तोप बाज (Falco cherrug) नेपालमा पाइने एक प्रकारको बाजको प्रजातिको चरा हो । युरोप देखि एसिया हुँदै मंचुरियासम्म पाइने यो प्रजाति हिउँदमा एसियाका भूभाग तथा अरबी उपमहाद्वीपसम्म बसाई सराई गर्ने गर्छ।

तोप बाज
तिब्बतमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Falconidae
परिवार: Falconidae
वंश: Falcon
Subgenus: Hierofalcon
Gray, JE, 1834
प्रजाति:
F. cherrug
वैज्ञानिक नाम
Falco cherrug
Gray, JE, 1834
Range of F. cherrug
  Breeding
  Resident
  Passage
  Non-breeding
पर्याय
  • Falco altaicus (Menzbier, 1891)
  • Hierofalco altaicus (Menzbier, 1891)

विबरण सम्पादन गर्नुहोस्

 
हक-क्यानन मास्को मा प्रशिक्षण मा

तोप बाज लामा पखेटाहरू र पुच्छरको ठूलो आकारको बाज हो। यसको तह उडानमा पङ्खचाल सुस्त हुन्छ जुन उडानकार्य शाही बाजको भन्दा कम फूर्तिलो हुन्छ। यो चार विश्राम अवस्थामा हुँदा पुच्छर प्रष्ट देखिने गरी बन्द पखेटाहरु भन्दा धेरै तल आएको हुन्छ। फिक्का तालु, कम स्पष्ट जुगारेखी र तल्लो भाग कम घना चिन्ह भएको हुन्छ। तोप बाज सामान्यतया ४५ देखि ५७ सेन्टिमिटर (१८ देखि २२ इन्च) लम्बाई भएको तथा पङ्ख फैलाउँदा ९७ देखि १२६ सेन्टिमिटर (३८ देखि ५० इन्च) हुन्छ भाले तोप बाज तौल ७३० देखि ९९० ग्राम (२६ देखि ३५ औँस) तथा पोथीको तौल ९७० देखि १,३०० ग्राम (३४ देखि ४६ औँस) हुन्छ।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

यो प्रजाति युरोप देखि एसिया हुँदै मंचुरियासम्म पाइन्छ। यो प्रजाति हिउँदमा नेपाल, उत्तरी पाकिस्तान, दक्षिणी चिन, इथियोपिया तथा अरबी उपमहाद्वीपसम्म बसाई सराई गर्ने गर्छ। नेपालको सन्दर्भमा यो प्रजाति १५२५ मिटर देखि ३७९५ मिटरको उचाइमा पाइने गर्छ। यो चरा डाँडा र पहाडहरूका अर्धमरूभूमि र सुख्खा बुट्यानहरू भएको खुल्ला क्षेत्रमा बसोबास गर्ने गर्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१७), "Falco cherrug", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2017: e.T२२६९६४९५A११०५२५९१६, डिओआई:10.2305/IUCN.UK.2017-1.RLTS.T22696495A110525916.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्