मुख्य सूची खोल्नुहोस्

जोगी जाति नेपालको खस जतिके एक सिमान्तकृत समुदाय हो ।

विषयसूची

ऐतिहासिक पृष्ठभूमिसम्पादन

जोगी खस जाती के मैध्ये एक जाति हो। येस्को इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा प्रलेख भेटिएको छैन तथापी वुढापाकाहरूका अनसार जोगीहरूको आदिम वसोवासको थलो कुनै निश्चित थिएन र केही पछिको थलो चाहिँ नेपालको तेह्रथुम जिल्ला रहेको मानिन्छ । आदिम अवस्थामा जोगीहरू घुमन्ते 'गण' को रुपमा थिए । उनीहरूको कुनै स्थायी गाउँ वस्ती थिएन । आ-आफ्नो कूलको परिवारका विभिन्न गणको रुपमा जोगीहरूको वसोवास थियो । जङ्गलका प्राकृतिक आहार बटुलेर खाने त्यस युगमा ज्यादै ठूलो समूह एकै ठाउँमा बसी गुजारा गर्नु सम्भव थिएन । घुमन्ते जीवनयापनको क्रममा तिनै विभिन्न गणहरूको समूह 'जन' वा 'कविला'को रुपमा कुनै एक ठाउँमा भेला भई अस्थायी रुपमा बस्न पुगे । आफ्नो मूल गणवाट वनेका धेरै जन कविलाहरू विभिन्न ठाउँमा स्थायी घरवास वस्ति बसाली 'जाति'को रुपमा बस्न थाले । यसरी जोगीहरू इकाइगत रुपमा जन र सामुहिक रुपमा जातिको रुपमा तेह्रथुम जिल्लाको ओयाक्जुङ गाविसमा स्थायी वसोवास गरेको विश्वास गरिन्छ । जङ्गली अवस्थाको जीवनयापन गर्दा जङ्गलका प्राकृतिक आहार वटुलेर खाने जङ्गली जनावर मारेर खाने क्रममा जोगी जातिका मानिसले जङ्गली जनावर 'वराँठ' को सिङ्ग फुक्न सिके । त्यही सिङ्गलाई आजभोलि 'फेरी' भनिन्छ । रुद्राक्षका दाना र प्वाँलोहरू मालाको रुपमा भिर्न सिके । यसरी विभिन्न कूलका परिवार गण जन कविला हुँदै करिव १२ हजार वर्षभन्दा पहिले देखिनै जोगीहरू आदिवासीको रुपमा नेपालमा वस्दै आएको विश्वास छ । यिनीहरूको गण जन जातिको अवस्था देखिनै आफ्नो कूल जसलाई अहिले भैरुङ्ग भनिन्छ रहिआएको पाइन्छ । तसर्थ जोगी कामको आधारमा वर्ण व्यवस्थाले छुट्याएको समूह - जात नभई खास आदिवासी समुदाय जाति हो ।

जोगीहरू विशेष मन्त्र जप्दै कृष्णसारको सिङ्ग (फेरी) फुक्दै टाढा टाढा सम्म नयाँ नयाँ ठाउँ घुम्न जाने र रोग विरामले थलिएका मानिसलाई जडिवुटी खुवाएर र झारफुक गरेर निको पार्ने गर्न थाले । त्यस वापत उनीहरूले केही खानेकुरा अन्न पैसा पाउन थाले जसलाई भिक्षा दान भनियो । यसरी उनीहरूको जिविकोपार्जन फेरी फुकेरै हुन थाल्यो ।

जोगीहरू 'फेरी' फुक्दै टाढा टाढा सम्म पुग्ने र त्यही सिलसिलामा नयाँ-नयाँ ठाउँमा पुग्दा जुन ठाउँ मन पर्‍यो त्यही ठाउँमा आफ्ना परिवार र नातेदारलाई लिएर वसाईसराइ गरी घरजम गरेर वस्ने गरेकाले जोगीहरू नेपालको पूर्वाञ्चलका प्रायः सवै जिल्लाहरूमा केही न केही संख्यामा वसेको पाइन्छ । हाल जोगी जातिको वसोवास मुख्य रुपमा पूर्वाञ्चलका अधिकांश जिल्लाहरूमा रहेको पाइन्छ । जोगी जातिको यकिन र आधिकारिक जनसङ्ख्या थाहा नभएपनि नेपालमा लगभग १० हजारको हाराहारीमा जोगी जातिको जनसङ्ख्या रहेको अनुमान गरिएको छ ।[१]

