नरसिङ्दी (बङ्गाली: নরসিংদী জেলা) बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजधानी ढाकाबाट ५० किलोमिटर उत्तर-पूर्वमा अवस्थित छ। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्छ। यो जिल्ला बुनेका कपडा तथा सामग्रीहरूको लागि प्रख्यात छ।[२]

नरसिङ्दी
নরসিংদী
बङ्गलादेशको नक्शामा नरसिङ्दी जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा नरसिङ्दी जिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°५५′N ९०°४४′E / २३.९२°N ९०.७३°E / 23.92; 90.73निर्देशाङ्कहरू: २३°५५′N ९०°४४′E / २३.९२°N ९०.७३°E / 23.92; 90.73
देश बङ्गलादेश
विभागढाका विभाग
क्षेत्रफल
 • जम्मा१,१४०.७६ किमी (४४०.४५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा२,२२४,९४४
 • घनत्व२०००/किमी (५१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
१६००
वेबसाइटসরকারী ওয়েবসাইট

भूगोल सम्पादन गर्नुहोस्

किशोरगञ्ज जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २३°४६' देखि २४°१५' उत्तर अक्षांश र ९०°३४' देखि ९१°५९' पूर्वी देशान्तरणमा अवस्थित छ। किशोरगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ११४०.७६ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई किशोरगञ्ज जिल्लाले उत्तर, नारायणगञ्जब्रहम्मनबाडिया जिल्लाले दक्षिण, ब्रहम्मणबाडियाकिशोरगञ्ज जिल्लाले पूर्व र गाजिपुर जिल्लाले पश्चिमबाट घेरेको छ। अडियल खान, मेघना, ब्रहम्मपुत्र यस जिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास सम्पादन गर्नुहोस्

बङ्गलदेशी मुक्ति अभियानको सुरुवात चरणमा पाकिस्तानी सेनाले ४ अप्रिल १९७१ का दिन नरसिङ्दी सहरमा तोप पड्काएका थिए जसका कारण ३ जनाको मृत्यु र सयौँ घरहरू जलेर नष्ट भएका थिए। २९ अप्रिलका दिन शिवपुर उपजिल्ला अन्तर्गत एक गाउँको मानिसको हत्या गरेका थिए। १४ जुलाईका दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच बिलबो सदरमा युद्ध भएको थियो जहाँ ५ जना बङ्गाली लडाकुको मृत्यु भएको थियो।[३] अक्टोबर महिनाको समाप्ति हुनु भन्दा केही दिन अगाडि शिवपुर उपजिल्लाको चलन्दिया भन्ने ठाउँमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकुको प्रत्यक्ष गोलि हानाहानमा दुई लडाकुहरू मारिएका थिए। पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच पुठिया भन्ने ठाउँमा युद्ध भएको थियो जहाँ पाकिस्तानी सेनाका एक प्रमुख अधिकारी र २ जना बङ्गाली लडाकुको मृत्यु भएको थियो। नोभेम्बर महिनाको समाप्ति भन्दा अगाडि सोही उपजिल्लामा दुई लडाकुलाई पाकिस्तानी सेनाले मारिदिएका थिए। दुई स्वतन्त्राका लागि लडिरहेका लडाकुहरूले पाकिस्तानी सैनिक किल्लामा अचानक आक्रमण गरेका थिए जहाँ ५ सेनाको मृत्यु भएको थियो। अगष्ट महिनाको मध्य तिर पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको युद्धमा ४ सेनाले ज्यान गुमाएका थिए।[३]

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १८९५९८४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९७४०२६ छ भने महिलाको जनसङ्ख्या ९२१९५८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७८१८१७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ११२९०० छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १४९, इसाई धर्मको ८२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १०३६ रहेको छ। यस जिल्लामा ३९८० मस्जिद, ५३० मन्दिर र ७ गृजाघरहरू रहेका छन्। यस जिल्लामा गरो, होडी, बङ्शी, होदी आदि जनजातिहरू बसोबास गर्छन्।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४२.७३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.०१% मजदुरी, व्यापार र उद्योगमा ७.२६%, वाणिज्यमा १७.८४%, सञ्चार र यातायातमा ३.९१%, रेमिटेन्समा २.९८%, निर्माण क्षेत्रमा १.५५%, अन्य क्षेत्रमा १०.५५%, धार्मिक सेवा ०.२८% र अन्य ९.८९% रहेका छन्।

प्रशासन सम्पादन गर्नुहोस्

प्रशासकीय नरसिङ्दी जिल्ला पहिला ढाका उप विभागको एक भूभाग थियो भने पछि ढाका जिल्ला सन् १९८४ मा जिल्लामा परिणत भएपछि नरसिङ्दी जिल्ला स्वतन्त्र भएको थियो।[४] यस जिल्लामा हाल ६ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला रायपुरा (३१२.७७ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला पलाश (९४.४३ वर्ग किलोमिटर) हो।[५]

शिक्षा सम्पादन गर्नुहोस्

यस जिल्लाको कुल साक्षरता दर २९.५७% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३५.०३% छ भने महिलाको साक्षरता दर २३.६६% रहेको छ। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; नरसिङ्दी विश्वविद्यालय कलेज (सन् १९४९), नरसिङ्दी मोहिला कलेज (सन् १९५५), सहिल असाद सरकारी कलेज, सतिर कालिकुमारी उच्च विद्यालय (सन् १९०१), बालापुर उच्च विद्यालय (सन् १९०५), आदियाबाद इस्लाम उच्च विद्यालय (सन् १९१२), खदिरपुर उच्च विद्यालय (सन् १९१२), शिवपुर उच्च विद्यालय (सन् १९१८), सर केजी गुप्ता उच्च विद्यालय (सन् १९१९), चरिसिदुर उच्च विद्यालय (सन् १९१९), ब्राह्मण्डी सरकार उच्च विद्यालय (सन् १९३०), पोरोदया इस्लाम उच्च विद्यालय (सन् १९३०), परुलिया उच्च विद्यालय (सन् १९३३), चलकचार उच्च विद्यालय (सन् १९३३), नरसिङ्दी सरकारी कन्या उच्च विद्यालय (सन् १९३४), हतिरिदिया उच्च विद्यालय आदि।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২০ জুন ২০১৪), .gov.bd/node/97975 "এক নজরে নরসিংদী", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-२० मिति
  2. মোঃ মোশারফ হোসেন সরকার (सन् २०१२), "নরসিংদী জেলা", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. ३.० ३.१ "সংরক্ষণাগারভুক্ত অনুলিপি", ৬ জুলাই ২০১৭। 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 
  5. "সংরক্ষণাগারভুক্ত অনুলিপি", কবিরহাট, ৬ জুলাই ২০১৭। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्