नवौं राष्ट्रिय खेलकुद २०७९

नवौँ राष्ट्रिय खेलकुद २०७९ नेपाल राष्ट्रिय खेलकुदको नवौँ संस्करण हो । यस बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७९ जेठ २२ देखि २८ गतेसम्म आयोजना हुनेछ[२]

नवौँ राष्ट्रिय खेलकुद २०७९
9th National Game Nepal 2079.webp
नवौँ राष्ट्रिय खेलकुद २०७९ को आधिकारिक लोगो
आयोजक सहरपोखरा, कास्की जिल्ला[१]
राष्ट्र नेपाल
सहभागी खेलाडी संख्या११ टिम
प्रतियोगिताहरू३६ खेल
उद्घाटन समारोह२०७९ जेठ २२
समापन समारोह२०७९ जेठ २८
मुख्य आयोजना स्थलपोखरा रङ्गशाला
२०७५-७६ २०८१  >

यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जम्मा ३६ खेलहरूको सहभागी गराइएका छन् । यस्तै, नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता भने भदौ २३ गतेदेखि काठमाडौंको टियु क्रिकेट मैदानमा सुरुवात भएको थियो[३]नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो ।

उद्घाटन समारोहसम्पादन

आयोजक सहरसम्पादन

 
यस प्रतियोगिता आयोजना हुने पोखरा सहरको एक झलक

पूर्वाधार र सुविधा पर्याप्त नभएका कारण गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका प्रायः सबै स्पर्धाहरु कास्की जिल्लामै केन्द्रित हुने छ[४]

खेल स्थानसम्पादन

नेपालको नक्शामा नवौँ राष्ट्रिय खेलकुद २०७९को उद्घाटन भएको पोखराको पोखरा रंगशाला

नेपाल
पोखरा रङ्गशाला
पोखरा
दर्शक क्षमता: १६,५००

सहभागी टोलीहरूसम्पादन

प्रदेशहरू

विभागिय टोलीहटोलीहरु

खेलाडी छनोटसम्पादन

सहभागी खेलहरूसम्पादन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल सहभागी गराइएका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलहरू

  • एथलेटिक्स
  • ब्याडमिन्टन
  • टेबल–टेनिस
  • क्रिकेट
  • फुटबल
  • टेनिस
  • हक्की
  • बक्सिङ
  • भलिवल

  • कबड्डी
  • भारत्तोलन
  • सुटिङ
  • जिम्नास्टीक
  • पौडी
  • ह्याण्डबल
  • जुडो
  • कुस्ती
  • सफ्ट टेनिस

  • स्क्वास
  • तेक्वान्दो
  • उसु
  • बास्केटबल
  • शाररक सुगठन
  • बुद्धिचाल
  • खो–खो
  • कराँते
  • फुल कन्ट्याक्ट कराँते

  • आईटिएफ टेक्वान्दो
  • सेपाक्टाक्रो
  • गल्फ
  • आचरी
  • साईक्लिङ
  • फेन्सीङ
  • ट्राईथेलेन
  • प्याराग्लाईपिडङ
  • रग्बी ७ ए साईट

क्रिकेटसम्पादन

पुलिसले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो । पुलिसले राष्ट्रिय खेलकुदमा क्रिकेटतर्फ पहिलो स्वर्ण जितेको थियो । जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो[५][६]

सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा कास्य पदक जितेको थियो । कास्य पदकका लागि सुदूरपश्चिम र एनरआएनए स्पोर्ट्स एकेडेमबीच खेल हुनुपर्ने थियो । पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध सुदूरले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर टस लगत्तै वर्षा भएको थियो । खेल हुन नसकेपछि कास्य पदकको लागि भएको टसमा सुदूरपश्चिमले जित्दै पदक पक्का गरेको थियो[७]

खेल तालिकासम्पादन

अन्तिम पदक तालिकासम्पादन

नवौं राष्ट्रिय खेलकुद २०७९ को अन्तिम पदक तालिका
स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाल पुलिस क्लब
१. नेपाल आर्मी क्लब
३. सुदुरपश्चिम प्रदेश
जम्मा

लोगो तथा मस्कटसम्पादन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्बजनिक २०७९ बैशाख २४ शनिबार, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौंसार्बजनिक गरेका थिए ।

 
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट

यस मस्कट गण्डकी प्रदेशमा पनि पाइने लोपन्मुख तथा संरक्षित प्राणि कस्तुरी, मृगको बनाइएको छ । त्यस्तै, लोगो गण्डकी प्रदेशको राजधानी पोखरा र देशकै शोभा माछापुछ्रेलाई देखाइएको छ । त्यसको तल आकाशे निलो रेखाले परोक्ष रुपबाट शान्तिको प्रतिक परेवालाई प्रतिबिम्बित गर्छ भने रातो रंगको चार धर्साले परेवाको पखेटा दर्शाई परेवाको आकृतिलाई पूर्णता प्रदान गरेको छ ।साथै लोगोमा रहेको चन्द्र सुर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्बित गर्नुका साथै सहभागी हुने सबै टिमको प्रतिनिधित्व गरेको छ ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामाग्रीहरूसम्पादन

  1. नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने पक्का (khelpati.com)
  2. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने (nepalkhabar.com)
  3. "वर्षा बन्यो युवा खेलाडीलाई ज्ञानेन्द्रसँग सिक्ने अवसर बिहीबार, भदौ २३, २०७९", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ २३, २०७९ 
  4. "नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप सुझाव संकलन गण्डकी प्रदेशको राजधानी पोखरामा करिव ३९ वर्ष पछि हुने राष्ट्रिय खेलकुद हुने", Pokhara Hotline (नेपालीमा), अन्तिम पहुँच २०७९ बैशाख ४ गते आईतवार १२:५४ 
  5. "दीपेन्द्रको पहिलो कप्तानीमै पुलिसलाई स्वर्ण २०७९", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९ 
  6. "एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिबिहीबार, भदौ ३०, २०७९ 
  7. "टस जितेरै सुदूरले नवौंको कास्य जित्यो २०७९", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिबिहीबार, भदौ ३१, २०७९ 

बाह्य सुत्रहरूसम्पादन