पाटन बजार
पाटन बजार बैतडी जिल्ला मा पर्ने बैतडी जिल्लाको दोस्रो ठूलो बजार हो । पाटन एउटा उपत्यका जस्तै छ । पाटनको वरिपरि पुरै पहाडै पहाड छ । पाटन गाउँ विकास समिति तथा पाटन बजार दशरथचन्द राजमार्गसँग जोडिएको छ । पाटन बजार देखि उत्तर -पुर्वबाट सुर्नया गाड बगेको छ भने त्यही खोलाबाट सुर्नयागागाड लघु जलविद्युत पनि निकालिएको छ ।पाटन बजार एक ब्यस्त बजार मानिन्छ ।पाटन लाई पाटन उपत्यकाको नामले पनि चिनिन्छ ।पाटन बजार यस क्षेत्र का जनता हरूको महत्त्वपूर्ण ब्यापारीक थलो हो।
पाटन बजारबाट छुट्टिएका ग्रामीण सडक तथ राजमार्गसम्पादन
- पाटन - पन्चेस्वर रजमार्ग यो सडक खण्ड निर्माणाधिन रहेको छ !यो राजमार्ग बैतडी को तल्लो सोराडक्षेत्रलाई लक्षित गरिएको छ। हाल यो सडक को लगभग २० किलोमिटर निर्माणकार्य भैसकेको छ। सलेना सम्म गाडी पनि चल्ने गरेका छन् ।
- पाटन - कैलपाल ग्रामीण सडक यो ग्रामीण सडक पाटन ,बजार देखि सकार र कैलपाल जोड्ने लक्ष रहेको छ। हाल यो ग्रामीण सडक निर्माणाधीन रहेको छ ।
- पाटन - सुकेली ग्रामीण सडक खण्ड यो सडक खण्ड पाटन बजार देखि पश्चिम पाटन सेरा हुँदै सुकेली सम्म निर्माण हुने जनाएको छ
पाटन बजार मा रहेका कलेज तथा स्कुलसम्पादन
पाटन मा शिक्षा को हिसाब ले पनि केही अगाडि नै रहेको छ। पटन बजारमा रहेका कलेज तथा स्कुलमा अध्यायन गर्नको लागि यस क्षेत्र तथा टाढा टढाबाट विद्यार्थीहरू आएर कोठा लिइ बस्ने गरेका छन्। पाटनमा निम्न स्कुल तथा कलेज रहेका छन् ।
- श्री पाटन बहुमुखी क्याम्पस पाटन बैतडी
- श्री कृष्ण उच्च माद्यामिक विद्यालय पाटन बैतडी
आदि । पाटन बहुखी क्याम्पस त्रिभुवन विश्वविद्यालय बट सम्बन्धन प्राप्त गरिसकको छ।
पाटन एयरपोर्टसम्पादन
पाटन बजार को पुर्व - दक्षिण पट्टि एयरपोर्ट पनि रहेको छ ।हाल यो एयरपोर्ट बन्द अवस्था मा रहेको छ ।नेपालमा आन्तरिक द्वन्द सुरु भएदेखी बन्द अवस्थामा रहेको पाटन एयरपोर्ट हालसम्म पनि संचालनमा आउन सकेको छैन। पाटन एयरपोर्ट हाल गाई भैंसी चर्ने गौचरनमा परिणत भएपछि यस ठाउँ का जनता हरूले एयरपोर्ट संचालनकोलागी पटक पटक माग राख्दा पनि हाल सम्म सञ्चालन मा आउन सकेको छैन ।