जोगीहरूको परम्परागत भेषभुषासम्पादन

जोगी समुदायका पुरुषहरूले दौरा सुरुवाल शिरमा पहेँलो रङ्गको कपडाको फेटा र पटुकी लगाउने गर्दछन् । त्यस्तै घाँटीमा १०८ वटा रुद्राक्ष दानाको माला पहिरिने गर्दछन् भने महिलाहरूले पहेँलो रङ्गको कपडाको पटुकी वाँध्ने र घाँटीमा रातो रङ्गको प्वाँलोको माला लगाउने गर्दछन् । तर हिजोआज आधुनिक शैली र डिजाईनका पहिरनको प्रभावले यस्ता भेषभुषा धारण गर्नेहरू कमैमात्र भेटिन्छन् ।

जोगीहरूको भाषा लिपीसम्पादन

जोगीहरूको आफ्नै भाषा रहेको दावी वुढापाकाहरूले गर्ने गरेका छन् । वुढापाकाहरूलाई पनि आफ्नो भाषा वोल्न आउँदैन । ूफेरीू फुक्ने क्रममा जोगीहरूले जप्ने मन्त्रमा आफ्नो भाषाका केही अंशहरू प्रयोग हुने गरेको तर तिनको अर्थ के हो थाहा नभएको उनीहरूको भनाई छ । पुरानो पुस्तावाट पछिल्लो पुस्ताले मन्त्रोत्चारण गर्नमात्र सिकेको पाइन्छ । जोगी जातिको भाषाका केही शव्दहरू अवशेषको रुपमा यस जातिका केही वुढापाकाहरूले भन्ने गर्छन् । तसर्थ जोगी जातिको छुट्टै भाषा रहेको तर कालान्तरमा लोप भएको वुझ्न सकिन्छ ।

जोगीहरूको प्रकार र थरसम्पादन

जोगीहरूले आफ्नो थर लेख्दा लेखाउँदा अधिकांश रुपमा 'जोगी' प्रयोग गर्ने गरेका छन । केहीले लज्जावोध गरि वा वुढापाकाहरूले 'य'लाईनै 'ज'को रुपमा उच्चारण गर्ने गरेकाले जोगी र योगी एउटै हो भनि 'योगी' प्रयोग गर्ने गरेका छन तर जोगीहरू १०८ थरी वा प्रकारका रहेको पाइन्छ । जोगीहरूको थर/प्रकार छुट्याउने मुख्य आधार यिनीहरूको 'भैरुङ्ग' हो । यस जाति भित्र १०८ वटा 'भैरुङ्ग'हरू रहेका छन । बाल, काली, सेती, ज्वाला, काल, वज्र, वटुकी, भद्र, अग्नी, लोहासुर, ठिङ्गला जस्ता भैरुङ्गहरू हुन्छन् । यही भैरुङ्गलाई जोगीहरूले आफ्नो 'कूल' वा वंशको रुपमा मान्छन् । तरपनि जोगी जाति भित्रका 'थर'का सम्पूर्ण नामहरू अहिले सम्म पहिचान हुनसकेका छैनन । यद्यपी १०८ वटा भैरुङ्गका नामहरूलाईनै जॊगीको थरहरूको रुपमा लिन सकिन्छ । त्यस्तै गरी जोगीहरूको प्रकार केलाउनको लागि 'पाछा', 'शाखा' र 'गोत्र'को सहायता लिइन्छ । वैवाहिक प्रयोजनका लागि र वंश नाता-सम्वन्ध छुट्याउनको लागि जोगीहरूले यिनै भैरुङ्ग, पाछा, शाखा र गोत्र केलाउने गर्दछन ।

जोगीहरूको खानपान रहनसहनसम्पादन

जोगीहरू ढुंगा, माटो र काठले वनेका प्रायः धेरै वटा कोठाहरू भएको घर बनाउँछन । यिनीहरू आफ्नो सवैभन्दा माथिल्लो तलामा वर्षेनी कूल पूजा गर्ने गर्दछन । उक्त पूजा गर्ने ठाउँमा आफूले फुक्ने फेरीलाई नचलाएका वखत सुरक्षित रुपमा ठड्याएर राख्ने गर्दछन । जोगीहरू आफ्नो घरमा गाई, भैंसी, गोरु, बाख्रा, कुखुरा र सुँगुर/बंगुर पाल्ने गर्दछन । यिनीहरू खानामा दाल भात तरकारी ढिडो र रोटी खाने गर्दछन भने खसी कुखुरा र सुँगुर/वंगुरको मासु र जाँड, रक्सी जस्ता मादकपदार्थहरू समेत खाने गर्दछन । यिनीहरू आफ्नै घरमा जाँड रक्सी बनाउँछन । यिनीहरू विभिन्न अवसरमा आयोजना गरिने भोजभतेरमा जाँड, रक्सीको प्रयोग गर्ने गर्दछन । घरमा आफन्त तथा पाहुनाहरू आउँदा जाँड, रक्सी, कुखुरा तथा बंगुरको मासु खान दिएर स्वागत सत्कार गर्ने गर्दछन ।

