डेलीमोसन एक श्रव्य दृश्य साझेदारी प्रविधि मञ्च हो जुन मुख्य रूपमा भिभेन्डीको स्वामित्व रहेको छ।[२] डेलीमोसनले बिबिसी सममचार, भाइस, ब्लूमबर्ग, हर्ष्ट डिजिटल मिडिया र बढीसँग साझेदारी थालनी गरेको थियो।[३] डेलीमोसन हाल विश्वव्यापी रूपमा उपलब्ध छ र २४ वटा भाषाहरूमा पनि उपलब्ध छ। ३९ वटा अनुवादित संस्करणहरूको आफ्नै छुट्टाछुट्टै गृह पृष्ठ र स्थानीय सामग्रीहरू रहेका छन्। यसमा हाल ३०० मिलियन भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।[४]

डेलीमोसन
Dailymotion logo (2017).svg
व्यवसायको प्रकारसहायक कम्पनी
साइटको प्रकार
श्रव्य दृश्य साझेदारी सेवा
उपलब्ध भाषा३९ देश र २४ भाषाहरू
स्थापित१५ मार्च २००५; १५ वर्ष अघि (२००५-०३-15)
मुख्य कार्यलयपेरिस, Flag of France.svg फ्रान्स
मालिकभिभेन्डी
प्रमुख व्यक्तिम्याक्सिमे सादा (अध्यक्ष र कार्यकारी)
गुइलाउमे क्लिमेण्ट, प्रमुख उत्पादन र प्रविधि अधिकारी
बिचोई बष्ठ, प्रमुख विज्ञापन अधिकारी
स्टेफिनी फ्रेइस, प्रमुख मानव अधिकृत
एण्टोनी बनेट-रिभेट, सञ्चार प्रमुख
वेबसाइटdailymotion.com
अलेक्सा क्रमIncrease १८९ (जनवरी २०२०)[१]
विज्ञापनप्रासङ्गिकश्रव्य दृश्य विज्ञापन
दर्ताएच्छिक
(उर्ध्वभरण/टिप्पणी गर्न आवश्यक)
आरम्भ१५ मार्च २००५
वर्तमान अवस्थाचालू

इतिहाससम्पादन

 
डेलीमोसनको प्रधान कार्यालय, पेरिसमा
 
डेलीमोसनको पुरानो लोगो (सन् २००९ देखि २०१५)

मार्च २००५ मा, बेञ्जामीन बेजबाउम र ओलिभर पोएट्रिले, पेरिसमा रहेको पोएट्रिकै बस्ने कोठाबाट डेलीमोसनको स्थापना गरेका थिए। सबै गरि सुरुमा ६ जनाले व्यवसाय सुरु गर्ने भन्दै ६,००० युरो जम्मा गरेका थिए। [५]सेप्टेम्बर २००६ मा, डेलीमोसनले एटलस भेञ्चर्स र परटेक इण्टरनेसनलको सहकार्यमा कोशको वृद्धि गरेको थियो। कम्पनीले ७ मिलियन युरो कोशको रूपमा उठाएको थियो जुन सन् २००६ मा फ्रान्सेली वेब २.० बाट उठाइएको सबैभन्दा धेरै रकमको रूपमा मानिएको थियो। अक्टोबर २००९ मा, फ्रान्सेली सरकारले डेलोमेसनमा सामरिक लगानी कोष मार्फत लगानी गरेको थियो। जनवरी २००८ मा कम्पनीले आफ्नो पहिलो कार्यालय लन्डनमा स्थापना गरेको थियो भने यसले जुलाई २०११ मा, अर्को कार्यालय सान फ्रान्सिस्को, क्यालिफोर्नियामा स्थापना गरेको थियो। २५ जनवरी २०११ मा, ओरेञ्जले डेलीमोसनमा ६२ मिलियनको युरो लागि ४९% भाग हासिल गरेको थियो, कम्पनीले १२० मिलियनमा मूल्य निर्धारण गरेको थियो।[६]

१० जनवरी २०१३ मा, ओरेञ्जले बाँकी ५१% भाग ६१ मिलियन युरोमा खरिद गरेको थियो। २ मे २०१३ मा, फ्रान्सेली सरकारले, डेलीमोसन माथि याहुको अधिग्रहण प्रतिबन्ध गरेको थियो।[७]

