मष्टा देवता बिच भिन्न भिन्न विचार रहेको पाइन्छ ।

परम्परावादी धारणा: भारत खण्डको सम्पूर्ण क्षेत्रमा पौराणिक कालमा देव र दानव रुपमा संघर्ष चलिरहेको कुरा धार्मिक शास्त्रमा उल्लेखित छ । त्यसै अवसरमा महिसासुर दानवले तपस्या गरी व्रह्माजीलाई रिझाई “पुरुषको हातबाट नमरु, स्त्रीको मलाई डर छैन” भन्ने वरदान मागी सो कार्य पुरा गर्न देवताहरुलाई पराजित गरी रहेको अवस्थामा इन्द्रपुत्र जयन्तलाई पनि पराजित गर्न पिछा गर्दा इन्द्रदेव जयन्तका इन्द्रासैन खल्बलिँदा भारतको सकद्वार छोडी हिमखण्डमा आई मष्टा देवको उत्पत्ति भएको भन्ने भनाई सोही बमोजिम बझाङ्गमा मष्टादेवता प्रकट भएको भन्ने जनमानसको विश्वास छ ।

अर्को तर्फ भारतकै मेवाड भन्ने ठाँउमा राजा जयदेव रानाले मष्टादेवतालाई सर्वाेपरि मानी पूजाआजा गर्दथे । त्यसै समयमा हिन्दु र मुस्लिमको लडार्इँ हँुदा मष्टादेवता पुजीरहेको स्थानमा गौमासको बध गरी गाईको रगत मन्दिरमा छर्दा मष्टादेवताको आकासवाणी भई “हे राजन, तिमी मेरो नाती हौ । यो ठाँउमा हाम्रो बसाइ हँुदैन ।

म पहाडी भेग हिमालयमा खण्डको लेक, बेसी तथा पत्थरमा प्रवेश गर्नेछु, तिमी पनि सोही ठाँउमा आउनु भनी आकाशवाणी भयो र सोही बमोजिम खोजी गर्दै जाँदा पहाडी भेगको बझाङ्ग जिल्लाको देउबाज भन्ने ठाँउमा बान्नी मष्टा प्रवेश गरेको भन्ने बझाङ्ग पाटागाँउ निवासी स्थानिय रजवार स्व. लाल ब. सिंहको भनाई रहेको छ ।

सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा भिन्न भिन्न ठाँउमा भिन्न भिन्न किसिमले मष्टाको उत्पत्ति सम्बन्धि धारणा पनि रहेको पाइन्छ ।

डा. सुरेन्द्र के.सि. का अनुसार:

मष्टा भनेको भूमीको आमा, सम्पूर्ण सृष्टिको सृजनकर्ता, खस जातिको मूख्य कुलदेवता, पथ प्रदर्शक, पालनकर्ता, संभारकर्ता भन्ने बुझिन्छ । मष्टा देवता सम्पूर्ण हिन्दुजातिको नभई खस जातिको इष्टकुल देवता हो ।

युफ्रेटसबाट (आजभोली इराक) मानवजाति, मोसोपोटामियाबाट युराल पर्वत आइपुग्दछ र अफगानिस्तानबाट खैवर भञ्ज्याङ (हाल पाकिस्तान र अफगानिस्तानको बीचमा छ) एउटा शाखा गंगाको मैदानमा ओर्लिन्छ । त्यहाँबाट एउटा शाखा बिलम मा ओर्लिन्छ । अर्काे शाखा कास्मिरमा जान्छ । त्यस ठाँउमा खस्किल भन्ने पर्वत छ । प्रकारान्तले खस्किल भन्ने पर्वतमा बस्ने मान्छे नै खस जाति हो भन्ने भनाई छ । त्यसपछि कुमाँउ गडवाल आँउछ । छैटौँ सताब्दीमा खस जातिको अस्तित्व कर्णालीमा देखिन्छ ।

त्यसको ४०० बर्ष अघि कुमाँउ गडवालमा खस जातिले राज्य गरेको देखिन्छ । त्यसैले त्यस ठाँउमा पनि मष्टा देवता पुज्ने गरिन्छ । महाभारतमा खस जाति युधिष्ठिरको पक्षमा लडेको भनिन्छ । खस जातिलाई लडाका जाति पनि भनिन्छ । जुम्लाबाटै सुदुरपश्चिम भरी खस जाति सँगै मष्टा देवताको पूजा गर्ने चलन चलेको हो । त्यसपछि खस जातिको बसाई पूर्वतिर सर्ने क्रममा त्यही जातिका मान्छेले मष्टादेवता पुजि आएको देखिन्छ ।

