक्ट्रिया क्षेत्रलाई बाह्लिक प्रदेश मानिएको छ ।

संस्कृत ग्रन्थ तथा काव्यहरूमा यस प्रदेशको नाम बाह्ली, बाह्लम/बाह्लिम, बाह्लव, बाह्लयन, बाह्लुव, आदि नाम उल्लेखित छ । यस प्रदेशमा उच्च जातिको घोडा पाइने उल्लेखहरू पनि गरिएको छ । महाभारतको कुरु वंशको सम्बन्ध यस क्षेत्रसँग रहेको पनि मानिन्छ ।

स्रोतहरू सम्पादन गर्नुहोस्