२५ फेब्रुअरी २०१५ मा, ओरेञ्जले डेलीमोसनको सेवा अमेरिकाको बजार भरि फैलाउने उदेश्यका साथ माइक्रोसफ्टसँग छलफल गरेको कुरा खुलाएको थियो। बार्सिलोना स्थित एक स्थानीय दूरदर्शनसँगको अन्तवार्तामा ओरेञ्जकी कार्यकारी स्टेफिनी रिचर्डले सम्झौता सम्म पुग्न सके ठूलो आश रहने कुरा बताएकी थिइन्। कुनै पनि सम्झौता भएमा ओरेञ्जको गुमेको स्वामित्व प्राप्त गर्ने कुरा पनि बताएकी थिइन्। रिचर्डले उनको कम्पनीले अन्य सम्भावित साझेदारहरूको साथसाथै डेलीमोसनको अन्तर्राष्ट्रिय अपिल विस्तारको दृश्यको साथ वार्तामा रहेको, तर अन्यसँग छलफलहरू सामग्रीको सन्दर्भमा अधिक रहेको पनि खुलाएकी थिइन। [८]

 
डेलीमोसनको कालो लोगो (सन् २०१५ देखि २०१७ सम्म)

सन् २०१५ मा, भिभेण्डीले ओरेञ्ज मार्फत डेलीमोसनको ८०% भाग खरिद गरेको थियो।[९] सेप्टेम्बर २०१५ मा, भिभेण्डीले आफ्नो स्वामित्व ९०% मा बढाएको थियो।[१०]

सन् २०१७ को सुरुवातमा, व्यवस्थापनले आइभोरी कोष्टको राजधानी अबिजानमा नयाँ कार्यालय खोल्ने घोषणा गरेको थियो, र सन् २०१७ को अन्त्य सम्ममा ४०० व्यक्तिको श्रमशक्तिको अपेक्षा गरेको थियो।[११] · [१२]

जनवरी २०१९ मा, डेलीमोसन एक प्रमुख कम्प्युटर हमलाको शिकार भएको थियो जसमा उक्त हमला यसका प्रयोगकर्ताहरूको आँकडामा सम्झौता गर्ने उद्देश्यले गरिएको बताइएको छ। [१३]

विशेषतासम्पादन

डेलीमोसनले प्रयोगकर्ताहरूलाई खोजी, च्यानल, वा प्रयोगकर्ताहरूले सृजना गरेका समूहहरू मार्फत श्रव्य दृश्यहरू बजाउन र उर्ध्वभरण गर्न अनुमति दिन्छ। खोजी प्रणालीले अन्य प्रयोगकर्ताहरूले गरेका खोजीहरूमा आधारित परिणामहरू पनि प्रस्तुत गर्दछ। भिडियो फाइलको अधिकतम आकार २ गिगाबाइट हो भने श्रव्य दृश्य फाईलहरूको लम्बाईमा गतिशील र आधिकारिक प्रयोगकर्ताहरू बाहेक, ६० मिनेट सम्ममा मात्र सीमित छ।[१४] सन् २०१८ मा, डेलीमोसनले यसको सम्पूर्ण भण्डारणबाट टिप्पणीलाई पूर्ण रूपमा मेटाउँदैर यो सेवालाई पनि बन्द गरेको थियो। कम्पनीले क्रमशः उर्ध्वभरण मिति वा दृश्य गणनाद्वारा श्रव्य दृश्य क्रमबद्ध गर्ने क्षमता र श्रव्य दृश्यको पुन: साझेदारी लगायतका सेवालाई हटाएको थियो।

मञ्चहरूसम्पादन

डेलीमोसन, श्रव्य दृश्य साझेदारी वेबसाइटको अनुप्रयोग विण्डोज १०, विण्डोज फोन, आइओएसएण्ड्रोइड लगायतका सञ्चालन प्रणालीमा उपलब्ध रहेको छ र हालै प्लेष्टेसन ४ र एक्सबकस वान लगायतका भिडियो खेल मञ्चहरूमा पनि यो उपलब्ध रहेको छ। पिएस४ र एक्सबक्स वान प्रयोगकर्ताहरूलाई पनि थप आकर्षिक बनाउन, प्रत्यक्ष प्रसारणहरूमा सबैभन्दा लोकप्रिय खेल प्रसारणको तुरुन्त पहुँच पाउनका लागि डेलीमोसनले प्रस्तावित श्रव्य दृश्य सामग्रीहरूमा केन्द्रित छ।

उत्पादनहरूसम्पादन

डेलीमोसन खेलसम्पादन

यो सेवा, पूर्ण रूपमा श्रव्य दृश्य खेलहरूमा समर्पित थियो तर सन् २०१५ मा सुरु गरिएको यस सेवा हाल निष्क्रिय अवस्थामा रहेको छ।