उनका अनुसार मानव जातिलाई काल्पनिक रुपमा ईश्वरीय वरदानको रुपमा र मष्टालाई पनि त्यही रुपमा व्यख्या गरिन्छ । मष्टालाई खसजातिलाई जंग ब. राणको पालामा हिन्दुकरण गरेको भनाई पनि छ ।

खस जातिको राज्य कुमाँउ गडवाल देखि गोरखा सम्म रहेको भनाई पनि रहेको छ । पहिले बाइसे चौबिसे राज्य भएर पृथ्वि नारायण शाहले नेपाल राज्यको एकिकरण गरेका हुन् । देवालि गरेर धामीझाँक्रिको माध्यमबाट मष्टादेवको पूजाआजा गर्ने गरिन्छ ।

मष्टादेवता ः विकिपिडिया अनुसार: कुलपूजालाई देवालि पूजा पनि भन्दछन् । मष्टो दुई प्रकारका हुन्छ । दुधे मष्टोलाई बलि हुदैन । मष्टाका १२ भाई धामीहरु हातमा चौरी गाईको पुच्छर (चमर), घण्टा, ध्वजा समाती भाई मष्टाको नाम उच्चारण गर्दै बाजाको तालमा आँगनमा खेल लगाउँदै नाच्ने गर्दछन् । यही क्रममा बली दिइएका बोकाहरुको रगत पिउँदा सेतो वस्त्र रगतले भिजेर रातो हुन्छ । धामीको टाउको बली गरेको बोकाको रगत छर्कदा धामी खुसि हुने र बोका काट्नेलाई धामीले धाप दिने चलन छ । यस पूजामा बैनी र १२ भाई मष्टा र १८ डाइनी भूत पिशाचको पूजा हुन्छ ।

तेडि मष्टो विकिपिडियाका अनुसार:

डोटी रैका राजा र जुम्म्लाका मल्ल राजाका कुल देवता तेडी हुन् । तेडी मष्टो थिए । डोटी रैका राजाका मष्टो कुल देवता मध्य र पूर्वी नेपालमा कुल देवतालाई वारह मष्टो भन्ने चलन छ । बाह्रभाई मष्टो भन्दाभन्दै वराह मष्टो भनेको बुझिन्छ भनेर डा. सूर्यमणीको भनाई रहेको छ ।

प्रा. डा. जगमान गुरुङका अनुसार:

सुदुरपश्चिम कै लोकप्रिय देवता मष्टो हो । यसलाई मष्टि पनि भनेको पाइन्छ । भेरी, सेति, कर्णाली र महाकाली अञ्चलको जिवनमा मष्टाको मान्यता सर्वाेपरि रहेको पाइन्छ । जहाँ क्षेत्रीय छाइलो, त्यहाँ मेरो पाइलो भन्ने कथन अनुसार पश्चिमबाट मध्यमाञ्चल र पूर्वतिरका क्षेत्रीबाहुनहरुले कुल देताको रुपमा मष्टोको पूजाआजा गर्दछन् । यसले खस संस्कृतिलाई प्रभाव पारेको छ ।

मष्टाको उत्पत्ति केलाउने हो भने “बान्निमष्टा फुटे, ढणार लुटे” भन्ने जनकथन पाइन्छ । यी दुवै ठाँउ बझाङ्ग जिल्लामा पर्ने भएकाले मष्टा देवताको थलोको रुपमा देखिन्छ । मष्टा देवताको हाँगाबिँगा छरिदै गएपछि १२ वटा शाखामा विभाजित भएको पाइन्छ । जसलाई बझाङ्ग छविसमा बाह्र अङ्गालेको मष्टो अथवा पश्चिम नेपालको लोक भाषामा बाह्र भाई मष्टा नामावली ठाँउ अनुसार फरक फरक छ । जुम्ला, पाण्डुसेरामाअपि मष्टो, खापर मष्टो, वाविरो मष्टो, काला मष्टो, ढँडार मष्टो, कावा मष्टो, मण्डली मष्टो, दाडे मष्टो, दाह्रे मष्टो नामले चिनिन्छ ।

ढँडार मष्टोलाई जेठो मष्टो मानिन्छ । बझाङ्गमा बान्नी मष्टो पहिला त्यसपछि ढँडार मष्टोको पनि उत्पत्ति भयो भन्ने पनि भनाई छ । तर ढँडार र बान्नी मष्टो एउटै हो भन्ने पनि भनाई छ । गुरो मष्टो र विजय मष्टोलाई भाई राजा मानिन्छ । गुरो मष्टोको मूल थलो हुम्ला जिल्लाको सोरुदरा गाँउमा छ । मष्टालाई देविको सेनानी र आफ्नो मष्टक थापेर राक्षससित लडेकोले मष्टो नाम रहेको पनि भनिन्छ ।

