डंसिली गाउँ
डंसिली नेपालको सुदूर पश्चिम प्रदेशमा पर्ने महाकाली अञ्चलको बैतडी जिल्ला अन्तरगतको पाटन नगरपालिका वडा न ०१ मा पर्ने गाउँ,टोलको नाम हो। यो गाउँ दुर्गम क्षेत्र भएपनि विकासोन्मुख तिर बढदै गैरहेको छ । डङसिली गाउँ डडेल्धुरा जिल्लाको सिमाना सँग जोडिएको गाउँ हो। यो गाउँ उत्तरमा डडेल्धुराको सिमना दक्षिण मागरेडा पूर्वमा डडेलधुरा को डडेल्धुराको सिमना संग जोडिएको छ भने पश्चिम मा पनि पाटन नगरपालिकाकै लदौली गाउँ सँग नै जोडिएको छ। डङसिली गाउँ लगायत पाटन नगरपालिकाको पुरै वडाहरूमा यातायात र बिजुलिबत्ति संचालन भैसकेको छ ।
नेपालको नक्सामा डंसिली गाउँ | |
---|---|
देश | ![]() |
अञ्चल | महाकाली |
जिल्ला | बैतडी |
जनसङ्ख्या (२०५८) | |
• जम्मा | २१३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
नामाकरणसम्पादन
परापूर्व कालमा यो क्षेत्रको डाँडाहरूमा शिला पाइने हुँदा डाँडाशिला भन्न थालिएको अनि बिस्तारै पछि डाँडासिला अपभ्रंस हुँदै डङसिली रहनगएको हो भन्ने कथन रहेको छ ।[१]
भगौलिक अबस्थासम्पादन
- जनसङ्ख्या -४३२
- धर्म -हिन्दु
कैलपाल ९ डङसिली पहाडी क्षेत्र हो ।यहाँको हावापानी मध्यम खालको छ। हिउँदमा हिउँ पनि पर्ने गर्दछ।
धार्मिक तथा पर्यटक स्थलसम्पादन
बैतडी जिल्ला को प्राकृतिक सम्पदाको सुचिमा सूचीकरण भैसकेको गणेश धुरा पर्वत यसै डङसिली गाउँ मा पर्छ ।गणेश धुरा पर्वत डङसिली देखी १घण्टा दक्षिण-पुर्ब पट्टी ठाडो खुड्किला उक्लेर पुग्न सकिन्छ ।
यस गाउँमा जोलखाली टोल को पश्चिम सानो डाडा मा शिव पर्वती मन्दिर रहेको छ। यो मन्दिर मा हरेक महाशिवरात्रीमा पुजाआजाका साथ धुमधामसँग मेला पनि लाग्ने गर्दछ ।
डङसिली गाउँका टोलहरुसम्पादन
शिक्षासम्पादन
यो गाउँमा निम्न माध्यमिक तह सम्मको श्री कैलाश निम्न माध्यमिक स्कुल रहेको छ। जसमा ३ जना शिक्षक स्थाइ ,२ जना राहत र ३ जना निजि स्रोत का शिक्षक भने माध्यमिक र उच्च शिक्षा को लागि गा.वि.स.को केन्द्रबिन्दु रहेको किम्तोली मा श्री उदयदेब उच्च माध्यमिक बिद्यालय रहेको छ । साथै यहाँबाट विद्यार्थीहरु अद्ययन को लागि विभिन्न ठाँउ मा जाने गरेका छन।
धर्मसम्पादन
यो गाउँ का मानिसहरु सबै हिन्दु धर्म नै मान्ने गर्छन ।यस गाउँ मा
आदि जातिको बसोबास रहेको छ।
ब्यापारसम्पादन
यस को केन्द्रबिन्दु मानिने सिलङ्गारुख चौराहा मा सामान्य बजार छ जसमा घरायसी प्रयोग हुने सम्पुर्ण खुद्रा सामानहरू पाइन्छन्। अरु थप किनबेच को लागि १घण्टा पैदल लाग्ने पाटन बजार, आनारखोली, डडेल्धुरा आदि ठाँउ जानुपर्ने हुन्छ ।
पेशासम्पादन
यो गाउँ का मानिसहरू
हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ गाउँले कथन