जोगीहरूको मौलिक संस्कारहरूसम्पादन

रितिथिति र परम्परागत मूल्य मान्यताहरूसम्पादन

जोगीहरू हरेक वर्ष चण्डीपूर्णिमाको दिन हानै आफ्नो भैरुङ्गको पूजा धुमधामका साथ गर्ने गर्दछन । एउटै भैरुङ्ग मान्ने जोगीहरू एकै ठाउँमा भेला भई पूजा गरिने हँदा यो दिन जोगीहरूको ठाउँ-ठाउँमा विशेष जमघट हुने गर्दछ । भैरुङ्गको पूजामा जोगीहरूले भैरुङ्गको प्रकार अनुसार १ देखि ७ वटा सम्म बास्ने र फुल पार्ने उमेरका भाले र पोथी कुखुराहरूको वलि दिने गर्दछन । त्यस्तै पूजा सामग्रीको रुपमा १ राते र ३ राते जाँड चामलको पिठोबाट आगोको कोईला र खरानीमा पकाईएको रोटी, चामलको पिठोबाट तेलमा पकाईएको बाबर र चामलको प्रयोग गरिन्छ । त्यस्तै भैरङ्गको पूजा गर्दा गाईको घ्यू र धुपीको पातले धूपध्वाँर गरिन्छ । यसरी शुरुमा धुपध्वाँर गर्दा, वली दिँदा पूजा सम्पन्न गर्दा फेरी बजाउने गरिन्छ । त्यस्तै वेलुका पुनः धुपध्वाँर गर्दा र पूजासामग्री विसर्जन गर्दा पनि फेरी बजाउने गरिन्छ । यसरी भैरुङ्गको पूजा अवधिमा ५ पटक फेरी बजाउने गरिन्छ । यो पूजाको दिन एउटै भैरुङ्ग मान्ने जोगीहरूले आ-आफ्नो घरवाट वलि दिनका लागि कुखुरा लिएर आउने हुनाले तीनै कुखुराहरू काटी पकाएर सवै मिलि भोज खाने गर्दछन । यो दिन उनीहरू जाँड, रक्सी समेत खाँदै खुव रमाईलो गर्ने गर्दछन । यो दिन उनीहरू एक अर्कामा दुःख सुख साटासाट गर्दै मारुनी नाच समेत नाच्दछन । यो दिन यिनीहरू मान्यजनहरूबाट टीका प्रसाद र दक्षिणा समेत ग्रहण गर्ने गर्दछन । यो जातिका मानिसहरू खेती गर्ने अघि र खेतीपछि चैत्र र कार्तिक महिनामा भूमिको पूजा गर्ने गर्दछन । हरेक चण्डीपूर्णीमाको भोलिपल्ट बिहान घर नजिकैको दोवाटोमा कूल पूजाको सामग्र्री विसर्जन गर्ने वेलामा वर्षभरी रोगव्याधि हैजा नआओस भन्ने मान्यताले सहक पूजा गर्ने गर्दछन् । जोगीहरू आफ्नो मौलिक सँस्कृति÷परम्पराको रुपमा हरेक वर्ष कार्तिक र चैत्र महिनामा मात्र टाढा-टाढासम्म फेरी फुक्नका लागि जाने गर्दछन । फेरी फुक्ने क्रममा यिनीहरू घरको ४ वटा सुरमा, मूल ढोकामा र घरभित्रको मूल वीचको थाममा उभिएर फेरी फुक्ने गर्दछन । फेरी फुक्दा कसैसँग नवोल्ने प्रचलन रहेको छ । यसरी वर्षको २ पटक फेरी फुक्नाले घरमा भुतप्रेत नलाग्ने परिवारका सदस्यहरूलाई रोगव्याध नलाग्ने र ग्रहदशाहरू टरेर जाने घरमा सहले वास गर्ने धार्मिक विश्वास रहेको पाइन्छ । जोगीहरू फेरी फुकेको भोलिपल्ट दिउँसो घरघरमा गई भिक्षादान लिने गर्दछन । जोगीहरूलाई अन्य समुदायले झारफुक गर्न लगाउने र भविश्यवेत्ताको रुपमा समेत लिने गरेको पाइन्छ । जोगी जातिका हरेक पुरुष सदस्यहरूले जीवनमा अनिवार्य रुपमा एक पटक फेरी फुकेर हिड्नुपर्ने परम्परागत मान्यता रहेको छ । यस जातिका परिवारका सदस्यहरू विरामी पर्दा सवभन्दा पहिले आफ्नो कूलको पूजा गर्ने र आफ्नै जातिभित्रका झाँक्रीलाई फुक्न लगाउने चलन रहेको छ । त्यसपछि मात्र अन्य उपायहरू अपनाउने गरिन्छ । यस जातिभित्र महिलाहरू महिनावारि हुँदा नवार्ने चलन रहेको छ भने महिलाहरूले पेवा निजि सम्पत्ति आर्जन गर्ने र आफ्नो इच्छानुसार भोगचलन गर्न पाउने स्वतन्त्रता रहेको छ । जोगीहरू र रिमालहरू एकअर्कामा वोलचाल तथा अन्य व्यवहारहरू गर्नुहुँदैन र एकअर्काको पाइला समेत टेकिनु हुँदैन भन्ने परम्परागत मान्यता रहेको पाइन्छ । तर समयको गतिसँगै आजकल यो परम्परागत मान्यता पूर्णतः हटिसकेको छ । हाल जोगी र रिमालहरूको वीचमा सौहार्दपूर्ण रुपमा वोलचाल तथा अन्य व्यवहारहरू हुनेगरेको छ ।

