तन्त्र चर्चा परिवार   सम्पादन गर्नुहोस्

तन्त्र चर्चा परिवार अविच्छिन्न रुपमा २०७७ भाद्र महिनादेखि सामाजिक सञ्जालमा सक्रिय रहेको नेपाली समाजमा प्रचलित तन्त्रहरुको सैद्धान्तिक चर्चा परिचर्चा हुने साझा मञ्च हो । तन्त्र चर्चा परिवारले हरेक हप्ताको मंगलबार साप्ताहिक रुपमा भर्चुअल माध्यमबाट नेपाली माटामा अभ्यास हुने तन्त्रका विभिन्न आयामहरुमा तत्तत् विषयसम्बद्ध विज्ञहरु र सो विषयसँग अत्यन्त निकट रहेका अभ्यासकर्ताहरु एकीकृत गरेर चर्चा परिचर्चा एवम् अन्तक्र्रिया गर्दछ । यसरी अन्तक्र्रिया गर्दा कुनै पनि विषयमा इच्छुक रहेका व्यक्तिहरु यसमा भाग लिन सक्दछन् , स्वस्थ अन्तक्र्रिया गर्न सक्दछन्, वैचारिक विमर्श गर्न सक्दछन्, जिज्ञासुहरु आफ्नो ज्ञानराशिलाई विस्तृत बनाउन सक्दछन् । हालसम्म तन्त्र चर्चा परिवारले १२० वटा भन्दा बढी श्रृंखलाहरु आयोजना गरिसकेको छ । यस चर्चाहरुमा नेपालको शाक्त तन्त्र, शैव तन्त्र, बज्रयान तन्त्र, वैष्णव तन्त्र, हिमाली बौद्ध तन्त्र, भोट संस्कृति, किँराती तन्त्र, बोन परम्परा, धामीझाँक्री परम्परा, मष्टो परम्परा, महायान तन्त्र, मैथिली परम्परा, नेवारी संस्कृति आदि विशिष्ट महत्व बोकेका तन्त्र संस्कृति र अभ्यासहरुको बारेमा प्रवचन हुने गर्दछ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्तर हिमालदेखि दक्षिण तराईसम्मका अधिकांश तन्त्र परम्पराहरुको चर्चामा समेटिइ सकेको अवस्था छ । स्थानविशेष, परम्परा विशेष, जाति विशेष, वस्तु विशेष आदिका तन्त्र संस्कार एवम् प्रकाशनीय पद्धतिहरुको पनि यसमा चर्चा हुने गरेको छ । यसले ओझेलमा रहेका स्थान, परम्परा र जातिगत संस्कृतिमा पनि किञ्चित मात्र भएपनि प्रकाश पुर्याएको निक्र्यौल गर्न सकिन्छ ।

मारण, मोहन, वशीकरण, उच्चाटन, विद्वेषण, स्तम्भन, टुनामुना, बोक्सी, इन्द्रजाल, झारफुक, लागुभागु, ग्रहआखेट आदि जस्ता अभिचार कर्म मात्र भनेको तन्त्र हो भनी  जसरी समाजमा दुष्प्रचार गरिएको छ । तन्त्र साधक भन्न बित्तिकै आम मान्छेको मनमा डर सिर्जना हुन्छ ।  अनायास उसप्रतिको दृष्टिकोण नकारात्मक बन्दछ । आममान्छेको अबोध मस्तिष्क भुटिएको छ । ऊ बुझ्दैन, बुझ्ने चेष्टा गर्दैन । केवल अफवाह, केवल भ्रमले जकडिएको छ मस्तिष्क ।

सनातन धर्मको आधार स्तम्भ हो आगम शास्त्र । तन्त्र भनेको त्यो खालका तुच्छ क्रियाकलाय हुँदै होइन, तन्त्र भनेको त जीवन र जगत्लाई सुखमय बनाउने माध्यम हो । जीवनलाई दृष्टि दिने दर्शनशास्त्र हो । मानवलाई सभ्यता सिकाउने सृष्टिकै पहिलो शिक्षा हो । अहिले आएर तन्त्रको नाममा अर्थोपार्जन र अन्य विविध मनसाय राख्नेहरुले अरुलाई डर देखाएर तन्त्रलाई ठगी खाने माध्यम बनाएका मात्र हुन् । अरु केही पनि होइन । तन्त्र बिना वैदिक संस्कारको आधारभूत कर्म मानिएको गायत्री उपासना पनि असम्भव छ ।  तन्त्रसाधनाले कहिल्यै पनि यस्ता अभिचार कर्मलाई प्रश्रय दिएको छदैँ छैन तन्त्र साधनाले त मोक्ष चाहनेहरुलाई मोक्ष, परमात्माको सानिध्य चाहनेहरुलाई सानिध्य, परम दिव्यतामा उकालिदिन्छ । यं यं चिन्तयेत कामम्, तं तं प्राप्नोति निश्चितम् ।   झिनामसिना कुराहरुमा अल्झिन दिँदैन । यही कुरालाई नै तन्त्र चर्चाले सैद्धान्तिक माध्यमबाट मर्मबोध गराउने अभिप्राय राखेको छ । 

तन्त्र चर्चा परिवारका संयोजक सन्दीप सापकोटा हुनुहुन्छ भने यसका प्राविधिकमा डा. लर्डश्री गुरुङ हुनुहुन्छ ।