बतासे नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बतासे गाविस जिल्लाको मध्य इलाकामा पर्दछ। जिल्ला सदरमुकाबाट ३ कोष दुरी टाढा पर्ने यस गाविसके कुल क्षेत्रफल २१.८६ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा फुल्पिङकोट गाविस, जलबिरे गाविस, पश्चिममा स्याउले गाविस, पिँपलडाँडा गाविस, उत्तरमा सेलाङ गाविस र दक्षिणमा कुबिन्डे गाविस पर्दछ। फुल्पिङकोट थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। क्षेत्री तथा तामाङ जातिहरूको बाक्लो बस्ती भएको यस गाविसका मानिसहरू कृषिका साथ साथै अन्य पेशमा पनि संलग्न छन्। यस गाविसको प्रमुख कृषिबालीमा धान, मकै र कोदो पर्दछ। निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०६३ सालमा साक्षरता दर ४५ थियो। वि.सं. २०५८ सालको जनगणना अनुसार यस गाविसमा कुल ११३२ घर परिवार मध्ये कुल जनसङ्ख्या ५२९२ थियो। [१]

बतासे
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "बतासे", मेरोसिन्धु डट कम, २०११-०८-०२, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्