जोगीहरूले मनाउने चाडपर्वहरूसम्पादन

जोगीहरूले आफ्नो मुख्य र महत्वपूर्ण चाडको रुपमा चण्डीपूर्णिमालाई मनाउने गर्दछन । यसका अतिरिक्त साउने संक्रान्तिमाघे संक्रान्तिलाई पनि महत्वपूर्ण चाडको रुपमा मनाउने गर्दछन । यी पर्वहरूमा जोगीहरू आफ्ना नातेदारहरू एकै ठाउँमा भेला भई मिठोमसिनो खाने दुःख सुख साटासाट गर्ने र रमाईलो गर्ने गर्दछन । यस वाहेक अधिकांश नेपालीहरूले मनाउने चाडहरूदशैंतिहार पनि मनाउने गर्दछन ।

जोगीहरूको जन्म संस्कारसम्पादन

यस जातिमा पहिलो बच्चा जन्मँदा जन्मने वित्तिकै बच्चाको निधारमा बावुले भिजेको चामल र फुलको टिका लगाईदिएर धर्तीमा स्वागत गर्ने परम्परा रहेको छ । बच्चा जन्मेको ५ दिनका दिन न्वारान गर्ने प्रचलन रहेको छ । न्वारान गर्दा एउटा भाले, एउटा पोथी, सात रङ्गको धागो, मकैको पिठोको रोटी तथा अण्डा पहिलो बच्चा भए १/१ वटा दोस्रो भए २/२ वटा तथा एवं रितले र फूलहरू पूजा सामग्रीको रुपमा चाहिन्छ । आमा र बच्चालाई सात रङ्गको धागोले एक अर्कालाई वाँधी बच्चाको नामाकरण गरिन्छ । यसरी नामाकरण गर्दा जेठा मामाले निजको अनुपस्थितिमा अन्य मामाले फेरी फुक्ने चलन रहेको छ । न्वारानमा बच्चाको बावुले पूजा गर्नुपर्दछ । बच्चा जन्मेको ६ महिना पछि बच्चालाई अन्नप्राशन गराईन्छ । यस अवसरमा जेठा मामाले बच्चाको केश काटिदिने र पाकेको खानालाई बच्चाको मुखमा ३ पटक सम्म छुवाउने र त्यसपछि आमाले खुवाईदिने चलन रहेको छ । न्वारान तथा अन्नप्राशानको अवसरमा आफ्ना दाजुभाइहरू, माइती, मावली, नातेदार/आफन्त तथा छरछिमेकी र शुभचिन्तकहरूलाई बोलाएर भोज जाँड, रक्सी, मासु, खाना आदि खुवाउने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ । सुत्केरी भएको २१ दिनपछि माइतीले छोरीचेलीलाई घर लैजाने वा मिठो मसिनो खानेकुरा ल्याएर ख्वाउने चलन रहेको छ ।

जोगीहरूको विवाह संस्कारसम्पादन

जोगीहरूमा मागी विवाह र केटाकेटी विचको आपसि सहमतिमा प्रेम विवाह गर्ने चलन रहेको छ । केटाले केटी माग्न जाँदा ३ बोतल रक्सी लिएर जाने प्रचलन छ । दुवै तर्फको पारिवारिक एवं केटा-केटी वीच सहमति भएमा रित स्वरुप पैसा केटी पक्षका अभिभावकले लिने गर्दछन । केटी मञ्जुर भई जेठा मामाले स्वीकृति दिएमा केटीले रक्सी र रितलाई फूल, अक्षताले पूजा गरिसके पछि केटा र केटीवीच फूलमाला गरिन्छ र तोकिएको साइतमा जन्ति लिएर बेहुली लिन बेहुला जाने गर्छन । तर रित स्वरुप पैसा लिने परम्परा विस्तारै छोड्दै गएको पाइन्छ । विवाहमा नौमति बाजा बजाउने गरिन्छ । विवाहमा सिन्दुर पोते लगाउने गोडा धुने र उपहारहरू दिने चलन रहेको छ । विवाहको सवै कर्मकाण्डहरू व्राह्मण पुरोहितद्वारा गरिन्छ । विवाह पछि बेहुली लिएर जाँदा रक्सी र खसी सुँगुर/बंगुरको साँप्राको मासु लानुपर्ने चलन रहेको पाइन्छ । यस जातिमा जेठा मामा वाहेक अन्य मामाका छोरीहरू सँग विवाह गर्ने परम्परा रहेको छ तर फुपूको छोरीहरूसँग विवाह गर्न नपाईने चलन रहेको छ । तर यो चलन विस्तारै हराउँदै गएको छ । त्यस्तै सहज पहुँचगम्य स्थलमा विवाहका लागि कटुम्व नपाइएमा आफ्नै वंश भित्र ७ पुस्ताको अन्तरमा विवाह गर्ने चलन रहेको छ । यस जातिमा विवाह पछि ज्वाइँ सशुराली घरमा वस्ने परम्परा पनि रहि आएको छ । तर आजभोलि यो चलन नगण्य रुपमा मात्र रहेको छ ।

