दीप्ती नवल (जन्म: सन् १९५२ फेब्रुअरी ३) एक हिन्दी चलचित्र अभिनेत्री हुन्। उनी ' जुनून', ' चश्मे बद्दुर', 'कथा' र 'साथ-साथ' जस्ता कलात्मक र भावपूर्ण चलचित्रहरूमा निर्भीक अभिनयका लागि परिचित छिन्। उनको व्यक्तित्व बहुआयामिक छ। उनी कवयित्री[३]चित्रकार हुनुका साथै उनी एक दक्ष फोटोग्राफर पनि हुन्। यस बाहेक उनको सङ्गीतमा पनि रुची रहेको छ । उनले लेखेकी 'लम्हा-लम्हा' नामक पुस्तकलाई पाठकहरूले राम्रो प्रतिक्रिया दिएको छ।

दिप्ती नवल
सन् २०१५ मा नवल
जन्म (1952-02-03) ३ फेब्रुअरी १९५२ (उमेर ७२)[१]
अमृतसर, पन्जाब, भारत
राष्ट्रियताअमेरिकी[२]
मातृ शिक्षाप्रतिष्ठानहन्टर कलेज, न्युयोर्क सहर
पेशा
  • अभिनेत्री
  • निर्देशक
  • लेखक
कार्यकालसन् १९७९–वर्तमान
जीवनसाथीप्रकाश झा (सम्बन्ध विच्छेद)
वेबसाइटwww.deeptinaval.com

जीवन सम्पादन गर्नुहोस्

दीप्ती नवलको जन्म सन् १९५२ फेब्रुअरी ३ मा भारतको अमृतसरमा भएको थियो। उनको बाल्यकाल अमेरिकाको न्यूयोर्कमा बितेको थियो जहाँ उनको बुबा सिटी युनिभर्सिटीमा शिक्षक थिए। दीप्ती नवललाई बाल्यकालदेखि नै अभिनयका साथै चित्रकला र फोटोग्राफीमा पनि रुचि थियो।[४]

चलचित्र करियर सम्पादन गर्नुहोस्

उनले सन् १९७८ मा तत्कालीन चर्चित निर्देशक श्याम बेनेगलको चलचित्र ‘जुनून’ बाट आफ्नो चलचित्र करियर सुरु गरेकी थिइन् तर उनले वास्तविक लोकप्रियता सन् १९८० को चलचित्र ‘एक बार फिर’ बाट पाइन्। उनले अभिनय गरेकी चलचित्रहरू 'चश्मे बद्दूर', 'कथा' र 'साथ-साथ'को लागि चिन्ने गरिन्छ।[५]

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

पुरस्कार र नामाङ्कन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Happy B'day Deepti Naval; Lesser known facts about the Chashme Buddoor actress", OrissaPOST (en-USमा), ३ फेब्रुअरी २०२०, अन्तिम पहुँच २२ जुलाई २०२१ 
  2. "संग्रहीत प्रति", मूलबाट ११ जून २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रैल २०२० 
  3. "ये हैं दीप्ति नवल की 3 श्रेष्ठ कविताएं...", Amar Ujala (हिन्दीमा), मूलबाट २६ अगस्त २०१८-मा सङ्ग्रहित। 
  4. "जब खुद पर लगे आरोपों को पढ़कर चौंक गई थीं दीप्ति नवल", prabhatkhabar (हिन्दीमा), मूलबाट २६ अगस्त २०१८-मा सङ्ग्रहित। 
  5. "Deepti Naval", imdb (अङ्ग्रेजीमा), मूलबाट २८ दिसंबर २०१८-मा सङ्ग्रहित। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्