मुख्य सूची खोल्नुहोस्

दोस्रो विश्व युद्ध

मुख्यतः अलाइज र एक्सिस शक्तिहरुको बीच १९३९-१९४५ मा भएको विश्व युद्ध
(दोस्रो विश्वयुद्ध बाट पठाईएको)

दोस्रो विश्वयुद्ध ‍१९३९ देखि ‍१९४५ सम्म चलेको विश्वस्तरीय युद्ध थियो । लगभग ७० देशहरूका जल-थल-वायु सेनाहरू यस युद्धमा सम्मलित थिए। यस युद्धमा विश्व दुई भागमा बाँडिएको थियो, मित्र राष्ट्र र धुरी राष्ट्र। यस युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र यो मानव इतिहासको सबभन्दा घातक युद्ध थियो। युद्धको अंतमा मित्र राष्ट्रहरूको जीत भयो।

दोस्रो विश्व युद्ध
Infobox collage for WWII.PNG
दोस्रो विश्व युद्धका केही झलकहरू
मिति १ सेप्टेम्बर १९३९ (१९३९-०९-०१) – २ सेप्टेम्बर १९४५ (1945-09-02)
स्थान युरोप,पेसिफिक,एटलान्टिक,दक्षिण-पुर्वी एसिया,चीन,मध्य पुर्व,मेडिटेर्नेअन,उत्तर अफ्रिका र पुर्वी अफ्रिका,दक्षिण-मध्य अफ्रिका
परिणाम पक्षको जीत
  • जर्मनीको पराजय
  • जापान र इटालीको पराजय
  • संयुक्त राष्ट्रसंघको स्थापना
  • राष्ट्र संघ र सोभियत संघको अन्त्य
युद्धरत
सहयोगी Axis
उच्चाधिकारी तथा नेताहरू
मित्र राष्ट्रका नेताहरू
सोभियत सङ्घ स्टालिन
संयुक्त राज्य अमेरिका फ्रन्क्लेन रोजभेल्ट
संयुक्त अधिराज्य विंस्टन चुर्चेल
गणतन्त्र चीन चिआङ काई-शेक
धुरी राष्ट्रका नेताहरू
Nazi Germany एडल्फ हिटलर
Empire of Japan हीरोहीटो
Kingdom of Italy (1861–1946) बेनिटो मुसोलिनि
धनजनको क्षती
सैनिक मृत्यु:
१६,०००,००० भन्दा
साधारण जनता मृत्यु:
४५,०००,००० भन्दा
जम्मा मानिसको मृत्यु:
६१,०००,००० भन्दा (१९३७–४५)
सैनिक मृत्यु:
८,०००,००० भन्दा
साधारण जनता मृत्युु:
४,०००,००० भन्दा
जम्मा मानिसको मृत्यु:
१२,०००,००० भन्दा (1१९३७–४५)

शुरूवातसम्पादन

दोस्रो विश्वयुद्धको शुरुवात सेप्टेम्बर १९३९ मा भयो, जुनबेला जर्मनीले पोल्याण्डमाथि हमला गर्‍यो र त्यसपछि जब अमेरिका, फ्रान्सइंग्ल्याण्डले जर्मनीमाथि हमला गरे । प्रथम विश्व युद्धमा हारेपछि जर्मनीले भर्सेलिजको सन्धिमा जबरजस्ती हस्ताक्षर गर्नुपर्यो। यो संधिको कारण उसले आफुले कब्जा गरेको धेरै भूभाग छोड्नुपर्यो, अरु देशमाथि आक्रमण नगर्ने शर्त मान्नुपर्यो, आफ्नो सेना-संख्या सीमित गर्नुपर्यो र प्रथम विश्वयुद्धमा भएको नोक्सानी भरपाईको रूपमा अरू देशलाई दिनुपर्यो। सन् १९१७ मा रूसमा गृह युद्ध भएपछि सोभियत संघको निर्माण भयो र सन् १९२२ मा इटलीमा बेनेतो मुस्सोलीनीको एकाधिपत्य राज्य कायम भयो।

कारणहरूसम्पादन

  • भर्सेलिजको सन्धि
  • अधिनायकवादको उदय
  • जापानी साम्राज्यवाद
  • राष्ट्रहरूको गठबन्धन
  • ढाकछोपको निति
  • आर्थिक कष्ट
  • राष्ट्र संघको असफलता
  • युद्धको तयारी

