केहि साहित्यिक लेखहरु: म आफ्नो लेखलाई हास्यात्मक (गजल)रचनाबाट सुरुवात गर्दैछु। गजलको शीर्षक अनिवार्य नभएता पनि मैले मेरो गजलको शीर्षक"बाचा"राखेको छु। (१)टोलटोलमा एयरपोर्ट बनाउछु, धर्तीमा नभई आकाशको बादलमा खेती गराउछु। (२)सबैका लागि आवश्यक परिराख्ने पैसा, या पधेरो चढ्नेका लागि टुडिखेलमा तेलको कुवा खन्याउछु। (३)हरेक घरका छत अब हेलिप्याड हुदा, अशिक्षितका हातहातमा सर्टिपिकेट घरमै दिल्याउछु। (४रिमोटलाई घरमै बसि थिच्दा, पर्त्येकको सपनाको महल यु के पुर्याउछु। (चित्र"गफ्फाडि बढ्ढा")

२. १)जान कतै छैन होला एकै छिनलाई बसौ भन्छौ आखाँ छलि सबैबाट सुन्दर साझ रचौ भन्छौ। २)मधहोश बनि हतारमा यत्रतत्र डुल्नेहरु चोर डकैत साथमा बलात्कारका शिकार बन्छौ। ३)वेलासी र आवेगमा आफैलाई पागल पार्दा मौका पारि एकान्तमा द्वारहरु बन्द गर्छौ। ४)भरे भोली बसौला नि आजलाई यति भन्दै मोतिसरी टपटप अमुल्य ति अश्रु झार्छौ।


विवेचना: 'जसरी म र मजस्ता कयौ युवाहरु आज अनेक समस्यामा अल्झिएका छन। मनमा आफ्नो देशप्रति राष्ट्रभाव र आफुसगँ रहेको ज्ञान, सीप, क्षमता र जोश हुदाहुदै पनि विविध आश्वासन र बेरोजगारका शिकार भएका छन। जस्तै यताकदा पैसा, लोभ,

रोजगार र अनेक नाममा झुटा बाचा दिने र ति बाचाहरु व्यवहारिक रपमा

पुरा नभएको अवस्था रहेको छ।


आज हाम्रा कयौँ घरहरु समस्या र बाध्यतामा जीवनयापन गर्दछन। यहाँ मेरा मतमा यस्तै एक विसङ्गतिपूर्ण रचना रहेको छ। जुन एक १)सामाजिक समस्याका रुपमा रहेको छ: जाडँ रक्सी खायौ कि त रोगव्याधी निम्त्याउछ जूवा तास खेल्यौ कि त खेतबारी बेचाउछ। २)कैल्ये चोकमा कैल्ये गल्ली उधमबिना समय फाल्दा, जीवनबाट हार खाए पशुतुल्य बनाउछ। ३)स्वास्नी छोराछोरीहरु खान नपाई भोकै बस्दा, मधिरामै सधै लठ्ठ वेहोशीमा होश गुम्यो घरबारी सब बेच्याउछ।

केहि रमाइला भनाईहरु:

       "ऐ गोली सिस्साको, चुरोट मिठ्ठो गाजाँ मिसाको। "

"मेरो रगत तिम्रा लागि टोम्याटोको झोल भ एछ, लव लेटर लेखेको थ्ये चटपटेको खोल भ एछ। " केहि गाउखाने कथाहरु:(यि तल उल्लेखित सबैका उत्तर पत्ता लगाउनुहोस ल। ) (१)नखाएसम्म आँ गर्ने खाएपछि जा भन्ने क्या हो? (२)सानी नानी म्वाई खादा चिच्याउने बानी क्या हो? (३)त भन्दा बाहिर म भन्दा भित्र क्या हो? (४)भित्र चादि बाहिर सुन क्या हो? (५)नौ तल्ले दरवारको न झ्याल न ढोका क्या हो? (६)पख पख् बुढि म अघि जान्छु क्या हो? (७)हात्ती छिर्यो पूच्छर अड्क्यो क्या हो? (८)सेती गाई पानी खान गै पानी खाएर आउदा रात्तै भ एर आई क्या हो? (९)वरीपरि जङ्गल जङगल फोडि बिचमा पानी क्या हो? (१०) एकपटको कुरा हो हाम्रा आत्मिय मित्र शेर बहादुर बिरामी भ एछन। र उनी त्यहि विषयवस्तुलाई आफ्ना ठट्यौली भावमा यस्ता शब्दका माध्यम बनाई शिक्षकलाई 'लिभ अप्लिकेशन'लेख्न पुगे। जुन यस्तो रहेको छ; हल्लो सर,

पानी पर्यो झमझम

Leg मेरो चिप्लियो, l लडिङ ठामको ठाम झर्योMy Bag, Bookभिज्यो कसम , त्यसैलेyour फाल्तु विद्यार्थी शेरे डट कम। (चित्र"गफ्फाडि बढ्ढा")


मद्वारा रचित कविताका चार हरफहरु: अस्ताएका बस्ती हसाउ तिमि, सुस्ताएका नगरी मुस्काउ तिमि। हरक्षणका मस्ति भुलाउ तिमि, शान्तिमय ससार सजाउ तिमि। (चित्र गफ्फाडि बढ्ढा)