पनेरु
पनेरू थरको शाब्दिक अर्थ पानीसँग जोडिएको छ । बद्रिदत्त पाण्डेको "कुमाउं का इतिहास" नामक पुस्तकमा यसको बारेमा थोरै भएपनि उल्लेख गरिएको पाइन्छ ।[१] कुमाउंका राजा सोम चन्दका साथमा कुमाउं आएका ब्राह्मण भनेर गणेश पनेरूको नाम उल्लेख गरिएको छ । सोही पुस्तकमा नन्दा देवीको चर्चा गरिएको छ र पनेरूहरूले पिउने पानी दिने गरेको भनेर उल्लेख गरिएको छ । विभिन्न पेशाहरूको वर्णन गर्ने क्रममा मनतातो पानीले राजाको पाखुरा धुने कँडियाल पदको बारेमा चर्चा गरीएको छ । कँडिलो भन्नाले पहाडी बोली अनुसार मनतातो पानी हुन आउँछ । यिनै कँडियाललाई पनेरू भनेर पनि भनिन्थ्यो भन्ने कुरा त्यहाँ उल्लेख गरिएको छ ।
पनेरू थर सुदूरपश्चिममा बढि चलनचल्तीमा छ । विशेष गरी डडेल्धुरामा उनीहरूको पुर्ख्यौली बसोबास रहेको पाइन्छ ।[२] हाल आएर भने कैलाली र कञ्चनपुरमा बढि बसोबास रहेको पाइन्छ । पनेरूहरू कौडिन्य गोत्री र भारद्वज गोत्री गरेर दुई किसिमका पाइन्छन् । पनेरू थर उति प्रचलित नभएपनि नुवाकोट र झापातिर समेत पनेरूहरूको बसाइ रहेको पाइएको छ ।
पनेरूहरू पृथ्वीनारायण शाहले नेपाल एकिकरण पूर्वको बाइसी राज्य अन्तर्गत पर्ने डोटी राज्यका राजाका राजगुरू थिए । कत्युर वंशको वंशावलीमा पनि पनेरूहरूका बारेमा चर्चा छ । विशेष गरेर ज्योतिष गणपतिका बारेमा त्यसमा उल्लेख गरिएको छ । डोटी राज्यको पतनसँगै पनेरूहरू पनि यत्रतत्र छरिन सुरूभएको मान्न सकिन्छ । डोटी राजासँगै भारतको सिंहाइ बसाइ सरेका पनेरूहरू र नेपालमै बसोबास गर्दै आएका पनेरूहरूको पुर्खा एकै हो ।
ख्यातीप्राप्त पनेरूहरूसम्पादन
पनेरू थर उति प्रचलित नभएकाले खासै त्यति चिनिने नामहरूको सूचि तयार पार्न कठीन छ । तरपनि ऐतिहासिक हिसाबले केही पनेरूको नाम कमसे कम पनेरू हरू भित्रभने महत्त्वपूर्ण रहेको छ ।
- ज्योतिष गणपति पनेरू
- जयदास पनेरू
- पुर्ब सिडिओ रामचन्द्र जोशी(पनेरु)
- तेकन्दॊ गुरु केन्द्रिय खेलकुद समितिका टेकराज जोशी (पनेरु)
- पनेरु कुलका पनेरुबाट जोशी थर बनेका नेपाली सेनाका उप रथी हिरालाल जोशी (पनेरु)
- गुठि सस्थांन हाकिम हरिप्रसाद जोशी (पनेरु)
- ब्याडमिन्टन खेलाडी पशुपति पनेरू
- समाजसेवी सत्यराज पनेरू
- गणेश पनेरू[३]
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Pande, Badri Datta; History of Kumaun, https://www.amazon.com/History-Kumaun-English-version-itihas/dp/8185865019
- ↑ Khas People, http://www.karma99.com/2015/04/khas-poeple.html#more
- ↑ Caste System in Nepal, http://self.gutenberg.org/article/WHEBN0005007690/Caste%20system%20in%20Nepal