माडीको रेवा नदीको किनारमा रहेको पाण्डवनगरमा पाइने मूर्ति, पुरानो इनार तथा भग्नावशेषहरूले महाभारतकालको झझल्को दिन्छन । त्यहाँ एउटा सानो मन्दिरभित्र द्रौपदी सहित पाँच पाण्डवका मूर्तिहरू राखिएका छन् । युधिष्ठिर, भीमसेन, अर्जुन, नहकुल, सहदेव र रानी द्रौपदीका खस्रा र केही टुक्रिएका प्रशस्त मूर्तिहरू राखिएका छन् । यस मन्दिरका पुजारी गुरौ छन् । यो मन्दिरको पश्चिमतर्फ एउटा ३७ फिट गहिरो ढुङ्गाले बनाइएको इनार छ । यस स्थलमा महाभारतकालमा १ वर्षसम्म गुप्तबास बसेको र त्यहाँबाट विराटनगरतर्फ लागेको भन्ने स्थानीय जनताको भनाइ छ ।