जोगीहरूको मृत्यु संस्कारसम्पादन

जोगी जातिमा परम्परा अनसार मान्छे मर्दा शवयात्रामा शङ्ख नबजाउने चलन रहेको पाइन्छ । लास उठाउने बेलामा पुर्ने वेलामा र दाहसँस्कार अन्त्य हुँदा ३ पटक विशेष मन्त्रका साथ फेरी फुक्ने चलन रहेको छ । शवलाई अन्त्येष्टिका लागि लानु अघि लासलाई सफा पानीले मात्र नुहाईदिने, नयाँ कपडा लगाईदिने, जेठा छोराले सेतो कुनै फूल शिरमा राखिदिने र सेतो कपडाको कात्रोले बेर्ने चलन रहेको छ । शवलाई नजलाई जंगलमा लगेर खाल्डो खनी, साल वा अन्य कडा काठको बाकसमा उत्तरतर्फ टाउकोको अघिल्तिरको भाग फर्काई दुई हात जोडेर शवलाई बसाएर पुर्ने प्रचलन रहेको पाइन्छ । शव पुर्दा पहिलो पटक जेठा छोराले माटो हाल्ने र त्यस पछि जोगी जातिका मानिसले मात्र माटो हाली शव राखिएको वाकस नदेखिने गरी एकसरो पुरे पछि मात्र अन्य जातिका मानिसहरूले पुर्न पाउँछन । लासलाई अन्य जातिका मानिसले छुन पाइँदैन । यस्तो शङ्ख नवजाउने र खाल्डोमा शवलाई बसाएर पुर्ने चलन भने अहिले हट्दै गएको पाइन्छ । मर्दा शङ्ख बजाउने र शवलाई जलाउने चलन बढेको छ । मृतकको सम्झनामा मरेकै दिन १ दिन वा १३ दिनसम्म सवै छोरा र छोरीहरूले किरिया वार्ने चलन रहेको छ । किरिया सकेपछि केहीपनि नवार्ने तर मृत्यु भएको १ वर्षपछि मृतकको सम्झनामा श्रद्धान्जली कार्यक्रम गरी शुद्ध्याई गरिन्छ ।

धार्मिक आस्था/परम्परा/संस्कारसम्पादन

जोगीहरू वौद्ध र हिन्दू धर्मप्रति वढि आस्थावान् देखिन्छन् । यो जातिका मानिसहरू विभिन्न धार्मिक समुदाय र परम्परा सँस्कार प्रति सद्भाव राख्दछन् र सम्मानजनक व्यवहार गर्दछन् । जोगीहरूमा धार्मिक निरपेक्षताको भावना देखिन्छ । यिनीहरूमध्ये कसैकसैले शिवजी लाई पनि पूजा गर्ने गर्दछन् ।

शारीरिक वनावटसम्पादन

जोगीहरू प्रायः गहुँगोरो वर्णका हुन्छन् । यिनीहरूको अनुहारको मोहडा केही गोलाकार खालको हुने गर्दछ । खासगरी यिनीहरूको नाक अन्य आदिवासी जनजाति समुदायका मानिसहरूको झैँ थेप्चो खालको हुन्छ । यिनीहरूको सरदर उचाई ५ फिट २ इन्च हुन्छ । यिनीहरूको शरिर केही मोटोघाटो हुन्छ ।

