प्रभु साह

नेपालका राजनीतिज्ञ

प्रभु साह एक नेपाली राजनीतिज्ञ हुन्। प्रभु साहको जन्म बिसं २०२८ साल असौज १३ रौतहट मौलापुरमा भएको थियो। उनले माओवादीबाट राजनीति सुरु गर्दै नेपाल कम्युनिष्ट पार्टी खारेज भए पछि नेकपा एमाले ओली पक्ष तिर लागेका थिए। उनले रौतहट क्षेत्र नं. ३ बाट २०६४ र २०७० सालको संबिधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए। उनी ओली मन्त्रीपरिषदमा नेपाल सरकारको शहरी विकास मन्त्री थिए । [१] संविधानसभा निर्वाचन, २०६४ संविधानसभाको चुनावमा उनी उनी ११,६२५ मत ल्याएर गृह जिल्ला रौतहट -३ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भए। संविधानसभा निर्वाचन २०७० चुनावमा उनी १३, ००९ मत ल्याएर रौतहट -३ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भए। प्रतिनिधिसभा निर्वाचन, २०७४ मा उनी आफ्नै गाउँबाट प्रतिनिधि सभाको सदस्यको रूपमा निर्वाचित भए। साह २०६८ मा झलनाथ खनाल क्याबिनेट अन्तर्गत कानून र संवैधानिक मामिला मन्त्री पनि थिए, २०७४ मा शेर बहादुर देउवा मन्त्रिपरिषद् अन्तर्गत शहरी विकास मन्त्री [२]भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्री पनि थिए

साहित्य सम्पादन गर्नुहोस्

उनले आफ्नो जीवनबाट प्रेरित धेरै पुस्तकहरू लेखे। ती मध्ये केही मधेशी मुक्तिका आधारहरू, मेरा यातनाका २७० दिनहरू, जनयुद्ध र मधेसी मुक्तिको कार्यदिशा, इत्यादि हुन्। [३]

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल स्वतन्त्रका[४] उम्मेदवार प्रभु साहरौतहट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट ३२,४३७[५]मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अ‍ोमप्रकाश -ले २५,२००मत प्राप्त गरेका थिए।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्