जुम्लाको कालिकोट वरामा मष्टालाई पाण्डवको अवतार पनि मानिन्छ । खापर मष्टोलाई इन्द्रको छोरा पनि भनिन्छ । मष्टा देवता चढेको देवताको धामीको बोली÷वाणी दैवतुल्य मानिने हँुदा उक्त वाणीलाई जनभाषामा बुझाउन र जनभाषाका सोधेका कुराहरु मष्टा देवताकहाँ पु¥याउन दोभाषेको आवश्यकता पर्दछ ।

मष्टोले पश्चिम नेपालको खस संस्कृतिमा गहिरो प्रभाव पारेता पनि पूर्व र मध्य कालका कुनै पनि अभिलेख स्पष्टसँग उल्लेख छैन । पृथ्वी मल्लको १३५६ को कथनमा गोसाई शब्दलाई मष्टोसँग सम्बन्धित गराउन सकिन्छ । बझाङ्गको चैतली मेलामा “कसु कसु देवले उपायो चैतल मष्टा गोसाई, देवले इन्द्र चैतल पाई” भन्ने फाग गाएको पाइन्छ । सुर्ति साईको संवत् १५४७ (ई १६२४) को एउटा कागजमा मष्टो शब्दको उल्लेख छ । यसैलाई विद्वानले मष्टोको सबैभन्दा पुरानो उल्लेख मानेका छन् ।

खस जातिको कुल देवता मष्टो देवता: प्रा. ईश्वरी स्वार:

मष्टाको उद्गम स्थल खस प्रदेश मानिन्छ । महाकाली नदीदेखी त्रिशुली नदीसम्म, नेपाली पर्वतीय खण्ड सिंजा साम्राज्य अन्तरगत चीनको तिब्बतमा पर्ने खारी प्रान्त र भारतको पहाडी भू–भाग कास्मिर देखी कुँमाउ सम्मको क्षेत्रलाई खस प्रदेश र त्यहाँ बस्ने जातिलाई खस जाति भनिन्छ । यिनै खस जातिले पुज्ने कुलदेवताका रुपमा मष्टो रहेको छ ।

डा. प्रयागराज शर्माका अनुसार मष्टोलाई कर्णाली प्रदेशको अत्याधिक लोकप्रिय ग्राम देवता मानिन्छ । नेपालबाहेक भारतको पञ्जाब, असाम, त्रिपुरा, मणिपुर राज्यमा बसोबास गर्ने नेपाली मूलका व्राह्मण, क्षेत्री, ठकुरी, बम तथा अन्य जातिले पनि मष्टोलाई कुल देवताको रुपमा पूजाआजा गर्दछन् । आर्य संस्कृतिमा ऋषिको मूलथलो कैलाश मानसरोवर क्षेत्रलाई लिइन्छ र मष्टोको उत्पत्ति त्यहीँ भएको जनविश्वास छ । मष्टोको पुजन सम्पूर्ण पश्चिम नेपालमा भएपनि सु.प.को पहाडी क्षेत्र बझाङ्ग, बाजुरा, बैतडी, डोटी, अछाम जिल्लामा विशेष मेला र धुमधामका साथ पुजिन्छ । बझाङ्गको चैतली मेला (चाड), खप्तडको गंगा दशहरा र जुम्म्लाको मष्टो पूजा विशेष छ ।

धेरैजसो स्थानमा तोरण, आलम, घण्टि, दियो, त्रिशुल आदीलाई नै मष्टो देवताको स्वरुप मानेर पुजिन्छ । मष्टोलाई इन्द्रको छोरा जयन्तको रुप पनि मान्दछन् तर कतिले यिनलाई पाण्डवको सन्तान पनि मान्दछन् । इन्द्रकी पत्नि सचिलाई मण्डलिनी भन्दछन् । यिनै मण्डलिनीलाई सम्झेर मष्टो मण्डली र अछाममा मष्टो बण्डलिनी पनि भनिन्छ ।