पेशासम्पादन

जोगीहरूको मुख्य पेशा कृषिनै हो । यसका अतिरिक्त यस जातिका मानिसहरू पशुपालन तथा डोको, नाम्लो, थुन्चे, डालो, मान्द्रो, चित्रा, नाङ्लो, भकारी आदि वेतबाँसका सामग्रीहरू बनाउने गर्दछन । यस जातिका मानिसहरू सरकारी, गैर सरकारी एवं औद्योगिक रोजगारी र व्यापार व्यवसायमा अत्यन्त न्यून संख्यामा मात्र संलग्न रहेका छन । हाल आएर यिनीहरूले गरिवीको कारण फेरी फुक्ने मौलिक परम्परालाई नै जीविकोपार्जनको पेशा बनाएको पाइन्छ । पछिल्लो समयमा आएर फेरी फुक्ने पेशा विकृत र असुरक्षित हुन थालेपछि विकल्पको रुपमा यिनीहरू वैदेशिक रोजगारी तर्फ अधिकरुपमा आकर्षित भएको पाइन्छ । अहिले धेरै संख्यामा पुरुष जोगीहरू वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकहरूमा रहेका छन ।

जोगीहरूको अन्य जातिहरूसँगको सामाजिक-सांस्कृतिक सम्बन्धसम्पादन

सामाजिक सांस्कृतिक एवं धार्मिक दृष्टिले जनजाति समूहमै पर्ने जोगी समुदायको मौलिक सँस्कृति र जीवनपद्धतीमा पनि नेपाली समाजको प्रभुत्वशाली हिन्दू धर्म संस्कृतिले सांस्कृतिक अतिक्रमण गरेको देखिन्छ । यस जातिको मगर जातिसँग सवैभन्दा वढी सामाजिक-सांस्कृतिक समानता रहेको पाइन्छ । पहिले-पहिले मगरसँग यस जातिको वैवाहिक सम्वन्ध पनि निर्वाधरुपमा हुने गरेको पाइन्छ । जोगी र मगरहरूले एक अर्काको जातिका व्यक्तिहरू मर्दा लास शव छुने र शवयात्रामा बोक्ने समेत गर्दछन । अन्य जनजातिहरू राई, लिम्बू, गुरुङ, तामाङ लगायतका जातिहरूसँग पनि आपसी सद्भावयुक्त सामाजिक-सांस्कृतिक सम्वन्ध रहेको पाइन्छ । परम्परागत मान्यता अनुसार मगर वाहेकका अन्य जनजाति समुदायका मानिसहरूले पकाएको कालो दाल र ढिडो जोगीहरूले नखाने प्रचलन रहेको पाइन्छ । तर हाल यो प्रचलनको अवशेष मात्रै रहेको पाइन्छ । यस जातिलाई व्राह्मण, क्षत्री, ठकुरी र सन्यासीहरूले केही खास खानपानमा छुवाछुत गर्ने गरेको देखिन्छ । यी समुदायले अन्य जनजातिले जस्तै जोगीहरूले पकाएको भात दाल र कोदोको परिकार आदि नखाने र मूल चुल्हो छुन नदिने गर्दछन साथै यी समुदायमा जोगीहरूले छोएको पानी पनि भात पकाउनका चल्दैन । दलितहरूलाई यस जातिका मानिसहरूले आफ्नो घरभित्र पस्ने नदिने र सवै किसिमको खानपानमा छुवाछुत गर्ने गरेको पाइन्छ । तर समयको माग र चेतनाको विकास सँगसँगै यस्तो छुवाछुतपूर्ण व्यवहारमा क्रमशः सुधार भईरहेको देखिन्छ । खासगरी जोगी समुदाय आधुनिक नेपाल राज्यको निर्माण पछि नारायण शाहले नेपालको सामाजिक साँस्कृतिक राजनीतिक धार्मिक जीवनका समग्र पक्षमा गरेको हिन्दुकरणको कोपभाजनमा परेको पाइन्छ । जोगी जातिलाई वर्तमान नेपाली समाजमा व्याप्त मुख्यतया ३ तह तागाधरी मतवाली-मंगोल अछुतको सामाजिक पिरामिडको दोस्रो तहको मतवाली-मंगोल समुदाय भित्र राखी समाजका अन्य जाति जनजातिहरूले उनीहरू सँग सामाजिक साँस्कृतिक सम्वन्ध राख्दै आएका छन् । यस जातिभित्र अन्य जात जातिका समुदायसँग सद्भावपूर्ण व्यवहार पाइन्छ । उनीहरूमा धार्मिक तथा साँस्कृतिक सम्मान सहिष्णुता र सद्भावना पाइन्छ । उनीहरूमा हामी र हाम्रो भन्ने सामूहिक भावना पाइन्छ । जोगीहरूको पारिवारिक संरचनामा पनि लैंगिक विभेद अत्यन्त कम मात्र पाइन्छ । यस जातिभित्र महिलाहरू घर वाहिर जान सामाजिक कि्रयाकलापमा संलग्न हुन स्वतन्त्र रहन्छन् ।