पृष्ठभूमिसम्पादन

सन् १९३३ मा जर्मनीको शासक अडोल्फ हिटलर बन्यो र चाडैं नै उसले जर्मनीलाई पुनः एक शक्तिशाली सैन्य शक्तिको रूपमा प्रर्दशित गर्न शुरू गर्यो, यसमा फ्रान्स र इङ्गल्याण्ड चिन्तित भए जसले पहिलेको लडाईमा धेरै नोकशानी खपिसकेका थिए। इटली पनि यस कुरामा धेरै दुःखी थियो किनभने इटलीको पनि एउटा शक्तिशाली राष्ट्र बन्ने सपना थियो, यसमा जर्मनीले भाँजो हाल्ने निश्चित थियो। यी सबै कुरालाई मध्य नजर गरी फ्रान्सले इटलीसँग हात मिलाएर उनको कब्जाको इथियोपिया इटलीलाई दिने भयो। १९३५ मा हिटलरले भर्सेलिजको सन्धि तोडेर आफ्नो सेना बढाउनमा लाग्यो।

जर्मनीलाई काबूमा ल्याउन इङ्गल्याण्ड, फ्रान्स र इटलीले स्ट्रेसा नामक सहर ( जुन इटलीमा छ )मा एक घोषणा-पत्रमा हस्ताक्षर गरे जसमा लेखिएको थियो- अस्ट्रियाको स्वतन्त्रता कायम राखियोस् र जर्मनीलाई वेर्सल्लिएसको सन्धि तोडनबाट रोकियोस् । तर स्ट्रेसा घोषणा-पत्र सफल भएन किन भनें यी तीन राष्ट्रहरूमा साधारण सहमती धेरै बुँदाहरूमा भएन | सोही समय सोभियत संघ जुन जर्मनीको पूर्वी यूरोपको ठूलो हिस्साको कब्जा गर्ने इच्छा जानेर धेरै नैं डराएको हुंदा फ्रान्ससित हात मिलाउन पुग्यो।

जर्मन सेना १९३५मा नुरेम्बेर्ग मासम्पादन

१९३५ मा इंग्ल्याण्डले भर्सेलिजको सन्धिलाई समाप्त गर्दै जर्मनीसँग एउटा स्वतन्त्र सम्झौता गरेर केही शर्तहरूलाई कम्ति बनाइदियो।१९३५ अक्टूबरमा इटलीले इथियोपियामाथि आक्रमण गरयो र जर्मनीले यस आक्रमणलाई वैध मान्यो र यता इटलीले जर्मनीको अस्ट्रिया माथि कब्जा गर्ने चाहनालाई स्वीकृति दियो, १९३६ मा जब हिटलरले रयानलैंडमा दोस्रोपल्ट आफ्नो सेनाको गड बनाउने कोशिश गर्यो त्यसमा आपत्ति उठाइएन।सोही साल स्पेनमा गृह युद्धमा जर्मनी र इटलीले त्यहाँका राष्ट्रवादी शक्तिहरूलाई समर्थन गरे जुन सोभियत संघको सहायता प्राप्त स्पेनिश गणराज्यको विरुद्ध थियो नयाँ हतियारहरूको परिक्षणको बीचमा राष्ट्रवादी शक्तिहरूलेले १९३९ मा युद्ध जिते।

जर्मन सेना सन् १९३४ न्युरेम्बर्ग र्यालिमासम्पादन

विश्व युद्ध , अथवा द्धितीय विश्व युद्ध यिनीहरू एक वैश्विक सैन्य संघर्ष थियो जसमा, सभी महान शक्तिहरू समेत विश्वको अधिकांश देश शामिल थिए, जुन दुई परस्पर विरोधी सैन्य गठबन्धनहरूमा सँगठित थिए: मित्र राष्ट्र एवं धुरी राष्ट्र । यस युद्धमा १० करोड भन्दा धेरै सेना शामिल थिए, यस कारणले यिनीहरू इतिहासको सबै भन्दा व्यापक युद्ध मानिन्छ।"पूर्ण युद्ध"को अवस्थामा, प्रमुख सहभागिहरूले नागरिक र सैन्य संसाधनहरूको बीचको अंतरलाई समाप्त गरेर युद्ध प्रयासको सेवामा आफ्नो पुरै औद्धोगिक, आर्थिक र वैज्ञानिक क्षमताहरूको लागाई दिए। यसमा सात करोड भन्दा धेरै मानिस मारिएका थिए, जसमध्ये अधिकांश साधारण नागरिक थिए, यसैले यसलाई मानव इतिहासको सबै भन्दा खूनी संघर्ष मानिन्छ।

