डा. हृषिकेश उपाध्याय (१९८८-२०६७) पेसाले स्वास्थ्यको डाक्टर भएता पनि उनी साहित्यकार एवं समालोचक हुन् । उनको थर मरहठ्ठा हो, तर उनी उपाध्याय उपनामले परिचित छन् । उनी दुर्गाप्रसाद उपाध्याय र वेदकुमारी उपाध्यायका छोराका रूपमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका थिए । पछिल्लो समय झापा जिल्लाको भद्रपुरलाई आफ्नो कर्म थलो बनाएका उपाध्यायका फुटकर रूपमा प्रशस्त लेखरचनाहरू प्रकाशित छन् भने पुस्तकाकार रूपमा यिनका प्रकाशित कृतिहरू यसप्रकार छन्-

  1. बगैचा (कवितासङ्ग्रह २०२०)
  2. धरतीको वारिस भएर (कवितासङ्ग्रह २०३२)
  3. केही स्रष्टा : द्रष्टाको दृष्टिमा (समालोचना सङ्ग्रह (२०५६)
  4. प्रस्थानविन्दु (विविध रचनाहरूको सङ्ग्रह २०५९)[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. सुवेदी, राजेन्द्र (२०६१), नेपाली समालोचना परम्परा र प्रवृत्ति, वाराणसी : भूमिका प्रकाशन