भूमे पूजालाई कसै कसैले (विशेष गरेर नेपाली भाषीहरूले) बलपूजा भनेर पनि भन्ने गर्दछन, तर अधिकांश खाम क्षेत्रमा यसलाई भूमे नै भनेर चिनिन्छ | भूमे भन्ने शब्द भूमी अर्थात् जमीनबाट अपभ्रम्सित भएर आएको हो | खाम क्षेत्रका मगरहरू कुनै देवी देउताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन | भूमी बराहा, सिद्ध बराहा आदिको पूजा गर्नु यसका उदाहरणहरू हुन् | यसै क्रममा हरेक वर्ष वर्षा ऋतु लाग्नु भन्दा पहिले खाम मगरहरूले बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमी माताको असार मसान्तमा पूजा गरी करिब हप्ता दिनसम्म नाँचेर धुमधामसँग मनाउँदछन् र त्यसबेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लाग्दछ त्यसकारण यस भूमे पर्वलाई कसै कसैले भूमे मेला भनेर पनि भन्दछन् |

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्