टाङ्टिङ
खोला
टाङ्गटिङ्ग खोला (अङ्ग्रेजी: TangTing River) पूर्वी नेपालको मेची अञ्चलमा रहेको एउटा खोला हो। यसको मुहान इलाम जिल्लाको लक्ष्मीपुर गाविस र शान्तिपुर गाविसमा पर्छ। यो खोला इलामबाट झापा तर्फ बग्छ। यो खोलाले इलाम र झापा जिल्लाको विभिन्न गाउँहरूमा सिंचाइ पुर्याएको छ। यो खोलामा साकाले खोला, खानी खोला, बाबियो खोला, धोबी खोला जस्ता साना खोला मिसिन्छन। अन्त्यमा यो खोला बिरिङ खोलामा गएर मिसिन्छ।