मुख्य सूची खोल्नुहोस्

तिरुचिरापल्ली (tiruchirāppaḷḷi)[२] (यसका बारेमा उच्चारण ) तिरुची वा त्रिचीको नामले प्रसिद्ध, भारतको दक्षिणी राज्य तमिलनाडुको सहर र तिरुचिरापल्ली जिल्लाको मुख्यालय हो । यो तमिलनाडु राज्यको चौथौ ठुलो नगर निगम र चौथौ बढी जनसङ्ख्या भएको नगर हो । यो चेन्नईबाट ३२२ किलोमिटर (२०० माइल) दक्षिणमा र कन्याकुमारीबाट ३७९ किलोमिटर (२३५ माइल) उत्तरमा रहेको छ । यो तमिलनाडु राज्यको मध्यमा अवस्थित रहेको छ । यो सहर कावेरी नदीको तटमा बसालिएको छ । यो स्थान विशेष रूपले विभिन्न मन्दिरहरू जस्तै श्री रङ्गानाथस्वामी मन्दिर, श्री जम्बुकेश्‍वरा मन्दिर र वरैयुर आदिको लागि प्रसिद्ध छ । शहरको मध्य भाग अर्थात १६ किलोमिटर (९.९ माइल) पश्चिम देखि कावेरी नदी बग्ने गर्दछ । सन् २०११ को भारतको जनगणना अनुसार यस सहरको जनसङ्ख्या ९,१६,८५७ रहेको छ ।[३]

तिरुचिरापल्ली
திருச்சிராப்பள்ளி
त्रिची
Tiruchirappalli
—  सहर  —
Trichy montage1.jpgसहरका धरोहरहरू
उपनाम(हरू): रकफोर्ट सिटी
तिरुचिरापल्ली तमिलनाडु-এ অবস্থিত
तिरुचिरापल्ली
तिरुचिरापल्ली
निर्देशाङ्क: १०°४८′१८″ उत्तर ७८°४१′०८″ पूर्व / १०.८०५००° उत्तर ७८.६८५५६° पूर्व / 10.80500; 78.68556निर्देशाङ्क: १०°४८′१८″ उत्तर ७८°४१′०८″ पूर्व / १०.८०५००° उत्तर ७८.६८५५६° पूर्व / 10.80500; 78.68556
देश भारत भारत
राज्य तमिलनाडु
क्षेत्र चोला नाडु
जिल्ला तिरुचिरापल्ली
क्षेत्र केन्द्रीय
सरकार
 - प्रकार मेयर परिषद
 - अङ्ग तिरुचिरपल्ली नगर निगम परिषद
 - मेयर ए जया
क्षेत्रफल
 - सहर १६७.२३ किमी (६४.६ वर्ग मी)
 - मेट्रो १९८.५५ किमी (७६.७ वर्ग मी)
क्षेत्र क्रम ४औँ
अवनति ८८ मि (२८९ फिट)
जनसङ्ख्या (२०११)
 - सहर ९१६,८५७
 - स्तर ४औँ
 जनघनत्व ५,४८२.६/किमी (१४,१९९.९/वर्ग मी)
 - महानगरीय क्षेत्र[१] १,०२२,५१८
मूलबासी नाम तिरुचाइट
भाषाहरू
 - आधिकारिक तमिलअङ्ग्रेजी
समय क्षेत्र भारतीय मानक समय (युटिसी+५:३०)
हुलाक कोड ६२० ०xx
टेलिफोन कोड ०४३१
गाडी दर्ता TN-45, TN-48, TN-81
वेबसाइट त्रिची सहर नगर निगम

विषयसूची

इतिहाससम्पादन

वर्तमान समयमा तिरूचिरापल्लीको एक महत्‍वपूर्ण भाग वरैयुर हो, इशापूर्व ३००० मा यो चोल साम्राज्‍यको राजधानी थियो । तिरूचिरापल्लीमा केही समय मुगल शासकहरूले पनि राज्य गरे । यस पश्चात् यहाँ विजयनगरका शासकहरूले कब्जा गरे ।

उत्पतिसम्पादन

पर्यटन स्थलसम्पादन

 
पहाडमाथि बनेको रकफोर्ट

श्री रङ्गानाथस्वामी मन्दिरसम्पादन

यो मन्दिर कावेरी नदीको मध्य स्थित श्री रङ्गम द्वीपमा अवस्थित छ । यस मन्दिरको निर्माण चेर, पाण्डेय, चोल, होयसल र विजयनगरका शासकहरूद्वारा गराइएको हो । यस मन्दिरको निर्माण १३औँ र १८औँ शताब्दीमा गराइएको हो ।

श्री जम्बुकेश्‍वरा मन्दिरसम्पादन

यो मन्दिर श्री रङ्गानाथस्वामी मन्दिरको पूर्वमा २.५ किलोमिटरको दूरीमा अवस्थित छ । यस मन्दिरको वास्तुकला निक्कै सुन्दर छ । यस मन्दिरको मध्य प्राङ्गण भव्य र विशाल छ । यो मन्दिर सन् १६०० मा निर्माण गरिएको हो ।

तिरूवनैक्कवलसम्पादन

यो भगवान शिवको मन्दिर हो । यो मन्दिर श्रीरङ्गमको पूर्व देखि ६ किलोमिटरको दूरीमा छ ।

वरैयुरसम्पादन

यो स्थान ऐतिहासिक दृष्टिले निक्कै महत्वपूर्ण छ । यो चोल वंशको राजधानी थियो । त्रिची हाथले बनेको सिगार र साडीहरूको लागि निक्कै प्रसिद्ध छ । वरैयुरको हातले बनेको सिगार पुरै विश्‍वमा प्रसिद्ध छ ।

विनायक मन्दिरसम्पादन

यो मन्दिर कावेरी नदीको किनारमा अवस्थित छ । यो स्थान समुद्र सतह देखि २७२ फिटको उचाईमा स्थित छ । यस मन्दिरमा ४३७ सिढीहरू रहेका छन् । यो मन्दिर भगवान विनायक (पौराणिक कथाको अनुसार आधा पुरूष, आधा पक्षी गरूड, जुन भगवान विष्णुको वाहन हो, यसको सङ्केत प्रसिद्ध महाकाव्यमा पनि उल्लेखित छ) लाई समर्पित छ । यस मन्दिरको मार्गमा कयौं अन्य मन्दिरहरू स्थापित छन् ।

आवागमनसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Primary Census Abstract - Urban Aglomeration" (XLS), Registrar General and Census Commissioner of India, अन्तिम पहुँच १३ अक्टोबर २०१५ 
  2. "Welcome to Tiruchirappalli ... The RockFort City!", Tiruchirappalli City Municipal Corporation, अन्तिम पहुँच १० अगस्ट २०१३ 
  3. "Search PCA Data by District/SubDistrict/Town/Village Name: Tiruchirappalli (M Corp.)", Registrar General and Census Commissioner of India, अन्तिम पहुँच २५ जनवरी २०१४ 

बाह्य लिङ्कहरूसम्पादन

तिरुचिरपल्लीको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

  चित्र तथा मिडिया कमन्सबाट

यो पनि हेर्नुहोस्सम्पादन