जोगी, साधु, सन्त र सन्यासीवीचको फरकसम्पादन

वृहत नेपाली शव्दकोषमा शव्दको अर्थ खोज्दा जोगी, साधु, सन्त र सन्यासीलाई लगभग एउटै अर्थमा व्याख्या गरेको पाइन्छ । जसअनुसार 'जोगी' भन्ने शव्दको अर्थ केही नभएको वा रित्तो भएको भन्ने उल्लेख गरिएको छ र आजभोलि सामान्यतया यही अर्थमा जोगी शव्दको प्रयोग गर्ने गरिन्छ । साधु भन्नाले साँसारिक प्रपाच वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन विताउने व्यक्ति भनिएको छ भने सन्त भन्नाले व्यवहार वा विषयमा नअल्झी धर्म वा पुण्यकार्यमा लागेको व्यक्ति भनिएको छ । त्यस्तै सन्यासी भन्नाले घरवार परिवार त्यागेको भनिएको छ । यस्तो शव्दार्थ अनुसार साधु सन्त वाहेक जोगी र सन्यासीहरूको जीवन चलेको देखिदैन । जोगी र सन्यासीहरूको आफ्ना छुट्टाछुट्टै सामाजिक धार्मिक साँस्कृतिक परम्परागत आर्थिक जीवनपद्धती रहेका छन् । उनीहरू समाजमा पारिवारिक जीवन विताउँछन् । कसै-कसैले जोगी जाति र हिन्दू धर्मावलम्वीहरूले मात्र पूजाआजा गर्ने गरेका मठमन्दिरहरूमा पूजारीको रुपमा वा आश्रय लिएर वस्ने साधु सन्तहरू मगन्ते साधु सन्तहरू - जसलाई जोगी पनि भन्ने गरिएको छ र सन्यासीहरू एउटै हुन भन्ने गरेको पाइन्छ । साथै जोगी जातिलाई सन्यासीको समूहमा समेत राख्ने गरेको पाइन्छ । तर यिनीहरू वीच सामाजिक साँस्कृतिक आर्थिक धार्मिक जीवनपद्धति र सम्वन्धहरूमा मौलिक अन्तर रहेको छ । जोगी समुदायका व्यक्तिहरूको पारिवारिक सामाजिक दायित्व र अन्तरसम्वन्धहरू हुन्छन् । यस समदायका व्यक्तिहरू साधुसन्तको रुप र भेषमा हिन्दू मठमन्दिरहरूमा वस्दैनन् । यस समदायका व्यक्तिहरू भिक्षा माग्दा साधुसन्तको भेष धारण गरी त्रिशुल र कमन्डलु वोकेर हिड्दैनन् । उनीहरू फेरी नवजाई भिक्षा लिँदैनन् तर मगन्ते साधसन्तहरू कहिल्यै फेरी वजाउँदैनन् र प्रयोग पनि गर्दैनन् । हिन्दू मठमन्दिरहरूमा साधुसन्तको रुपमा हिन्दुधर्म मान्ने जुनकुनै जातिका व्यक्तिहरू वस्न सक्दछन् भिक्षा माग्न सक्दछन । फेरी वजाएर जोगी वाहेक अन्य कुनै जाति वा समुदायका व्यक्तिहरूले भिक्षा माग्दैनन् । जोगीहरू फेरी फुक्ने कामलाई मौलिक परम्परा र साँस्कृतिक धार्मिक मान्यताको रुपमा लिन्छन् । जोगी जाति र साधुसन्तहरू वीच परम्परागत भेषभुषा खानपान रहनसहन सँस्कारहरू/रितिथिति र परम्परागत मूल्य मान्यताहरू धार्मिक आस्था/परम्परा/संस्कार पेशा जीवनशैली र सामाजिकिकरण प्रकि्रयामा विल्कुलै तात्विक र विशाल अन्तर रहेको छ । जोगी एउटा छुट्टै जाति हो भने साधुसन्तहरू विभिन्न जाति र जात भित्रका व्यक्तिहरू हुन् । त्यसै गरि विशेषणको रुपमा प्रयोग हुँदै आएको जोगी र सन्यासी शव्दको भावार्थमा रहेको समानता जस्तै जोगी र सन्यासीहरू एउटै हुन् भन्ने गरेको पाइन्छ । आग्रह-पूर्वाग्रहमा आधारित वौद्धिक सामन्तवादी चिन्तनका कारण यि दुवै समुदायको सामाजिक साँस्कृतिक जीवनको गहिराईमा विश्लेषण नगरि जोगी र सन्यासीहरू एकै हुन् भन्ने गरेको पाइन्छ । तर यि दुई छुट्टा-छुट्टै जातिय समुदाय हुन् । यि दुई वीच उँच-निचको सामाजिक-साँस्कृतिक सम्वन्ध रहेको छ । धर्म, संस्कृति, भेषभुषा, खानपान, रहनसहन, परम्परा र पेशा/व्यवसायमा विल्कुलै भिन्नता छ र केही कुरामा पनि समानता पाईँदैन । जोगी जाति र सन्यासी समूह वीच धेरै मौलिक अन्तरहरू छन् । यि दुई एउटै समुदाय जात जाति वा समूह होईनन् । जोगी एउटा छुट्टै जाति हो आदिवासी जनजाति हो भने सन्यासी जात हो वाहुन क्षत्री ठकुरी जस्तै समुदायमा पर्ने तागाधारी समूह हो । यि दुई वीच परम्परागत भेषभुषा खानपान रहनसहन सँस्कारहरू/रितिथिति र परम्परागत मूल्य मान्यताहरू धार्मिक आस्था÷परम्परा÷सँस्कार पेशा जीवनशैली आदिमा मौलिक भिन्नताहरू रहेका छन् । जोगी जाति र सन्यासी समूह वीच मुलभूत रुपमा निम्न भिन्नताहरू रहेका छन् ।

