हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । जब अधिकमास अथवा मलमास आउँछ तब यो संख्या बढेर २६ पुग्दछ । बैशाख कृष्ण पक्षको एकादशीलाई बरुथिनी एकादशी भनिन्छ । यस दिनलाई नेपाल तथा भारतमा लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले पर्वको रूपमा मनाउने गर्दछन् ।

बरुथिनी एकादशी
मितिबैशाख कृष्ण एकादशी

उद्देश्य सम्पादन गर्नुहोस्

पद्म पुराणमा भगवान श्रीकृष्ण युधिष्ठिरलाई भन्नुहुन्छ - बैशाख कृष्ण पक्षको एकादशी बरूथिनी एकादशीका नामले प्रसिद्ध छ । यो यस लोक र परलोकमा पनि सौभाग्य प्रदान गर्दछ । बरूथिनीको व्रतले सदा सौख्यको लाभ तथा पापको हानि हुन्छ । यसले सबैलाई भोग र मोक्ष प्रदान गर्दछ ।[१]

वरूथिनीका व्रतले मनुष्य दस हजार वर्षसम्मको तपस्याको फल प्राप्त गर्दछ । यस व्रतलाई गर्ने वैष्णवहरू दशमीका दिन काँसाको पात्र, मास, मुसुरो, चना, कोदो, शाग, मह, अर्काको अन्न, दुई पटक भोजन तथा रति यि दश कुराहरूलाई त्यागुन् । एकादशीमा जुआ खेल्ने, सुत्ने, पान खाने, दन्त मञ्जन गर्ने, परनिन्दा, चुकली, चोरी, हिंसा, रति, क्रोध तथा असत्य भाषण- यि एघार कुराहरूको परित्याग गरुन् । द्वादशीका दिन काँसाको पात्र, मास, मदिरा, मधु, तेल, दुष्टहरूसँग वार्तालाप, व्यायाम, परदेश-गमन, दुइ पटक भोजन, रति, सवारी र मुसुरोलाई त्यागुन् ।

यस प्रकार संयम पूर्वक बरूथिनी एकादशीको व्रत गरिन्छ । यस एकादशीको रात्रिमा जागरण गरेर भगवान मधुसूदनको पूजन गर्नाले व्यक्ति सबै प्रकारका पापहरूबाट मुक्त भएरर परमगति प्राप्त गर्दछ । मानवले यस पतित पावनी एकादशीको व्रत अवश्य गर्नु पर्छ । यस व्रतको माहात्म्यलाई पढ्नाले अथवा सुन्नाले पनि पुण्य प्राप्त हुन्छ । बरूथिनी एकादशीको अनुष्ठानले मनुष्य सबै पापहरूबाट मुक्ति पाएर वैकुण्ठमा प्रतिष्ठित हुन्छ । जो मानिस एकादशीको व्रत गर्नमा असमर्थ छन्, उनले यस तिथिमा अन्नको सेवन कदापि नगरुन् । बरूथिनी एकादशी महाप्रभु वल्लभाचार्यको जयन्ती-तिथि हो । पुष्टिमार्गीय वैष्णवहरूको लागि यो दिन सर्वाधिक महत्त्वपूर्ण छ । उनी यस तिथिमा श्रीवल्लभाचार्यको जन्मोत्सव मनाउछन् ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ गिताप्रेस गोरखपुर द्वारा प्रकाशित हिन्दी पुस्तक एकादशी महिमा तथा व्रथ कथा


बाह्य कडीहरू सम्पादन गर्नुहोस्