नेपालको एकीकरण

(नेपालको एकीकरणकाल बाट पठाईएको)

नेपालको एकीकरण प्राचीन हिमालय क्षेत्रको चौबिसी गोरखा राज्यले गरेको सैनिक अभियान थियो । राजा पृथ्वीनारायण शाह तथा उनका वंशज एवं विभिन्न गोरखाली भारदारहरूले पश्चिममा वर्तमान हिमाञ्चल प्रदेशof सतलज river देखि सिक्किमसम्म भूभागहरू विजय गरेका थिए । वि.सं. १८०१ मा भएको नुवाकोटको युद्ध देखि वि.सं. १८६१ मा भएको काँगडाको युद्ध सम्म नेपाल एकीकरणकाल रह्यो । केही विचारधाराका अनुसार गोरखालीले नेपालको एकीकरण नगरी गोरखा राज्यको विस्तार मात्र गरेको हुन् । तर इतिहासकार बाबुराम आचार्यका अनुसार उक्त सैनिक अभियान गोरखाली राज्यको विस्तार मात्रै नभै नेपालकै एकीकरण भएको हो ।

गोरखाली भारदार युद्धको तयारीमा

नेपाल एकिकरणसम्पादन

नेपाल राज्य त पहिलेदेखि नै थियो, तर त्यो अहिलेको आकारमा थिएन । नेपालको अस्तित्व पाकिस्तान तथा बंगलादेशको भन्दा पहिलेदेखिको हो । यसको अस्तित्व सम्भवतः भारतभन्दा अघिको हो । करिब अहिलेको काठमाडौँ उपत्यकालाई किरातकाल अर्थात करिब ईपू १० औँ/११ औँ शताब्दीदेखि नै नेपाल नामले चिनिन्थ्यो । १८ औँ शताब्दीको उत्तरार्धसम्म अहिलेको नेपालको आकारभित्र स्वतन्त्र अस्तित्वमा रहेका अनगिन्ती ससाना राज्य अस्तित्वमा थिए ।

सन् १७६८ देखि पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार शुरु गरी ससाना राज्यलाई अधीनमा लिएपछि गोर्खा साम्राज्यलाई सन् १८१२ सम्ममा पूर्व टिस्टादेखि पश्चिमको काँगडासम्म सीमा विस्तार गरिएको इतिहासमा प्रस्टै छ । र, अंग्रेज अर्थात ईष्ट इण्डिया कम्पनीसँग सन् १८१४ देखि १८१६ सम्म लड्नु परेको अनि सन् १८१६ को सुगौलीको सन्धिबाट युद्ध अन्त्य भएको र अहिलेको सीमाभित्र नेपाल खुम्चिनु परेको इतिहास पनि छँदैछ । सन् १८१३ सम्म त नेपालका तत्कालीन शाह शासक र अंग्रेजबीच सुमधुर सम्बन्ध नै थियो, यो कुरा तत्कालीन नेपालका शासक र अंग्रेजबीच भएको लिखतपत्र आदानप्रदान भएका दस्ताबेजबाट स्पष्टै देखिएको छ ।

पृथ्वी नारायण शाह समयको विस्तारसम्पादन

पश्चिममा गोराखा चेपे , पूर्वमा टिस्टा नदि

राजेन्द्र लक्ष्मीसम्पादन

तनहुँ राज्य, लमजुङ राज्य, कास्की राज्य

बहादुर शाहसम्पादन

चौबिसे राज्य; बाइसे राज्य

महाकाली पश्चिमको अभियानसम्पादन

गोर्खा राज्य विस्तारमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू ।सम्पादन

स्रोतसम्पादन

यो पनि हेर्नुहोलासम्पादन