मष्टा देवता शान्त, दयालु, क्षमाशिल तथा चाँडै खुसी हुने शिव अंश मानिने मूलत सात्विक देवता हुन् तापनि रक्तबलि मागे दिने र दुर्गा भवानीका सानिध्यमा रहने हुनाले यिनलाई रक्तबलि भोगी पनि बनाएको बुझिन्छ । फलस्वरुप भगवान शंकरका गण मानिने रक्तबलि भोगी अर्काे गरी कालान्तरमा यिनको पूजा बिधिमा दुई भेद प्रचलित देखिन्छ । सात्विक पूजामा यिनलाई अक्षता, फूलपाती, दुध, दशी, घिउ र बाबर चढाइन्छ साथै शुद्ध घिउद्वारा हवन पनि गरिन्छ । जनभाषामा दुध चढ्ने मष्टालाई दुधे मष्टा र बलि ग्रहण गर्नेलाई दाडे मष्टा भनिन्छ । ३८ हजार बर्षभन्दा बढी पुरानो इतिहास रहेको पाइन्छ ।

साथै पृथ्वीलाई मानव जातिले आमाको रुपमा हेर्दछ भने पृथ्वीको रक्षा गर्ने शिवको अंशको रुपमा मष्टा देवतालाई पृथ्वीको आमाको रुपमा मान्दछन् । यसै मान्यताले जमिनको भोग गर्ने मानव जातिले मष्टा देवतालाई मान्दै आएका छन् । मष्टा देवतालाई कुनै ठाँउमा शिवको रुपमा पुजिन्छ भने कतै इन्द्रको जायो अर्थात छोरा÷नातीको रुपमा पनि पुजिन्छ भन्ने भनाई छ । कुनै ठाँउमा प्रकृति पुजनको रुपमा पनि पुजिन्छ ।

मष्टा देबताका १६ बहिनीहरु निम्नानुआर छन्:

१)दुर्गा २)सुर्मा ३)जालपा ४)लखपा ५)भैरव ६) कालिका ७)मालिका ८)लक्ष्मी ९)गंगा १०)सरस्वती ११)नमर्दा १२)कावेरी १३)मण्डली १४)शैलेश्वरी १५)निङ्लासैनी आदी ।

मष्टो पूजा गर्ने जातिहरु : ठकुरी, बाहुन, क्षेत्रि, सन्यासी, कामी, दमाई, सार्की, गन्धर्व, वादी, राउटे, र शिव पूजन गर्नेहरु आदी । मष्टो मूख्य २ प्रकारका छन्:

१) दुधे मष्टा २) दाडे मष्टा

मष्टाका प्रकारःमष्टा देवताका १२ वटा अवतारहरु छन् । वराह मष्टो अर्थात यसलाई १२ अंगालको मष्टा पनि भनिन्छ। बान्नी मष्टो, ढँडार मष्टो, खापर मष्टो, तेडी मष्टो, कालासिला मष्टो, कवा मष्टो, रुमाल मष्टो, बडु मष्टो, थार्प मष्टो, गुरो मष्टो, बाबिर मष्टो, धमपाल मष्टो, धुनरीपाल मष्टो, राडे मष्टो, हमपाल मष्टो, इन्द्रपाल मष्टो, जयन्तक मष्टो, आदी विभिन्न नामले चिनिन्छ । मष्टो देवताको पूजाआजा ८० भन्दा बढी मठ–मन्दिरमा गरिन्छ । यसको यकिन तथ्याङ्क छैन । भारत, नेपाल, चीन आदी ठाँउ हेर्ने हो भने कति ठाँउमा मष्टा देवताको पूजाआजा गरिन्छ, अनि मात्र भत्र सकिन्छ ।

बझाङ्गमा बझाङ्गी राजाको बान्नि, ढँडार र काला ढुङ्गा मष्टो कुल देवता रहेको र साथै थलारी राजाको खापर मष्टो कुल देवताको रुपमा रहेको पाइन्छ । बझाङ्ग बान्निमा मष्टोको भव्य मन्दिर (धाम) रहेको छ । यहाँ मष्टा मण्डली लाटासित मष्टो, धौलपुरो, सोभारानी (मष्टोको ल्याइतेरानी), भूमिका देवी (अन्न चढाउने देवी), लाकुडो, धौल्देउ देव (मष्टाका भानिज), लाङ्गा, बाँठपाला, सिल्को र गौरेनी देवि–देवता रहेका छन् ।








प्रयोगकर्ता:Kathayatgopi शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यस प्रयोगकर्ता:Kathayatgopi पृष्ठलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा ट्याग राखिएको छ । किनकि यो शीघ्र मेट्नुपर्ने मापदण्डको सा११, अन्तर्गत प्रचार गर्नका निमित्त निर्माण गरिएको वा पुनर्लेखन गरी सपार्न नसकिने पृष्ठको रूपमा रहेको छ ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छPitambar Bhattarai (कुरा गर्ने) १८:५१, २ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्