डेलीमोसन बादलसम्पादन

अक्टोबर २०१० मा सुरू गरिएको यस सेवा व्यवसाय देखि व्यवसाय अभिमुख समाधान सेवा हो जसले श्रव्य दृश्यहरूलाई भण्डारण र अनलाइन प्रसारणका लागि अनुमति दिन्छ। यस्तो प्रकारको समाधानले सेवाले आफ्ना प्रयोगकर्ताहरूलाई बिभिन्न सुविधाहरूको प्रदान गर्दछ जसमा प्रत्यक्षको लागि पाठकको निजीकरण, तथ्याङ्कमा पहुँच, "बहु-पर्दा" वितरण (फोन, ट्याबलेट, इत्यादिमा), सामाजिक सञ्जालहरूमा साझेदारी वा प्रयोग समावेश छ।[१५] सेवा १२ अप्रिल २०१५ मा निष्क्रिय भएको थियो। [१६]

डेलीमोसन प्रकाशकसम्पादन

सन् २०११ को अन्त्य देखि, प्रवाह सेवा अभियानहरूका लागि डेलीमोसन प्रकाशक सञ्जालले वेबसाइट प्रकाशकहरूलाई विज्ञापन राजस्व बाँडफाँडको प्रस्ताव गरेको थियो। विज्ञापनहरू उनीहरूको साइटहरूमा श्रव्य दृश्य प्रवाहकर्तामा सम्मिलित छन्।[१७]

खुल्ला मागमा श्रव्य दृश्य सेवासम्पादन

यस खुल्ला मागमा श्रव्य दृश्य सेवाले डेलीमोसनका साझेदारहरूलाई क्लियङ भुक्तानी समाधान मार्फत तिनीहरूका कार्यक्रमहरू बेच्न अनुमति दिन्छ।[१८]

डेलीमोसन बृहत उर्ध्वभरणकर्तासम्पादन

सन् २०१४ यता, वेबसाइटले डेलीमोसन बृहत उर्ध्वभरणकर्ता सफ्टवेयरको प्रस्ताव गरेको छ। प्रयोगकर्ताहरूले श्रव्य दृश्यहरू वेबसाइट बिना नै उर्ध्वभरण गर्न अनुमति दिन्छ।[१९]

दर्शकहरूसम्पादन

अक्टोबर २०१२ मा, डेलीमोसनले विश्वभरबाट प्रति महिना ११,००,००,००० आगन्तुकहरू प्राप्त गरेको थियो जसमा १ करोड २० लाख मोबाइल फ्रान्सेली मोबाइल प्रयोगकर्ताहरू रहेका थिए। यस श्रव्य दृश्य मञ्चले युरोपमा ३९.२%, एसियामा २६.९% र उत्तर अमेरिकामा १६.४% दर्शकहरू प्राप्त गरेको थियो।[२०]

अप्रिल २०१५ मा, साइटमा १४८ मिलियन अद्वितीय आगन्तुकहरू रहेका थिए। सन् २०१७ मा, दर्शकहरू विगतका वर्षहरूको तुलनामा कम रहेका छन्। सन् २०१८ सम्ममा, यसमा ३० करोड मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।[२१].

डेलीमोसनमा प्रतिबन्धसम्पादन

मे २०१२ मा, डेलीमोसन माथि भारतले प्रतिबन्ध लगाएको थियो[२२] तर जून २०१२ मा, भारतले प्रतिबन्ध फुकुवा गरेको थियो। मद्रासको उच्च न्यायलयले पहिलेको आदेशलाई परिवर्तन गर्दै, अवैध रूपमा प्रतिलिपि अधिकार सामग्री लिने मात्र विशिष्ट युआरएल प्रतिबन्ध गरिएको र सम्पूर्ण वेबसाइट भने प्रतिबन्धमा नपरेको कुरा बताएको थियो।[२३] भारतमा डेलीमोसन पुनः डिसेम्बर २०१४ मा प्रतिबन्धित भएको थियो, सरकारको चासोको कारणले गर्दा साइट आइएसआइएस प्रचार सम्बन्धी भिडियोहरू साझेदारी हुन सक्ने भन्दै यसलाई पुन प्रतिबन्ध गरिएको थियो। तथापि, ३१ डिसेम्बरमा भारतले डेलीमोसनमा लागेको प्रतिबन्ध फुकुवा गरेको थियो।[२४]

अगष्ट २०११ देखि डेलीमोसन कजाखस्तानमा पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।[२५]