युद्धको प्रारम्भ साधारण तरिकामा १ सेप्टेम्बर १९३९ मानिन्छ, जर्मनीले पोल्याण्ड माथि आक्रमण गर्न र परिणामस्वरूप ब्रिटिश साम्राज्य र राष्ट्रमंडलको अधिकांश देशहरू र फ्रान्स द्धारा जर्मनी बिरुध्द युद्धको घोषणाको साथ। धेरै देश यस समय भन्दा पहिले नै युद्धरत थिए, अन्य घटनाहरूको परिणामस्वरूप, र धेरै जुन शुरुवातमा शामिल थिएनन् पछिमा युद्धमा शामिल भए। युद्धको कुनै मुख्य घटनाहरू हुन: मार्को पोलो पुल घटना (राष्ट्रवादी चीन र जापानको बीच लडाइयो), अपरेशन बारबोसा (जर्मनी द्धारा सोविअत संघमा आक्रमण)को शुरुवात, र पर्ल हार्बर र ब्रिटिश रडच कोलोनिहरूमा दक्षिण पूर्व एसियामा हमला. १९४५ मा मित्र राष्ट्रहरूको विजयसँग युद्ध समाप्त भयो।सोभियत संघ र संयुक्त राज्य अमेरिका युद्ध पछि विश्वको महाशक्तिहरूको रूपमा अगाडि आए, जसबाट शीत युद्धको पृष्ठभूमि तैयार भयो, जुन अर्को ४५ वर्षसम्म चल्यो। संयुक्त राष्ट्र एउटा अझै अर्को यस्तो संघर्षको रोक्ने आशामा बनाइयो.आत्म निर्णयको स्वीकृतिले एसिया र अफ्रीकामा उपनिवेशवाद बिरोधी आन्दोलनलाई गति प्रदान गर्यो, जबकि पश्चिमी यूरोप स्वयं एकीकरण तिर अघि बढन शुरू भयो।[१]

परिमाणहरूसम्पादन

अपार धनजनको क्षतिसम्पादन

द्वितीय विश्वयुद्ध अत्यन्त विनाशकारी थियो । यसमा रासायनिक हात हतियारदेखि अत्याधुनिक शस्त्रअस्त्रको प्रयोग गरियो । यस युद्धमा करिब दुई करोड बिस लाख मानिसहरू मारिएका थिए भने तिन करोड चालिस लाख मानिस घाइते भएका थिए । एघार सय खरब डलर यस युद्धमा खर्च भएको अनुमान छ । विकसित सहरहरू एवम् हजारौँ कल कारखाना तथा उद्योगहरू ध्वस्त भए । उर्वर कृषियोग्य भूमि मरुभूमिमा परिणत भयो । लाखौँ मानिसहरू घरबार विहीन भई शरणार्थीको जीवन जिउन बाध्य भए ।

बेलायतफ्रासको स्थितिमा परिवर्तनसम्पादन
अमेरिका र रूसको शक्तिमा वृद्धिसम्पादन

द्वितीय विश्वयुद्धपछि अमेरिका र रुसकोशक्ति वृद्धि भयो । अन्य राष्ट्रहरू आर्थिक रूपमा कमजोर भए र सैन्य क्षमता पनि गुमाए । तर अमेरिकाले युरोपेली राष्ट्रहरूलाई युद्ध सामग्री निर्यात गरी आर्थिक उन्नति ग¥यो । अन्य देशको तुलनामा सै क्षति अत्यन्तै कम भएकाले अमेरिका सबैभन्दा शक्तिशाली हुन पुग्यो । अर्कातिर रुससँग सैन्य शक्ति बढी भएकाले रुसको राजनीतिक शक्ति विश्वमा बढ्दै गयो ।

