हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिनमा नेपालभारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर पर्वको रूपमा मनाउने गर्दछन् । यस व्रतमा पानी समेत पिउँनु वर्जित छ यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।[१]

निर्जला एकादशी
मितिज्येष्ठ शुक्ल एकादशी

कथा सम्पादन गर्नुहोस्

जब सर्वज्ञ वेदव्यासले पाण्डवहरूलाई चारै पुरुषार्थ- धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराए तब महाबली भीमले निवेदन गरे- हे पितामह! तपाईँले त प्रति पक्ष एक दिनको उपवासको कुरा भन्नुभयो । म त एक दिन त के एक समय पनि भोजन विना रहन सक्दैन- मेरो पेटमा 'वृक' नामको जो अग्नि छ, त्यसलाई शान्त राख्नको लागि मलाई कैयों मान्छेको बराबर अथवा कैयों पटक भोजन गर्नु पर्दछ । के म आफ्नो यस भोकका कारण म एकादशी जस्तो पुण्यव्रतबाट बाँच्न सकुँला ?

पितामहले भीमको समस्याको समाधान गर्दै उनको मनोबल बढाउँदै भने- नाही कुन्तीनंदन, धर्मको यही त विशेषता छ कि यो सबैलाई धारण नै गर्दैन, सबैलाई योग्य साधन व्रत-नियमहरूको निकै सहज र लचिलो व्यवस्था पनि उपलब्ध गराउँछ । अतः तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एक मात्र एकादशीको व्रत गर र तिमीलाई वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।

यती आश्वासनमा त वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्नलाई सहमत भए । यसैले वर्ष भरका एकादशिहरूको पुण्य लाभ दिने यस श्रेष्ठ निर्जला एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । यस दिन जो स्वयं निर्जल रहेर ब्राह्मण या जरूरतमंद व्यक्तिलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछ त्यसले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग्दछ ।

अर्को कथा सम्पादन गर्नुहोस्

एक पटक महर्षि व्यास पाण्डवहरूको यहाँ आए । भीमले महर्षि व्यासलाई भने, भगवान! युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, माता कुन्तीद्रौपदी सबै एकादशीको व्रत गर्दछन् र मलाई पनि व्रत राख्न भन्दछन् परन्तु म खाए बिना रहन सक्दैन यसैले चौबीस एकादशीहरूमा निरहार रहने कष्ट साधनाबाट बचाएर मलाई कुनै यस्तो व्रत बताउनुस् जसलाई गर्नमा मलाई विशेष असुविधा न होस् र सबैका फल पनि मलाई मिलुन् । महर्षि व्यास जान्दथे कि भीमको पेटमा बृक नामक अग्नि छ यसैले अधिक मात्रामा भोजन गर्दा पनि उनको भोक शान्त हुँदैन । महर्षिले भीमलाई भने तिमी ज्येष्ठ शुक्ल एकादशीको व्रत राख्ने गर । यस व्रतमा स्नान आचमनमा पानी पिउँनुमा दोष हुँदैन, यस व्रतबाट अन्य त्याइस एकादशीहरूको पुण्यको लाभ पनि मिल्नेछ, तिमी जीवन पर्यन्त यस व्रतको पालन गर । भीमले ठुलो साहसका साथ निर्जला एकादशी व्रत गरे, जसको परिणाम स्वरूप प्रातः हुँदै उनी सज्ञाहीन भए तब पाण्डवहरूले गङ्गाजल, तुलसी, चरणामृत प्रसाद, दिएर उनको मुर्छा दुर गरे । यसैले यसलाई भीमसेन एकादशी पनि भनिन्छ ।

विधान सम्पादन गर्नुहोस्

यो व्रतलाई नर नारीहरू दुबैले गर्नुपर्छ जलपानको निषेध भए पनि फलहारको साथमा दूध लिन सकिन्छ यस दिन निर्जल व्रत गर्दै शेषशायी रूपमा भगवान विष्णुको अराधनाको विशेष महत्त्व छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नुपर्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. निर्जला एकादशी वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-११ मिति। दिनमान.कॉम

बाह्य कडीहरू सम्पादन गर्नुहोस्