प्रतिलिपी अधिकार प्रकरणसम्पादन

जुन २००७ मा, डेलीमोसननले पेरिस उच्च अदालतद्वारा प्रतिलिपि अधिकार अतिक्रमण विषयको लागि जवाफदेही नरहेको पाएको थियो। न्यायाधीशहरूले डेभेलिमोसनलाई एक साझेदारी प्रदायक रहेको र प्रकाशक नरहेको कुरा बताएका थिए। यस साइटमा अवैध सामग्रीहरूको उपस्थित रहेका कारण यसले प्रतिलिपि अधिकार उल्लङ्घनका लागि उत्तरदायी हुनुपर्ने कुरा पनि न्यायाधीशहरूले बताएका थिए। यस्ता अवैध प्रतिलिपि अधिकार युक्त सामग्रीहरू डेलीमोसनकै प्रयोगकर्ताहरूद्वारा डेलीमोसनमै उर्ध्वभरण कुराको पनि जानकारी दिएका थिए। पेरिसीयाली न्यायाधीशहरूले डेलीमोसनलाई थाहा हुँदाहुदै पनि अवैध भिडियोहरू यसको साइटमा अनलाइन राखेका कारण, यो प्रतिलिपि अधिकार उल्लङ्घनका कार्यहरूको लागि उत्तरदायी हुनुपर्छ कुरा जानकारी दिएका थिए। [२६]

डिसेम्बर २०१४ मा, पेरिस न्यायलयले डेलीमोसनलाई प्रतिलिपी अधिकार अतिक्रमण गरेकोमा १.३ मिलियन युरो जरिवाना लगाएको थियो। पेरिसको उजुर न्यायलयले फ्रान्सेली दूर्दशन टिएफ१ र समाचार च्यानल एलसीआईको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको भेट्टाएको थियो। डेलीमोसनले टिएफ१ को सामग्री अवैध रूपमा अनलाइनमा हालेकोको विषयमा प्रतिलिपी अधिकार उल्लङ्घन गर्न प्रयोगकर्तालाई कार्वाही नगरेको कुरा बताएका थियो।[२७]

सन् २०१७ मा, मुख्य उत्पादन र प्रविधि अधिकारी गुइलाउ क्लिमेण्टको अनुसार कम्पनीले मानव व्यवस्थापक र स्वचालित उपकरणहरूको संयोजनमा कार्य गर्दछ जुन प्रतिलिपि अधिकार धारक अधिकारहरू गन्तव्य भित्र सुरक्षित रहेका छन् र डेलीमोसनले दुई घण्टा भित्र संदिग्ध वा अवैध सामग्री हटाउन सक्षम हुने कुरा जानकारी दिएका थिए।[२८]

रुसको मस्कोमा रहेको मस्को सहरी अदालतले डेलीमोसनलाई स्थाई रूपमा प्रतिबन्ध गरेको छ।[२९] साइटले अवैध रूपमा दूर्दशन सामग्रीको पहुँच प्रदान गरेर रूसको प्रतिलिपि अधिकार कानून उल्लङ्घन गरेका कारण सन् २०१७ यता रुसमा डेलीमोसन पूर्ण रूपमा प्रतिबन्ध गरिएको हो।[३०]