विश्व दुई गुटमा विभाजितसम्पादन

द्वितीय विश्वयुद्धपछि अमेरिका र रुसकोशक्ति वृद्धि भयो । अन्य राष्ट्रहरू आर्थिक रूपमा कमजोर भए र सैन्य क्षमता पनि गुमाए । तर अमेरिकाले युरोपेली राष्ट्रहरूलाई युद्ध सामग्री निर्यात गरी आर्थिक उन्नति ग¥यो । अन्य देशको तुलनामा सै क्षति अत्यन्तै कम भएकाले अमेरिका सबैभन्दा शक्तिशाली हुन पुग्यो । अर्कातिर रुससँग सैन्य शक्ति बढी भएकाले रुसको राजनीतिक शक्ति विश्वमा बढ्दै गयो । तर यी दुई राष्ट्रहरूको राजनीतिक तथा वैचारिक मत भिन्नता थियो किनभने अमेरिका पुँजीवाद मान्ने उदयमान राष्ट्र थियो भने यसको ठिक विपरीत रुस साम्यवादी राष्ट्र थियो । तसर्थ यिनीहरू एकअर्कालाई तीव्र आलोचना गर्न थाले । विश्वका राष्ट्रहरू यिनीहरूको पुँजीवादी र साम्यवादी समूह धु्रवीकृत हुन पुगे र विश्व दुई समूहमा विभाजित भयो । एक आपसमा भौतिक आव्रmमण नभए पनि दुवै समूहहरूबिच अस्वस्थ प्रतिस्पर्धा अत्यन्तै बढ्यो । सम्बन्ध चिसो भयो र शीत युद्धको प्रारम्भ भयो । तर सन् १९९० मा सोभियत सङ्घको अवसानपछि यो समस्या कम हुँदै गयो ।

आर्थिक पुनः निर्माणका नाममा विभिन्न प्रतिस्पर्धी संस्थाहरूको स्थापनासम्पादन

साम्यवादी प्रभावलाई रोक्न पश्चिमी युरोपेली राष्ट्रहरू र अमेरिका मिलेर सन् १९४९ मा उत्तरी एट्लान्टिक सन्धि सङ्गठन (NATO) को स्थापना गरे । यसैको जवाफ स्वरूप रुसले पनि सन् १९५५ मा पोल्यान्डको राजधानी वार्सामा ‘वार्सा सन्धि सङ्गठन’ भन्ने संस्था स्थापना ग¥यो । रुसलगायत पूर्वी युरोपका राष्ट्रहरू यसमा संलग्न थिए । यी देशहरूलाई आर्थिक सहायतत प्रदान गर्न रुसका विदेश मन्त्री मोलोटोभको नेतृत्त्वमा रुसले एक संस्था स्थापना ग¥यो । यस संस्थालाई COMECON ( Council for Mutual Economic Assistance) वा Molotov Plan भनिन्छ । अर्कोतिर अमेरिका समर्थित युरोपेली राष्ट्रहरूलाई आर्थिक सहयोग गर्न अमेरिकाले विदेश मन्त्री जर्ज मार्सलको नेतृत्त्वमा योजना बनाए । यस योजनालाई मार्सल योजना ( Marstal Plan )भनिन्छ ।

सैनिक गुटबन्दीसम्पादन
उपनिवेशवादको अन्त्यसम्पादन

द्वितीय विश्वयुद्धले शक्तिशाली युरोपेली राष्ट्रहरू बेलायत र फ्रान्सको शक्तिमा क्षयीकरण ग¥यो । बेलायत नियन्त्रित उपनिवेशहरू स्वतन्त्र भए । यही नियति अन्य साम्राज्यवादी राष्ट्रहरूले पनि भोगे । यसैले गर्दा भारतलगायतका राष्ट्रहरू स्वतन्त्र भए ।

