टिकाचौर (Tikachaur) नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्र, भेरी अञ्चल, जाजरकोट जिल्ला पजारु ९ अन्तर्गत हाल छेडागाड नगरपालिकाको वडा नं. ७ मा पर्ने एक सुन्दर पहाडी गाउँ हो । आर्थिक, सामाजिक ,भौतिक विकास तथा शैक्षिक तवरले पछाडि परेका खास गरी मगर खाम भाषा बोल्ने पुन, रोका ,बुढा आदि थरका मगरहरूको वसाइँ रहेको छ। अन्दाजी (६५-७०) घरदुरी र (४००-५००) जनसंख्या रहेको छ।