आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ। यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ। यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ। एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ। यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ। जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ। माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। (पूरा लेख...)