साम्यवादको प्रचारसम्पादन
संयुक्त राष्ट्रसंघको स्थापना[२]सम्पादन

द्वितीय विश्वयुद्ध चल्दै गर्दा युद्धका नेतृत्त्व गर्ने राष्ट्रका प्रमुखहरूले युद्ध रोक्नलाई धेरै प्रयास गरेका थिए । बेलायतको लन्डनमा भेला भई मित्र राष्ट्रहरूले १२ जुन १९४१ मा एउटा घोषणा पत्र जारी गरे । यसलाई लन्डन घोषणा पत्र भनिन्छ । यसमा युद्धको अन्त र अन्तर्राष्ट्रिय सहयोग तथा शान्तिका लागि अपिल गरिएको थियो । यसको ठिक तिन महिनापछि १४ अगस्ट १९४१ मा विश्वशान्तिका लागि अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन डेलाने रुजबेल्ट र बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलले आन्ध्र महासागरको पानी जहाजमै एक घोषणा पत्र तयार पारे । यसलाई एटलान्टिक चार्टर भनिन्छ । यस्तै अन्य प्रयासहरू हुँदै गर्दा अन्त्यमा २५ अप्रिलदेखि २६ जुन १९४५ मा विश्वका ५० ओटा राष्ट्रहरू सम्मिलित सान् फ्रान्सिस्को सम्मेलन भयो । यसले संयुक्त राष्ट्र सङ्घ सम्बन्धी अवधारणालाई अन्तिम रूप दियो । अन्त्यमा यस चार्टरमा पोल्यान्डले हस्ताक्षर गरेपछि यसका सदस्य सङ्ख्या ५१ पुग्यो । तत्पश्चात् पारित गरिएको चार्टरलाई २४ अक्टोबर १९४५ मा घोषणा गरी संयुक्त राष्ट्र सङ्घको स्थापना गरियो ।

अन्त्यसम्पादन

अमेरिकाले जापानको हिरोसिमामा ६ अगष्ट १९४५ मा लिटल ब्वाई(Little Boy) नामक अणु बम खसालेको थियो भने नागासाकीमा ९ अगष्ट १९४५ मा फ्याट मेन(Fat Man) नामक अणु बम खसालेको थियो।जुन अन्त्यको एक कारण बन्न पुग्यो।यस्तै सन् १९४३ सेप्टेम्बरमा इटलीले आत्मसमर्पण गर्यो। र सन् १९४२ मेमा जर्मनीले आत्मसमर्पण गर्यो।अगस्त १४‚ १९४५ मा जापानले आत्मसमर्पण गरेपछि यो युद्ध समाप्त भएको थियो ।

नेपालीको भूमिकासम्पादन

द्वितीय विश्वयुद्धमा नेपाल प्रत्यक्ष सहभागी नभए पनि अप्रत्यक्ष रूपमा आफ्ना सेनाहरू पठाई बेलायतको पक्षबाट युद्धमा सामेल थियो । तात्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले बहादुर शमशेरलगायतको नेतृत्त्वमा जम्मा २ लाख ५० हजार नेपाली फौज पठाएका थिए । नेपालीहरू वीरताका साथ युद्ध मोर्चामा लडे । नेपालीहरूले बहादुर गोर्खालीका रूपमा गौरव तथा सम्मान प्राप्त गरे । विदेशमा भएको विकास र प्रगति देखेर नेपाली सैनिकहरूले स्वदेशमा आई प्रजातन्त्र स्थापनाका लागि सहयोग गरेका थिए । नेपाली फौजले बेलायतका तर्फबाट जर्मनी तथा जापान विरुद्ध लडेको थियो । साइप्रस, ग्रिस, सिरिया, लेबनान्, प्यालेस्टाइन, इराक, सिङ्गापुर, मलाया तथा बर्मामा गई नेपाली फौज लडेको थियो । यद्धमा जम्मा सहभागीमध्ये ७,५४४ नेपाली युवाहरू मारिए र २३,६५५ जना घाइते भए । यसरी यस युद्धमा नेपाल राष्ट्रले पनि ठुलो युवा शक्ति गुमाउन पुग्यो । नेपाल सरकारको सहयोगबाट अत्यन्तै खुसी भई ब्रिटिस सरकारले जुद्ध शमशेरलाई ब्रिटिस फौजको पूर्ण अनररी जर्नेल पदको उपाधि दिएको थियो ।

साथै ३ करोड ३३ लाख एकमुष्ट आर्थिक सहयोग दियो । प्रथम विश्वयुद्धपश्चात् दिने गरेको वार्षिक १० लाख रुपियाँ पनि निरन्तर दिने प्रतिबद्धता जाहेर ग¥यो । यसका अलवा धेरै नेपाली वीरहरूले बेलायतको सर्वाेच्च पदक भिक्टोरिया व्रmस र मिलिटरी व्रmस प्राप्त गरे ।

स्रोतसम्पादन

  1. http://ecreativecafe.blogspot.com/2013/07/blog-post_22.html?m=1दोस्रो विश्वयुद्ध
  2. विश्वको इतिहास पुस्तकबाट दोस्रो विश्वयुद्ध खण्ड