डोरमणी पौडेल

डोरमणी पौडेल नेपालको प्रदेश नं. ३का प्रथम मुख्यमन्त्री हुन् । उनी नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विजय भएका थिए । मायानाथ र कुलकुमारी दम्पत्तिका सुपत्र पौडेलले मानविकी संकायमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् । २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय रहेका उनले २०३२ सालदेखि १० वर्ष शिक्षण गरेका थिए ।

डोरमणि पौडेल
पूर्ववर्ती Himself
कार्यकाल
1992 – 2005
उत्तराधिकारी हरिबहादुर महत
Incumbent
Assumed office
2003

जन्म (१९४६-०३-२८) मार्च २८, १९४६ (उमेर ७४)[१]
फर्पिङ, काठमाडौँ
राजनीतिक पार्टी नेकपा (एमाले)
जीवनसंगी बिजय लक्ष्मी पौडेल
व्यवसाय राजनिती

पञ्चायती कालमा लामो समय अर्धभूमिगत जीवन बिताएका पौडेलले २०४६ सालको जनआन्दोलन ताका तत्कालिन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारतमा बिताएका थिए ।

२०३० देखि विद्यार्थी राजनीतिमा सक्रिय पौडेल चार पटक जेल र १८ पटक हिरासतमा बसेका थिए । उनी मानविकी संकायमा स्नातक हुन् । मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष रहेका उनी मुलुककै पर्यटकीयस्थल बनेको हेटौँडास्थित सहिद स्मारकका अध्यक्ष पनि थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि प्रतिक्रिया दिँदै पौडेलले प्रदेशलाई मुलुककै समृद्ध र नमुना प्रदेश बनाउने घोषणा गरे ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "को हुन् डोरमणि र शेरधन ?", News24 Nepal (नेपालीमा), अन्तिम पहुँच २०१८-०३-२०