नेपालको मध्यामञ्चल विकास क्षेत्र अर्थात नारायणीको दक्षिणपूर्वी भू–भाग तथा नेपालकै मध्यतराई क्षेत्रमा रहेको रौतहट जिल्ला अन्तरगत चन्द्रपुर नगरपालिका १४ स्थित पुर्व–पश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको तथा बागमति नदीले सदासर्वदा सिंचित गर्दैरहेको समथर भू–भाग 'नजरपुर"मा करिव १३ कट्ठा क्षेत्रफलमा अत्यन्तै कलात्मक श्री कृष्ण प्रणामी मन्दिरको निर्माण भएको छ । वि.सं.२०२२ सालदेखि निरामिषभोजन प्रयोग गर्ने शुद्धशाकाहारी श्री कृष्णप्रणामी भक्तजनहरूको बसोबास रहेको यस क्षेत्र धार्मिक पर्यटकिय एवं सामाजिक सेवाको प्रेरक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य अनुरुप श्री कृष्ण प्रणामी मन्दिर, वृद्धाश्रम, श्रीप्राणनाथ अतिथि आवास, योगध्यान केन्द्र, पाकशाला एवं भोजन गृह,पुष्पवाटिका, श्री कृष्ण प्रणामी सामुदायिक विद्यालय तथा प्रवचनकक्षको निर्माण सम्पन्न भएको छ । [१]

श्री कृष्ण प्रणामी मन्दिर निजानन्द धाम
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
राज्यरौतहट जिल्ला
देशनेपाल
वेबसाइटsundardham.org.np
स्थापित मिति1965

अवस्थित सम्पादन गर्नुहोस्

यो स्थान चन्द्रनिगाहपुरको ७ किलोमिटर दक्षिणमा छ।

 
 
नजरपुर
नजरपुर (नेपाल)
 
पुराना मन्दिर अगाडिको दृश्य

बनोट सम्पादन गर्नुहोस्

 
मुख्य मन्दिरको पछाडिको दृश्य

मन्दिरको संरचना प्रणामी धर्मको पवित्र पुस्तक "श्री तारतम सागर" मा वर्णन गरिएको परमधामको पुखराज पर्वतसंग मेल खाने छ । पण्डित श्री हेम प्रसाद दाहाल - द्वारा यो आकृति सुझाईएको थियो ।

 
मन्दिरसंगैको भवन
 
मन्दिरसंगैको भवन

श्री कृष्ण प्रणामी धर्म महोत्सव सम्पादन गर्नुहोस्

नवनिर्मित श्री कृष्ण प्रणामी मन्दिरको समुद्घाटन श्रीकृष्ण प्रणामी धर्मका आद्यपीठाधिश्वर जगदगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराजको पावन सान्निध्यमा देश बिदेशका सन्त, महन्त,नेपालसरकारका मन्त्रिगण सभासद,राजनीतिकदलका प्रमूखहरू,प्रशासनिक तथा सुरक्षानिकायका प्रमूखहरू एवं लाखौं श्रद्धालु भक्तजनहरूको सहभागितामा यहि २०७१ फाल्गुण १४ गते देखि २० गतेसम्म आयोजित स्वर्णमहोत्सव कार्यक्रममा श्रीमद्तारतमससागरको १०८ साप्ताहिक परायण एवं श्रीमद्भागवत ज्ञानयज्ञ तथा कलश अनावरण सहित श्रीकृष्ण प्रणामी धर्म महोत्सवको रूपमा आयोजना हुन गईरहेको छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्