परम्परागत भेषभुषा

जोगी जातिको आफ्नो मौलिक भेषभुषा रहेको छ तर सन्यासीको कुनै मौलिक भेषभुषा रहेको पाइँदैन ।

खानपान रहनसहन

जोगी जातिकण मानिसहरू आफ्नै घरमा जाँड रक्सी वनाउँछन वंगुर पाल्छन् खान्छन् र विभिन्न सार्वजनिक कार्यहरू पूजापाठमा अनिवार्य रुपमा जाँडरक्सी र वंगुरको मासु चाहिन्छ तर सन्यासी हरू यसवाट अछुत रहन्छन् ।

'संस्कारहरू÷रितिथिति र परम्परागत मूल्य मान्यताहरू

जोगी जातिको आफ्नो छुट्टै मौलिक जन्म विवाह मृत्यु जस्ता सँस्कार रितिथिति र परम्परागत मूल्य मान्यताहरू रहेका छन् भने सन्यासीको पनि छुट्टै रहेका छन् । ७३टज्ञटण्ठस जोगीहरू फेरी फुक्ने कामलाई मौलिक परम्परा र साँस्कृतिक धार्मिक मान्यताको रुपमा लिन्छन् तर सन्यासीहरू फेरी कुनै पनि रुपमा प्रयोग गर्दैनन् । ७३टज्ञटण्ठस जोगी जाति र सन्यासीले मान्ने प्रमुख चाडपर्वहरू पनि फरक छन् जोगी जातिको प्रमुख चाड चण्डीपूर्णिमा हो भने सन्यासीको दशैँ तिहार हो ।

  1. जोगीहरूको आफ्नो छुट्टै १०८ वटा प्रकार र थर वंश कूल रहेको छ भने सन्यासीको पनि छुट्टै रहेको छ ।
  2. जोगी जातिको विवाह आफ्नै समुदाय भित्र मात्रै हुन्छ जोगी र सन्यासीको वीचमा विवाह हुँदैन ।
  3. जोगी जातिलाई सन्यासीहरूले व्राम्हण क्षत्री ठकुरीले जस्तै गरि केही खास खानपानमा छुवाछुत गर्दछन् ।
  4. जोगी जाति र सन्यासी का मानिसहरू मर्दा एक अर्काको लास छुन पाइँदैन ।
  5. वर्तमान नेपाली समाजमा व्याप्त मुख्यतया ३ तह तागाधरी मतवाली-मंगोल अछुतको सामाजिक पिरामिडमा जोगी जातिलाई दोस्रो तहको मतवाली-मंगोल समुदाय भित्र राखिएको छ भने सन्यासीलाई पहिलो तह तागाधरी समूहमा राखिएको छ ।

यसरी जोगी जाति र सन्यासी समूहका वीच ठूलो भिन्नता रहेको छ । यी दुई शव्दको भावार्थ र वुझाईको कमीका कारण यि दुईलाई एकै हो भनि भन्ने गरिएको मात्र हो ।

जोगीहरूको वसोवास क्षेत्रसम्पादन

जोगीहरूको केही न केही संख्यामा नेपालको पूर्वाचलका अधिकांश जिल्लामा वसोवास रहेको छ । राष्ट्रिय जनगणनाको अभिलॆख तथा अन्य सरकारी गैर सरकारी क्षेत्रका सर्वेक्षण र तथ्याङ्गहरूमा समेत जोगीहरूको संख्यात्मक अवस्थावारे उल्लेख नभएका कारण जोगीहरूको वसोवास र जनसङ्ख्याको यकिन तथ्याङ्ग थाहा हुन सकेको छैन । पूर्वाचलमा ताप्लेजुङ्ग पाँचथर ईलाम झापा संखुवासभा तेह्रथुम धनकुटा भोजपुर मोरङ्ग सुनसरी ओखलढुंगा खोटाङ्ग उदयपुर गरी १३ जिल्लाहरूमा जोगीहरूको वसोवास रहेको छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. योगी, कृष्णबहादुर (२०६८). जोगी समुदायको परिचय. फेज नेपाल.