झाडग्राम जिल्ला (बङ्गाली: ঝাড়গ্রাম জেলা) भारतको पश्चिम बङ्गाल राज्यको एक जिल्ला हो। यो जिल्ला जङ्गली सुन्दरता र उत्तरपश्चिमा काङ्क्रोजर र दक्षिणमा सुवर्णरेखाको पहाडी पर्वतहरूको लागि परिचित छ। यस जिल्लाका जङ्गल, प्राचीन मन्दिरहरू, शाही दरबारहरू र लोक सङ्गीत स्थल भ्रमण गर्ने पर्यटकहरूको लागि एक प्रमुख गन्तव्य स्थल हो गन्तव्य हो।[१] यो जिल्ला ४ अप्रिल २०१७ का दिन पश्चिम बङ्गाल राज्यको जिल्ला पश्चिम मदिनापुर दुई भागमा विभाजन भएपछि स्थापना हुँदै पश्चिम बङ्गाल राज्यको २२अौँ जिल्ला बनेको थियो।[२] यस जिल्लाको सदरमुकाम झाडग्राम सहर हो।

झाडग्राम जिल्ला
पश्चिम बङ्गालको जिल्ला
पश्चिम बङ्गालमा झाडग्राम जिल्लाको अवस्थितिको अवस्थिति
पश्चिम बङ्गालमा झाडग्राम जिल्लाको अवस्थिति
देशभारत
राज्यपश्चिम बङ्गाल
विभागमदिनापुर विभाग
सदरमुकामझाडग्राम
तहसिलझाडग्राम सदर उपविभाग
क्षेत्रफल
 • जम्मा३,०३७.६४ किमी (११७२.८४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१,१३६,५४८
 • घनत्व३७०/किमी (९७०/वर्ग माइल)
 • सहरी
६१,७१२
जनशाङ्खिकि
 • साक्षरता७०.९२%
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटhttps://jhargram.gov.in

भूगोल सम्पादन गर्नुहोस्

झाडग्राम जिल्ला भारतको पश्चिम बङ्गाल राज्यको एक जिल्ला हो। यो जिल्ला २२°४५' उत्तर अक्षांश र ८६°९८' पूर्वी देशान्तरणमा अवस्थित छ। [३] झाडग्राम जिल्लाले भारतको कुल क्षेत्रफल मध्ये ३०३७.६४ वर्ग किलोमिटर ओगटेको छ। यो जिल्ला समुन्द्री सतहबाट ८० मिटर उचाईमा अवस्थित छ। [४]

उचाई सम्पादन गर्नुहोस्

यस जिल्लाको प्रमुख भूमिको स्वरुप पूर्व तिर सामान्य ढलान रहेको छ। पहाडी क्षेत्र इलाकाको उत्तर-पश्चिमी भागमा देखा पर्दछ। काङ्कराजहोरे क्षेत्रको ३०० मिटरको उचाई उच्च रहेको छ र गोपीबल्लवपुर सबैभन्दा कम उचाई ६५ मिटर रहेको छ। झाडग्राम सहरको उचाई ८० मिटरको आसपासमा रहेको छ। विभाग भित्र भूमि को ढलानमा सामान्य भिन्नता रहेको छ।

मौसम सम्पादन गर्नुहोस्

झाडग्राम जिल्लामा (झाडग्राम वन विभाग) वार्सिक अौसत १४०० मिलिमिटर पानी पर्ने गर्दछ। दक्षिण पश्चिम मौसमका कारण वर्षा ऋतु जुन देखि सेप्टेम्बर महिना सम्म चल्छ भने यस जिल्लामा जुलाई र अगष्ट महिनामा सर्वाधिक पानी पर्ने गरेको छ। अक्टोबरदेखि वर्षा कम हुँदै जान्छ र सुख्खा हिउँद महिना शुरू हुन्छ। सुख्खा मौसम मे महिना सम्म रहन्छ यद्यपि यो समयमा यस जिल्लाका केही स्थानहरूमा फाटपुट वर्षा हुने गरेको छ।

झाडग्राम, भारतको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) १६
(६१)
२१
(७०)
३२
(९०)
३८
(१००)
३९
(१०२)
३६
(९७)
३०
(८६)
३०
(८६)
३०
(८६)
३१
(८८)
१९
(६६)
१७
(६३)
३०
(८६)
न्यूनतम औसत °से (°फे)
(४१)
१०
(५०)
२१
(७०)
२५
(७७)
२७
(८१)
२७
(८१)
२३
(७३)
२३
(७३)
२२
(७२)
२१
(७०)

(४५)

(४३)
२२
(७२)
औसत वर्षा मिमी (इन्च) ९.८
(०.३९)
८.३
(०.३३)
१९.४
(०.७६)
५७.७
(२.२७)
७४.९
(२.९५)
१७२.८
(६.८०)
३३४.९
(१३.१९)
३३२.७
(१३.१०)
१८५.८
(७.३१)
१०४.५
(४.११)
८.७
(०.३४)
५.९
(०.२३)
१,००७.४
(३९.६६)
स्रोत: Weatherbase[५]

प्रशासन सम्पादन गर्नुहोस्

झाडग्राम जिल्लामा १० प्रहरी चौकी, ८ सामुदायिक विकास खण्ड, ८ पञ्चायत समितिस, ७९ ग्राम पञ्चायत समिति, २९९६ मौजा, २५१३ गाउँहरू, १ नगरपालिका, १ जनगणना नगर सहित एक नगरपालिका रहेको छ। यस जिल्लाको जनगणना सहर सिल्डा हो। झाडग्राम उपविभागको एक मात्र उपखण्डको झाडग्राममा सदरमुकाम रहेको छ।[६][७]

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यस जिल्ला मुख्य अर्थव्यवस्था व्यवसाय र कृषिमा निर्भर छ। यहाँका केही मानिसहरू सरकारी कर्मचारी, केही विद्यालय शिक्षक र केही निजी क्षेत्रमा कार्यरत छन्।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. https://www.paschimmedinipur.gov.in/tourism/index.php
  2. "Jhargram to be state's 22nd district on April 4", मिलेनियम पोष्ट, अन्तिम पहुँच ४ अप्रिल २०१७ 
  3. "District Statistical Handbook 2014 Paschim Medinipur", Table 2.2, 2.2(b), 2.9, साङ्ख्यिकी तथा कार्यक्रम कार्यान्वयन विभाग, पश्चिम बङ्गाल सरकार, मूलबाट २९ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१६ 
  4. "District Human Development Report: Paschim Medinipur", page 4 (About Paschim Medinipur), page 26 (Predominant Soil), pages 265- 268 (Identification of Flood prone areas, Names of drought prone blocks), विकास तथा योजना विभाग, पश्चिम बङ्गाल सरकार, सन् २०११, अन्तिम पहुँच २ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २९ मार्च २०१७ मिति
  5. "वेदरबेस: झाडग्राम भारतको ऐतिहासिक मौसम", वेदरबेस, अन्तिम पहुँच १ अप्रिल २०१० 
  6. "District Statistical Handbook 2014 Paschim Medinipur", साङ्ख्यिकी तथा कार्यक्रम कार्यान्वयन विभाग, पश्चिम बङ्गाल सरकार, मूलबाट २९ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१६ 
  7. "Directory of District, Sub division, Panchayat Samiti/ Block and Gram Panchayats in West Bengal, March 2008", पश्चिम बङ्गाल, राष्ट्रिय जानकारी केन्द्र, भारत, २००८-०३-१९, मूलबाट २५ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्