थारु खाना(परिकार)  :- पुर्बी तराई देखि पश्चिम् तराई सम्मका थारु समुदायले खाने परिकारहरु ठाउँ अनुसार फरक फरक भएतापनी थारु समुदायले दैनिक जसो खाने मुख्य परिकारहरु घोङ्गी , प्वाका(चिचर) , ढिक्री , तिल क लड्डु(तिलको लड्डु) , हँस क मासु(हाँसको मासु) , निचा माछरी(झिङा माछा) आदि हुन । विशेषगरी यी परिकारहरुको महत्त्व थारु समुदायको महान चाड माघे संक्रान्ति(खिचरा) मा हुने गर्दछ ।