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "डेलीमोसन डटकम साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १० जनवरी २०२० 
  2. "Dailymotion – A proposito di Dailymotion", dailymotion.com (फ्रान्सेलीमा)। 
  3. "Dailymotion launches new platform with BBC News, Vice, Cheddar as partners", फाउण्डरिमोट डटकम, अन्तिम पहुँच २७ नोभेम्बर २०१७ 
  4. स्पाङ्गलर, टोड (१० अप्रिल २०१७), "Dailymotion Plans Major Relaunch, Focused on Premium Content and Sidelining User Videos", भेराइटी, अन्तिम पहुँच २७ नोभेम्बर २०१७ 
  5. Philippe Guerrier (२००६-०९-०७), "Web 2.0 : Dailymotion.com a les coudées franches pour conquérir l'Europe", vnunet.fr (फ्रान्सेलीमा), अन्तिम पहुँच २०१८-०३-२९ 
  6. "Vivendi acquiert 10% supplémentaires de Dailymotion auprès d'Orange", Challenges, २ सेप्टेम्बर २०१५, अन्तिम पहुँच २ मे २०१६ 
  7. Les grandes manœuvres du Net, Le Blog Finance, 8 avril 2013
  8. "डेलीमोसनको बारेमा ओरेञ्ज र माइक्रोसफ्टको छलफल", अन्तर्राष्ट्रिय प्रविधि, अन्तिम पहुँच २६ फेब्रुअरी २०१४ 
  9. "Orange valorise Dailymotion à 120 millions d'euros", २५ जनवरी २०११। 
  10. "Augmentation de la participation de Vivendi dans dailymotion", डेलीमोसन प्रेस, अन्तिम पहुँच १६ अप्रिल २०१६ 
  11. Le plan de Vivendi pour relancer Dailymotion, Les Echos, १७ जनवरी २०१७
  12. "DAILYMOTION à PARIS 17 (75017), bilan gratuit 2016, sur SOCIETE.COM (483487112)", www.societe.com (फ्रान्सेलीमा), अन्तिम पहुँच २०१८-११-२२ 
  13. "Dailymotion: La plateforme victime d'une «attaque informatique à grande échelle»", fr.news.yahoo.com (फ्रान्सको फ्रान्सेलीमा), अन्तिम पहुँच २०१९-०१-२९ 
  14. "उर्ध्वभरण र अन्य सुबिधाहरू", डेलीमोसन सहयोग केन्द्र, अन्तिम पहुँच ३० जून २०१६ 
  15. "Dailymotion lance son "cloud", stockage et diffusion de vidéos pour entreprises", १३ अक्टोबर २०१०। 
  16. https://support.dmcloud.net/entries/72975315-Dates-cl%C3%A9s
  17. "Dailymotion et MSN unissent leurs forces", lesechos.fr, १० जनवरी २०१२। 
  18. Hugo Sedouramane (१४ फेब्रुअरी २०१३), "Dailymotion choisit Cleeng pour monétiser son offre OpenVOD", JDN.fr, अन्तिम पहुँच ११ अप्रिल २०१५ 
  19. https://www.dailymotion.com/fr/extras/mass_uploader
  20. Frédéric Simottel (१७ फेब्रुअरी २०१७), "Dailymotion, site internet français dans le monde", BFM Business (फ्रान्सेलीमा), अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  21. "Les résultats de Dailymotion en chute libre", bfmtv.com (फ्रान्सेलीमा), अन्तिम पहुँच १० जनवरी २०२० 
  22. टिएनएन (१८ मे २०१२), "अदालतको अादेशमा श्रव्य दृश्य साझेदारी सेवा माथि प्रतिबन्ध", लेखहरू द टाइम्स अफ इण्डिया द टाइम्स अफ इण्डिया., अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  23. "भारतले भिडियो साझेदारी सेवा द प्राइभेट बे र अरूलाई पनि प्रतिबन्ध फुकुवा गरेको छ", बिबिसी, २२ जून २०१२, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  24. जोस स्टोन (३१ डिसेम्बर २०१४), "भिमियो, डेलीमोसन लगायतका वेबसाइटहरूबाट भारत-विरोधी सामग्रीहरू फेला", इण्टरनेसनल बिजनेस टाइम्स 
  25. "Сокращенное решение Сарыаркинского районного суда города Астаны от 8 августа 2011 года № 2-4780/2011", जाकोन डटकेजेट, ११ अगष्ट २०११, अन्तिम पहुँच २७ नोभेम्बर २०१२ 
  26. "पेरिस न्यायलयले डेलीमोसनलाई प्रतिलिपी अधिकार अतिक्रमण गरेकोमा १.३ मिलियन युरो जरिवाना लगाएको छ", डिजिटल टिभी युरोप डटनेट, ४ डिसेम्बर २०१४, अन्तिम पहुँच १० सेप्टेम्बर २०१५ 
  27. "डेलीमोसन: प्रतिलिपी अधिकार उल्लङ्घन", जुरिसकम डटनेट, १८ जुलाई २००७, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
  28. ड्रेइयर, ट्रोए (३१ अक्टोबर २०१७), "डेलीमोसनको अमेरिकामा पुन सुरुवात", स्ट्रिमिङ सञ्चार माध्यम पत्रिका, अन्तिम पहुँच २७ नोभेम्बर २०१७ 
  29. "Роскомнадзор заблокировал Dailymotion", «rns.online», २८ ЯНВАРЯ २०१७, अन्तिम पहुँच २०१७-०१-२९ 
  30. И. И. Басыров (२ декабря २०१६), "Решение Московского городского суда от 02.12.2016 по делу № 3-1184/2016 Требование: О защите исключительных прав на аудиовизуальное произведение «Пацанки», размещенное на сайте... www.dailymotion.com", Московский городской суд. Дело № 3-1184/2016, consultant.ru, "„решил: … Ограничить на постоянной основе доступ к сайту ... www.dailymotion.com.“" 

बाह्य सूत्रहरूसम्पादन