प्रियङ्का गान्धी

भारतीय राजनीतिज्ञ
(प्रियंका गाँधीबाट अनुप्रेषित)

प्रियंका गान्धी (जन्म १२ जनवरी १९७२), विवाह पछि प्रियंका गान्धी वाड्रा, भारतीय राजनीतिज्ञ हुन् । उनले राजिव गान्धी फाउन्डेसनको संरक्षक भएर काम गरिन् । उनी राजीव गान्धी सोनिया गान्धीको छोरी ,राहुल गान्धीको बहिनी र ईन्दिरा गान्धीको नातिनी हुन् । राजनीतिबाट पर रहँदै आएकी प्रियंका गान्धी २०१९ जनवरी २३ (माघ ९, २०७५) मा पार्टीको एउटा चुनावी किल्ला सम्हाल्न औपचारिक रूपमा नियुक्त भएकी थिइन् । पार्टी अध्यक्ष रहेका दाइ राहुल गान्धीले बुधबार उनलाई उत्तर प्रदेशका लागि भारतीय राष्ट्रिय कंग्रेसको महासचिव जिम्मेवारी दिए । [१]

प्रियंका गान्धी
राष्ट्रिय महासचिव, भारतीय राष्ट्रिय कंग्रेस
पद बहाली
फरवरी २०१९ (First Week)
व्यक्तिगत विवरण
जन्म (1972-01-12) जनवरी १२, १९७२ (उमेर ५२)
दिल्ली, भारत
राजनीतिक दलभारतीय राष्ट्रीय कांग्रेस
जीवन साथीरॉबर्ट वाड्रा
नातानेहरू–गान्धी परिवार
सन्तान(हरू)रेहान वाड्रा
मिराया वाड्रा
अभिभावक(हरू)राजीव गान्धी
सोनिया गान्धी
आफन्तहरूराहुल गान्धी (दाइ)
निवासदिल्ली
मातृ शिक्षाप्रतिष्ठानदिल्ली विश्वविद्यालय
हस्ताक्षर
(बाँया देखि) राहुल गांधी, प्रियंका गांधी र रबर्ट वाड्रा


प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

प्रियंका गान्धी ले मोडर्न स्कूल र कोन्भेन्ट अफ जीसस एन्ड म्यारीबाट आफ्नो शिक्षा हासिल गरीन् । उनले मनोविज्ञानमा जीसस एन्ड म्यारी कलेज(दिल्ली विश्वविद्यालय)बाट स्नातक गरे ।[२]


सन्दर्भ सम्पादन गर्नुहोस्

  1. प्रियंका राजनीतिमा प्रियंकालाई महासचिवको जिम्मेवारीले जनाधार गुमाउँदै गएको उत्तरप्रदेशमा कंग्रेसलाई पुनर्जीवन दिन सक्ने आकलन
  2. "Facts about Gandhi", Zee Media (Zee News), Zee Media Corporation Company, १२ जनवरी २०१६, अन्तिम पहुँच २०१९-०२-०२