पहाडी भाषाहरू

उत्तरी इन्डो-आर्य भाषा समुह

पहाडी भाषाहरू वा उत्तरी आर्यन भाषाहरू इन्डो-आर्यन भाषा परिवारको उत्तर क्षेत्रिय विभाजन हो। पहाडी भाषाहरू भारत र नेपालको पहाडी क्षेत्रमा बोलिने भाषाहरूको समुह हो। इथ्नोलगका अनुसार यस पहाडी भाषाहरूलाई उत्तरी इन्डो-आर्यन क्षेत्रमा विभाजन गरिएको छ।

पहाडी
उत्तरी इन्डो-आर्यन
भौगोलिक
वितरण
भारत (उत्तराखण्ड, हिमाचल प्रदेश, जम्मू काश्मीर) र नेपाल (पहाडी क्षेत्र); पाकिस्तानको आजाद काश्मीर
भाषिक वर्गीकरणIndo-European
  • इन्डो-ईरानीयन
    • इन्डो-आर्यन
      • पहाडी
उपखण्डहरूविभाजनहरू यसप्रकार छन:

केन्द्रिय पहाडी

पश्चिमी पहाडी

पूर्वी पहाडी

ग्लोटोलगindo1310[१]
Major Indo-Aryan languages.png
  पहाडी भाषाहरू (उत्तरी क्षेत्र)

भाषाहरूसम्पादन

पहाडी भाषाहरू मुख्यतय ३ क्षेत्रमा विभाजन भएका छन्ः

पूर्वी पहाडीसम्पादन

पूर्वी पहाडी भाषाहरूमा नेपाली भाषा, जुम्ली बोली र पाल्पाली बोलीलाई इथ्नोलगले समावेश गरेको छ। यस क्षेत्रमा अन्य बोलीहरू जस्तै; डोटेली, बैतडेली, अछामी, डडेल्धुरी, बाजुरेली आदि पर्दछन्।

केन्द्रिय पहाडीसम्पादन

केन्द्रिय पहाडी भाषाहरूमा दुई ठूला भाषा कुमाउँनी भाषागढवाली भाषा हुन्। उत्तराखण्डका अरू क्षेत्रिय बोलीहरू पनि केन्द्रिय पहाडी भाषा भित्र पर्दछ।

पश्चिमी पहाडीसम्पादन

पश्चिमी पहाडी भाषाहरूमा दुई ठूला भाषा डोग्री र काङ्ग्री हुन्। विशेषतः यी भाषाहरूलाई हिन्दी भाषाको क्षेत्रिय बोली मानिन्छ। अन्य थुप्रै बोलीहरू यस वर्गीकरण भित्र पर्दछ। पश्चिमी पहाडी भाषाहरू भारतको हिमाचल प्रदेश, पञ्जाब, जम्मू काश्मीर र पाकिस्तानको आजाद काश्मीरसम्म बोलिन्छ।

स्रोतहरूसम्पादन

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "पहाडी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।